Total Pageviews

Sunday, September 18, 2011

0

नियन्त्रीत लागू औषध सहित पक्राउ ः

मकवानपुर असोज १ गते
चितवन जिल्ला भरतपुर नगरपालिका-४ पुलचोक बस्ने महमद मुस्ताक अन्सारीको २२ बर्षीय छोरा महमद जमाल अन्सारीलाई प्रहरीले नियन्त्रीत लागू औषध सहित पक्राउ गरेको छ ।

चुरियामाई ३ स्थित अस्थाई प्रहरी पोष्ट रातोमाटेको प्रहरी टोलीले भदौ ३१ गते २०ः३० बजे बिरगंजबाट नारायणगढतर्फ आउदै गरेको ना।३ ख १९९० नम्बरको बसमा यात्रा गरी आएका उनलाई चेकजाँच गर्दा डाईजेपाम ईन्जेक्सन ३३ थान लुपीजेसिक ३३ थान माईल फिनारगन ३३ थान र नाईट्रोजन २० थान तथा लागू औषध ईन्जेक्सन बरामद भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


नलकटुवा पेस्तोल तथा गोली सहित पक्राउ ः

सर्लाही असोज १ गते

भारत सितामढी बस्ने ३५ बर्षीय आशा महमद र २६ बर्षीय चन्देश्वर रामलाई प्रहरीले नलकटुवा पेस्तोल र गोली सहित पक्राउ गरेको छ ।

फेनहरा -६ बाट उनीहरुलाई सशस्त्र प्रहरीको चेकिङ टोलीले भदौ ३१ गते २१ः४५ बजे कटुवा पेस्ताल १ थान सोको गोली १ राउण्ड र छुरी १ थान सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाएका थिए ।

यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।

खुकुरी प्रहारबाट मृत्यु अभियुक्त पक्राउ ः

महोत्तरी असोज १ गते

सिरहा जिल्ला गोलबजार -७ बस्ने दिपक आलेको खुकुरी प्रहारबाट मृत्यु भएको छ । भदौ ३१ गते १५ः४५ बजे महोत्तरी हातिलेट-३ बस्ने दिलबहादुर आलेको घरमा मानसिक सन्तुलन ठिक नभई फुक्नको लागि आएका सोही ठाँउ बस्ने १८ बर्षीय शेखर थापाले निजलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । खुकुरी प्रहारबाट सोही ठाँउ बस्ने रमित थापा समेत गम्भीर घाइते भएकोले उपचारको लागि बर्दीवास अस्पतालमा लगिएको छ ।

प्रहरीले अभियुक्त शेखर थापालाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


पहिरोले पुरिएर मृत्यु ः

रामेछाप असोज १ गते

रस्नालु-६ दार्खा स्थित श्यामबहादुर सार्कीको घर माथिबाट पहिरो आएर पुर्दा ३ जनाको मृत्यु भएको छ । भदौ ३१ गते २०ः०० बजे पहिरो आएर घरमा रहेका ४ जनालाई पुरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले १ जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारको लागि जिल्ला अस्पतालमा पठाएको थियो । उक्त स्थानमा प्रहरीले उद्धार कार्य गरिरहेको छ ।



प्रहरीको सकि्रयतामा बम निष्कृय गरिएको ः

म्ााेरङ असोज १ गते

ब्ााहुनी-१ स्थित माधव एगि्रगेटको डुङगा पेल्ने हाईड्रोलिक मेशीन मुनी फेला परेको प्रेशर कुकर बम प्रहरीको सकि्रयतामा निष्कृय गरिएको छ । भदौ ३१ गते १७ः२५ बजे मेशीन मुनी १० मिटर टाडासम्म तार लगिएको अवस्थामा कालो झोला भित्र उक्त प्रेशर कुकर बम फेला परेपछि प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीको सहयोगमा निष्कृय गराएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

९ थुनुवा कोठाको ग्रील तोडेर भागेका अभियुक्तको खोजतलास ः

उदयपुर असोज १ गते

ठगी मुद्धामा इलाका प्रहरी कार्यालय कटारीको थुनुवा कोठामा रहेका लिम्पाटार-८ बस्ने २५ बर्षीय मगलबहादुर वि।s। भदौ ३१ गते १९ः४५ बजे थुनुवा कोठाको गि्रल तोडेर फरार भएका छन् । प्रहरीले उनको खोजतलास गर्नुको साथै यस सम्बन्धमा अन्य थप अनुसन्धान गरिरहेको छ ।
अवैध रुपमा थुपारेको बालुवा खोलामा फालिएको ः

काठमाडौँ असोज १ गते

अवैध रुपमा चोरी निकासी गरी थुपारी राखेको करीव ५० ट्रक बालुवा प्रहरीले पुन खोलामा फालिदिएको छ ।

भदौ ३१ गते १६ः०० बजेदेखि १८ः०० बजेसम्म काठमाडौँ महानगरपालिका-३५ र गोठाटार स्थित मनहरा खोला किनारमा अवैध रुपमा चोरी निकासी गरी थुपारी राखेको उक्त बालुवा महानगरीय प्रहरी बृत्त बानेश्वर महानगरीय घटना सहायता कार्यदल र प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले पुन खोलामा फालेको थियो ।



  विभिन्न धनमाल डकैती ः

झापा असोज १ गते

तोपगाछी-८ चर्चवारी बस्ने पृथ्वीबहादुर आङदेम्वेको घरबाट विभिन्न धनमाल डकैती भएको छ । आज राति ०१ः०० बजे १०÷१२ जनाको संख्यामा आएका नकावधारी डाँकाहरुले खुकुरी लाठीभाला देखाई आङदेम्बेलाई डोरीले बाधेर ५ तोला सुनका गहना र नगद १ लाख ५० हजार रुपैया डकैती गरेको बताइएको छ ।

फरार डाँकाहरुको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।



  विभिन्न धनमाल चोरी ः

काठमाडौँ असोज १ गते

काठमाडौँ महानगरपालिका-५ बिशालनगर स्थित बिशाल बस्तीमा बस्ने धिरेश गिरीको घरबाट नगद लगाएतका धनमाल चोरी भएको छ । उनको घरबाट भदौ ३१ गते चोरहरुले नगद १० हजार रुपैया ५ तोला सुनका गहना ल्यापटप १ थान घडी १ थान सहित करीव ४ लाख ६ हजार रुपैया बराबरको धनमाल चोरी भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

No comments:

Post a Comment