Total Pageviews

Friday, September 16, 2011

0

विवादास्पद जापानी ुदाताुले नेपाल छाड्ने शैक्षिक भ्रमणका नाममा जापानमै भगाउने योजना

विवादास्पद जापानी ुदाताुले नेपाल छाड्ने

शैक्षिक भ्रमणका नाममा जापानमै भगाउने योजना

काठमाडौं । आफूलाई नेपालमा दाताका रुपमा चिनाउँदै आएका विवादास्पद छवीका जापानी नागरिक सुगाहिको सुगिमोताको धन्दा छरपष्ट भएपति उनले अबका दिनमा नेपालमा टिक्न सम्भव नभएको महशुस गर्दै बंगलादेशतर्फ सर्ने मनस्थिति बनाएका छन् । विगत १८ वर्षदेखि नेपालमा शिक्षा कृषिलगायत क्षेत्रमा ुदाताुको आवरणमा देखिँदै आएका जापानस्थित आईएनजीओ एसीएका अध्यक्ष सुगिमोतोको विवादास्पद धन्दा बारे समाचार प्रकाशित हुन थालेपछि उनले नेपाल र जापानमा गर्दै आएका कालाकर्तुत धमाधम उपलब्ध हुन थालेका छन् । दिनदिनै आफ्नो विवादास्पद छवी बारे समाचार प्रकाशित हुन थालेपछि तिल्मीलाएका सुगिमोतो अब नेपालको कार्यक्रम स्थगित गरेर बंगलादेशतर्फ लाग्ने सोचमा पुगेका हुन् ।

प्राप्त खबरअनुसार जापानमा धनाढ्य तथा सहयोगी भावनाका जापानीजहरुलाई आफूले नेपालमा ठूलो काम गरिरहेको प्रचार गर्दै एसीए नामको संस्थामार्फत् ठूलो धनराशी जुटाएर नेपालमा त्यही खर्चले आफू विलासीताको जिवन विताइरहेका छन् । नचाहिँदो प्रचारमा रमाउने सुगिमोतो सुरा र सुन्दरीका कमजोर मानिन्छन् । उनलाई काठमाडौंस्थित उनकै एसीए जापानको कार्यालयका कर्मचारी गोकुल भूजेल र दिनेश श्रेष्ठले फेरी फेरी सुन्दरी मिलाइदिने गरेको बताइन्छ । यसअघि सुगिमोतोसँग यस्तै विषयमा ठाकठुक परेपछि कमला श्रेष्ठ नामकी कर्मचारीलाई विना कारण जागिरबाट हटाइएको थियो । नेपाल आएदेखिकै आफ्नो सहयोगी तथा दोभासे रहेकी कमलाले धेरैसँग चिनापर्ची गराएको गुनसमेत बिस्रेर आफ्नो विवादास्पद चरित्र जोगाउने नाममा सुगिमोतोले त्यस्तो एक्सन लिएको त्यहीँका कर्मचारी बताउँछन् ।

जापानमा घरपरिवारै नभएका सुगिमोतोको दुहुनो भनेकै एसीए नामको संस्था हो । जापान फर्कनु परेको खण्डमा ठगेरै खान नपाइने र नेपालमा अबका दिनमा टिक्न गाह्रो हुने ठान्दै सुगिमोतोले बंगलादेशतर्फ सर्ने योजना बनाएका हुन् ।

यता आफ्ना मालिक सुगिमोतोले नेपाल छाड्ने योजना बनाएको थाहा पाएपछि एसीए जापानका जुकाहरुले भविष्यमा चुस्न नपाइने ठान्दै यस पटक गराउन लागिएको जापान भ्रमणलाई लुटको अवसरका रुपमा लिन थालेका छन् । उनीहरुले शैक्षिक भ्रमणका नाममा गैर विद्यार्थी र गैर शिक्षक पठाउन लागि परेको बुझिएको छ । बुधबार कान्तिपुर दैनिकमा विज्ञापन छापेर जापान भ्रमणका लागि अब पाँच विद्यार्थीका लागि मात्र कोटा बाँकी रहेको जनाएर बाँकी भित्रभित्रै सुटुक्क भरेका छन् । जापान जान चाहानेले एक लाख साठीहजार बुझाउनु पर्ने भनिए पनि एसीए जापानका कर्मचारी दिनेश श्रेष्ठ र गोकुल भूजेलले फोनबाट केही बोल्न र बताउन नमिल्ने भन्दै बालुवाटारस्थित कार्यालयमै डाक्न थालेका छन् । उनीहरुले गैर शिक्षक र विद्यार्थीबाट चार लाखसम्म असुलेर भ्रमणका क्रममा जापान पुगेकाहरुलाई उतै भगाउने योजना बनाइरहेको स्रोतले बतायो ।

यता जापानी एम्वेसीले समेत एसीए जापानको पछिल्लो गतिविधि बारे ुवाचु गर्न थालेको खबर छ । दूतावासले गैर विद्यार्थी र शिक्षकले जापान भ्रमणका नाममा मोटो रकम तिरेको चाल पाएपछि यस पटक सबैले भिसा पाउनेमा शंका उत्पन्न भएको छ । विगतमा एसीए जापानको लेटरप्याडमा नाम उल्लेख भएकाहरुलाई ठाडै भिसा दिँदै आएको जापानीज दूतावासले यस पटक भने आवेदनकर्तासँग केरकार गर्नुका साथै भिसा आवेदनका क्रममा बुझाइएका कागजात सक्कली नक्कली केकस्ता हुन् भन्ने बारेमा पनि अनुसन्धान गर्ने सोच बनाएको बुझिएको छ । विगतदेखि नै दूतावासले समेत शंका गर्दै आएको अवस्थामा भिसामा कुनै अप्ठ्यारोस्थिति पैदा भएको खण्डमा सुगिमोतोको विगतदेखिका धन्दा पर्दाफास हुने निश्चित छ ।

यहीबीच जापानी दूतावासलाई विगतमा जापान भ्रमण गरेर फर्केकाहरुले आफूले भ्रमणका क्रममा खान बस्न तथा घुमघामका क्रममा बेहोर्नु परेको सास्तीको पनि लिखित जानकारी गराएकाले यस पटकको भ्रमणका क्रममा भिसाका लागि आवेदन गर्न जाने बेलैमा दूतावासले एसीएका अध्यक्ष सुगिमोतोलाई आइन्दा त्यस्तो नगर्न र भ्रमणका क्रममा नेपाली विद्यार्थी तथा शिक्षकमाथि सभ्य व्यवहार गर्न समेत चेतावनी दिने भएको छ ।

स्मरणीय रहोस् जापानको नारिता विमानस्थलमा उत्रिएदेखि नै नेपाली भ्रमणकर्तामाथि समाजसेवीको आवरणमा देखिने सुगिमोतोले पशुशैलीकै व्यवहार गर्ने गर्छन् जुन व्यवहार स्वयम् जापानीहरुलाई नै मन नपर्ने गरेको बताइन्छ । सुगिमोतोकै व्यवहार र कार्यशैलीले जापानको कानागावास्थित एसीए नामको संस्थामा आवद्ध थुप्रैले आफू ठगीएको तथा शोषणमा परेको जानकारी पाएपछि संस्था छाड्ने क्रम बढिरहेको छ । खासगरी कानागावास्थित हादानो नगरका प्रमुख यासुका फूरीयालाई गुमराहमा पारेर ठूलै ठगी गर्दै आएका छन् । आफ्नो संस्थाले नेपाली शिक्षक तथा विद्यार्थीलाई निःशुल्क भ्रमण गराएको भन्दै लुट मच्चाउने सुगिमोतोले यहाँ भ्रमणमा जानेहरुलाई जनही एक लाख साठी हजार असुल्छन् भने उनका कर्मचारीले विभिन्न बाहानामा उसैगरी लुट्ने गरेको पाइन्छ । नेपाली विद्यार्थी र शिक्षकलाई देखाएर जापानका विभिन्न व्यक्ति तथा संस्थासँग पनि सुगिमोतोले थुपै्र असुल्ने गरेको पत्तो लागेको छ भने भ्रमणमा जानेहरुलाई अधिकांश सित्तैमा छिर्न हेर्न पाइने ठाउँमा मात्रै लैजाने गरेको भ्रमणबाट फर्केकाहरुको गुनासो छ ।




No comments:

Post a Comment