Total Pageviews

Tuesday, September 20, 2011

0

साझा सहमतिका बाधक परिदृष्यहरु -शोभाकर पराजुली

आफ्नै दलका अन्य नेताहरुलाई समेत गुम्राहमा राखेर एमाले नेता र माओवादी नेताहरुले सरकार बनाएका थिए । यसका रचनाकार भनेका प्रचण्ड र झलनाथ थिए र उनीहरुको सात बुंदे जनविरोधी सहमतिको आधार थियो । यही कारण देशले निकास पाउन अझ ढिलो भएको थियो । देश नै अनिर्णयको बन्दी हुन लागेकोमा त्यसले त निकास पायो तर यो सरकार पनि भित्रैबाट धर्मराएको अवस्था देखिएको छ ।संविधान सभाको चुनाव पछि बनेको नयां सरकारका प्रमुख प्ा्रचण्डले नेपाली कांग्ा्रेसले रक्षा मन्त्रालय दावी गरेकोमा त्यो मन्त्रालय दिन नसकिने आधार देखाएर कांग्रेसलाई गठबन्धनको सरकारबाट बाहिर रहने वातावरण बनाउनु भयो भन्न्ो सवैल्ो महसुस गरेको विषय हो । अहिले रक्षा गृह समेत माओवादीलाई नहुंदा पनि भएको छ । यसको अर्थ के हुन्छ हामीले सोचेकै बिषय हो । आफ्नै दलको प्रधानमन्त्रीलाई हटाएर बहुमतकै सरकारको प्रधानमन्त्री बन्ने झलनाथ खनाल प्रबृत्तिको नयां रुप अहिले अर्को तर्फ माओवादीले नै बाबुराम भट्टराईल्ााई असहयोग गरेबाट पनि देखिएको छ । तर माओवादीका त्यो तह पक्ष र तप्काका नेताहरुल्ो यो सरकार बिदेशीको डिजाइनमा बनेको आरोप लगाउने गरेका छन् । यसको सत्यताको छानबिन आफ्नो ठाउंमा होला माओवादीले भने कांग्रेसलाई गृह रक्षा समेतका मन्त्रालय दिन चाहेको थिएन । अहिलेको रणनीतिवाट माओवादी भारतलाई सत्रु होइन उचित कामको लागि सहयोगीको भावनाले हेर्नु पर्दछ भन्न्ोमा आइपुगेको जस्तो छ । यसले राजनीतिलाई पनि सहज धरातलिय यथार्थमा राख्ने कार्य गर्दछ ।
िहंजो प्रचण्डले गणतन्त्रका पिता गिरिजाप्रसाद कोइरालालाई संविधान नबनेसम्म्ा देशको राजनीतिको मियो बनाउनु पर्दछ भन्ने सोच्न नसकेको करणले धेरै कुरा बिग्रेका हुन् । देशको अभिभावकको रुपमा गिरिजाप्रसाद कोइरालालाई आत्मसात गर्न सकेको भए बिश्वको विश्वास समेतको आधारमा उहांको महाप्रस्थान भन्दा पहिला नै संविधान बनिसकेको हुने थियो भन्न्ो बिगतका अनुभवले देखाएका हुन् । हुन त मध्यपन्थी धार लिएका र गिरिजाप्रसाद कोइरालालाई पिता तुल्य भन्न समेत पछि नपरेका प्रचण्ड ब्यक्तिगत रुपमा ब्यवहारिक देखिन्छन् । दललाई सहमतिमा ल्याउन नसक्नु र देशको ठुलो दलको कारणले देश नै अनिर्णयको बन्दी बन्नुको दोष उनैलाई जान्छ । उनमा पनि कम्युनिष्टहरुमा नेताहरुमा बेमेल भए पछि र स्वार्थ नमिले पछि अरुलाई तथानाम असत्य गाली गर्ने रोग छ र अहिले त्यसको सर्वोच्च्ा अधिकार बैद्य समुहको भागमा परेको छ । अव त कम्युनिष्टहरुल्ो अरुल्ााई दोष दिनासाथ भन्नु पर्ने भएको छ कि प्रष्ट प्रमाण बिना गाली गरिने कम्युनिष्ट रोगको उपचार छैन र त्यसको पछि लाग्नु भनेको आंफू नै मुर्ख बन्नु हो ।

सहमतिको प्रसंग अहिले पनि चलिरहेको छ । अर्को तर्फ माओवादीको नै एउटा समुह सरकारको विरुद्धमा छ । सरकार गठन भएर पनि त्यसले पूर्णता पाउन सकिरहेको छैन । गृहमन्त्री हुंदा नारायण काजीका कार्यकर्ताहरुल्ो बाबुरामका कार्यकर्ताल्ााई पिट्ने र बाबुराम प्रधानमन्त्री भए पछि त्यसको प्रतिकार गर्ने कार्य त सामान्य हुने भयो किनभने माओवादी कार्यकर्ता विचका झडपहरु सामान्य बनेका छन् । राम्रो पदको लागि भए पनि वाहिर लेप त शिद्धान्तको लागि भनेर नै लाग्दो रहेछ । बिचारलाई बलले दवाउने माओवादी प्रबृत्ति अव खुला राजनीतिमा पनि त्यो दलभित्र पनि सुरु भएको छ । बन्दुकको राजनीति गर्दा दल भित्रै पनि आलोक वाग्ले बाबुराम माननिय निरकुमारी कुंवरका पति आदी मारिएका वा पिडित वनेका उदाहरण सामान्य छन् ।

न्ोपोलियन बोनापार्टले भनेका रहेछन्- डराउने भनिएका मानिसहरु असहमत हुनेहरु होइनन् बरु कांतरहरु हुन् जस्ले आफ्नो कुरा भन्न सक्दैनन् । सत्ता तानाशाह भए पछि नेपोलियनले भने जस्तै कांतरताको हद बढ्ने हुन्छ । अर्को तर्फ बहादुरी नै सवै कुरा पनि होइन । सत्यको पक्षको बहादुरी र प्रष्टताको आधारमा गरिएको कार्य बहादुरी भए पनि काम लाग्न सक्ने हुन्छ । मानिसलाई कांतर भन्ने होइन बरु असल सोच्ने र कांतर नहुने बातावरण दिन आवस्यक छ । भ्रमको खेती कतै कसैल्ो दिनु हुंदैन पनि ।

भ्ा्रम कै कुरा गर्दा माओवादीहरुले प्ाृथ्वी नारायण शाहको एकिकरणको कार्यलाई खुनी कार्य पनि भनेका छन् । यो सकारात्मक भनाई होइन । तर पृथ्वी नारायण शाहले देशको एकिकरण नगरेको भए बेलायती कम्पनी सरकारले नेपाललाई भारतमा मिसाएको हुन्थ्यो र नेपाल अहिले भारतको एउटा प्रान्त हुने थियो । अब यहां सवाल आउंदछ कि नेपाल भारतको प्रान्त हुन पर्ने थियो भन्न्ाु पर्दछ कि पृथ्वी नारायण शाहका केही गलत कार्य बाहेक मुलभुत रुपमा धेरै कार्य ठिक भनेर उनलाई बिभूति मान्न पर्दछ यो जनता प्रष्ट हुन पर्ने पनि कुरा हो ।

भन्न खोजिएको कुरा के भने टपरटुइया कुरा गर्ने र मानिसलाई मुर्ख बनाउने कार्य हुनु हुंदैन । दलको कुरा पनि प्रष्ट आउनु पर्दछ । यो सरकार राष्ट्रवादी सरकार होइन भन्ने हल्ला माओवादी कै एउटा तप्काले चलाएको छ । दलबाटै प्रधानमन्त्रीलाई असहयोग भएको अवस्थामा अन्य दलहरुले सहयोग गर्दा अन्य दलहरुको पनि हैसियत आरोपित हुनु पर्ने खालको त हुने होइन तर बाबुरामका केही कार्यहरु प्रसंसनिय देखिन थालेका छन् । नेपाली सस्तो गाडी लिनु भ्रष्टाचारप्रति जिरो सहनसिलता लिने कार्य गर्ने बचनबद्धता लिनु प्रधानमन्त्री कोषको खर्च जथाभावी प्रयोग हुन नदिने प्रतिबद्धता आउनु सह्राहनिय हो । बाबुरामले सरकारमा लग्न मिल्दैन र नमिले पनि गोकर्ण बिष्ट जस्ता इमान्दार नेताहरु कांग्रेस एमाले आदि दलमा छन् । तिनीहरुबाट सहयोग लिने वातावरण हुनु पर्दछ र यसमा अन्य दलले पनि सहयोग गर्नु पर्दछ । उदाहरणको लागि गोकर्ण विष्टलाई मन्त्री स्तरिय उर्जा समिति बनाएर उर्जा संवन्धमा बिशेष अधिकार दिन सकिन्छ । इमान्दार र क्षमताबानहरुलाई दलिय धरातल भन्दा माथि राख्नु पर्दछ ।

यी समेतका कार्य गर्न र शान्ति संविधान प्राप्त गर्न र िहंसाका घाउहरुको अन्त्यकॊ लागि पहिला सत्ताधारी दलमा एकता कायम आवस्यक हो । अन्य दलहरुल्ो सत्ताको दलियकरण गर्ने र बेइमानी गर्ने कार्य भएमा बाहेक अन्य कार्यमा सहयोग गर्न आवस्यक छ । तर राष्ट्रियता लोकतन्त्र बहुलवाद बिकास समानताका बिरुद्धमा काम अगाडि बढेमा सहकार्य र सहयोग हुन सक्दैन । इमान्दार र क्षमताबानलाई बेवास्ता गरेर शैक्षिक संस्था साहित्यिक संस्था संवैधानिक निकाय आदिमा राजनीति दाउपेचको नै काम भएमा यसले बिकास र समानता िदंदैन । पुन यसको लक्ष्य जनतालाई भाषण र नेता र कार्यकर्ताहरुल्ााई सत्ता र संपत्ति हुनेछ । यो पक्षमा प्रधानमन्त्रील्ो ध्यान दिन सक्नु पर्दछ । देशको प्रधानमन्त्री भएको मानिसले दलिय स्वार्थभन्दा माथि जान सक्नु पर्दछ किनभने यो दलको सिधा संबन्धको चरम बिन्दु हो र यस पछि राष्ट्रिय ब्यक्तित्वको प्रयास हुनु पर्दछ । देशको लागि पनि यो आवस्यक छ ।

No comments:

Post a Comment