Total Pageviews

Friday, September 16, 2011

0

युवा क्लवले निःशुल्क दन्त परीक्षण कार्यक्रम गर्ने

पोखरा / नागढुङ्गा युवा क्लव पोखराले यही शनिबार निःशुल्क दन्त परीक्षण कार्यक्रम गर्ने भएको छ ।

मुख स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले पश्चिमााचल डेण्टल हस्पिटल पृथ्वीचोक पोखराको प्राविधिक सहयोगमा उक्त कार्यक्रम हुन लागेको क्लब अध्यक्ष विनोद लामिछानेले जनाउनुभयो ।

दन्त परीक्षण कार्यक्रममा डा। कमल चापागाई र डा। प्रणव यादवको उपस्थिति रहनेछ ।

नागढुंगास्थित आमा समूहको भवन परिसरमा हुने कार्यक्रममा मुख समस्याको पहिचान गरिने छ । साथै क्लबको सिफारिसमा कार्यक्रममा उपस्थित हुनेहरुको विशेष प्राथमिकताका साथ उपचार गरिने अस्पतालका प्रबन्ध निर्देशक सरोजचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रम शनिबार बिहान १० बजेदेखि सुरु हुनेछ ।

क्लवले तेस्रो वर्ष प्रवेशको अवसरमा गत शनिबार रक्तदान कार्यक्रम गरेको थियो ।

No comments:

Post a Comment