Total Pageviews

Monday, September 19, 2011

0

ग्यालेक्सी र डेफोडिल विजयी /ग्यालेक्सी र एक्से_िल्सयरको जित

काठमाडौं / ग्यालेक्सी र डेफोडिलले १८ औं आयसर-ज्ञान कर्निभलको गल्स्र बास्केटबलमा सोमबार सफलता हात पारेका छन् ।ग्यालेक्सीले सेन्ट जेभियस्रलाई २४-४ ले सहजै पन्छायो । विजेताकी रचना कार्कीले १७ अंक योगदान गरिन् । पहिलो क्वाटरमा ७-० को अग्रता लिएको ग्यालेक्सी दोश्रोमा २-२ को बराबरी रोकियो । तेश्रो र चौथो क्वाटरमा ग्यालेक्सी ७-० र ८-२ ले अगाडि रह्यो ।डेफोडिलले लिटिल एन्जल्स एलए लाई २८-१६ ले निराश पार् यो । डेफोडिलकी पासाङ ला शेर्पाले ७ स्कोर गरिन् । पहिलो क्वाटरमा ७-५ अग्रता लिएको डेफोडिलले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्यो । डेफोडिलले दोश्रोमा ४-३ तेश्रोमा ७-० तथा चौथोमा १०-८ अंक जोड्यो ।



ज्ञानोदय बाल वाटिका उमाविद्वारा आयोजित कार्निभलको ब्वाइज बास्केटबलमा नेरिक र सिद्धार्थ बनस्थलीले जित हात पारे ।

नेरिकले एलएलाई ४२-३१ ले हरायो । नेरिकका दीपक खत्रीले १३ अंक बटुले । सिद्धार्थ बनस्थली र इनोभेटिभबीचको खेलमा सिद्धार्थ बनस्थली ४०-२४ ले विजयी भयो । विजेताका नारायण खड्काले १८ स्कोर गरे ।





ग्यालेक्सी आयोजक एक्से_िल्सयर निम्स र एलआरआईले प्रथम द एक्से_िल्सयर कपको सिनियर ब्वाइजको बास्केटबलमा सोमबार जित हात पारेका छन् ।

ग्यालेक्सीले न्यु अरुणोदयलाई ४२-२० ले पराजित गर् यो । ग्यालेक्सीको जितमा धीरेन्द्र राउतले १८ अंक योगदान गरे । विक्की गुरुङको ९ अंक सहयोगमा एक्से_िल्सयरले ह्वाइटफिल्डमाथि ३१-१५ को जित निकाल्यो ।

निम्सले जेम्सलाई ५७-२८ तथा एलआरआईले डेनेबलाई ५३-२० ले पन्छाए । निम्सका अर्जुन थापाले २२ तथा एलआरआईका निकेश राईले ३१ स्कोर गरे ।

जुनियर ब्वाइजको बास्केटबलमा चन्त्यालले जेम्सलाई १४-८ डेनेबले ह्वाइटफिल्डलाई २७-११ तथा डेफोडिलले बाबालाई ३५-१९ ले हराए । चन्त्यालका विश्वास वाइबाले ६ डेनेबका कुमार बस्नेतले १४ तथा डेफोडिलका इप्सन कार्कीले १३ अंक जोडे ।

स्वयम्भूस्थित आयोजकको मैदानमा भएको जुनियर ब्वाइजको फाइभ एक साइड फुटबलमा जेम्स र डेफोडिलले आ-आफ्नो खेल जिते ।

जेम्सले बृहस्पतिलाई ४-१ गोलअन्तरले हरायो । जेम्सका निरन थापा र ईश्वर गुरुङले दुई-दुई गोल गरे । डेफोडिलले एक्से_िल्सयर ँबी’ लाई १-० ले पन्छायो । विवेक लामाले निर्णायक गोल गरे । द चाँदबाघ र चन्त्यालबीचको खेल गोलरहित बराबरीमा सकियो ।



राष्ट्रिय गोजुरियो सर्लाहीमा

जापान कराते डो गोजुरियो ओशिकाई संघ नेपाल सर्लाही जिल्ला कमिटिको आयोजनामा तेश्रो राष्ट्रिय गोजुरियो ओशिकाई कराते प्रतियोगिता सर्लाहीमा हुने भएको छ ।

प्रतियोगिता असोज १३ र १४ गते सर्लाहीको सोल्टी बजारमा हुने केन्द्रीय संघका महासचिव ओमकृष्ण प्रसाईंले जनाएका छन् ।

प्रतियोगितामा १२० भन्दा बढि खेलाडीले कूल १९ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट ३ लाख ४६ हजार रुपैयाँ रहेको छ ।

यसैबीच केन्द्रीय संघले जनाए अनुसार जनकपुरका दीपेन्द्र ठाकुरलाई जापान कराते डो गोजुरियो ओशिकाई संघ नेपालको सदस्यमा मनोनयन गरिएको छ ।



ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा कात्तिकमा हुने खेलकुद महोत्सव तथा बृहत खेलकुदको पूर्वसन्ध्यमा ुखेलकुद विकासका लागि बृहत खेलकुद महोत्सवको आवश्यकताु विषयक अन्तरकि्रया तथा पत्रकार भेटघाट कार्यक्रम ः

मिति ः २०६८ साल असोज ३ गते मंगलबार ।

समय ः बिहान ९ः३० बजे ।

स्थान ः जिल्ला खेलकुद विकास समितिको परिसर प्रयागपोखरी ललितपुर ।

प्रमुख अतिथि ः राखेप अध्यक्ष माननीय युवा तथा खेलकुद मन्त्री कमला रोकाज्यू ।



प्रथम माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप बारे जानकारी गराउन पत्रकार सम्मेलन ः

मिति ः २०६८ साल असोज ३ गते मंगलबार ।

समय ः बिहान ११ः०० बजे ।

स्थान ः नेपाल पर्यटन बोर्ड भृकुटिमण्डप ।



नेपाल सितोरियो कराते संघको आयोजनमा हुने राष्ट्रिय प्रशिक्षक प्रशिक्षण प्राविधिक सेमिनार तथा राष्ट्रिय ब्ल्याकवेल्ट मास्टस्र मिट- २०११ को उद्घाटन कार्यक्रम ः

मिति ः २०६८ साल असोज ३ गते मंगलबार ।

समय ः बिहान ११ः०० बजे ।

स्थान ः राष्ट्रिय खेलकुद परिषद्को दशरथ रंगशाला त्रिपुरेश्वर ।

प्रमुख अतिथि ः राखेप अध्यक्ष माननीय युवा तथा खेलकुद मन्त्री कमला रोकाज्यू ।

No comments:

Post a Comment