कुवेत सरकारले पर्यटक वा व्यापारिक भिसामा आएर रोजगारी भिसामा परिणत गरी काम गर्न रोक लगाए पनि नेपाली कामदारहरू भिजिट भिसामा गई काम गर्ने क्रम रोकिएको छैन । कुवेत सरकारको नियम विपरीत हप्तै पिच्छे दर्जनौं नेपाली भिजिट भिसामा गई काम गरिरहेको कुवेतस्थित नेपाली दूतावास स्रोतले जानकारी दिएको छ । श्रोतका अनुसारविगत दुई हप्ता यता मात्रै कुवेतमा दुई दर्जन नेपाली भिजिट भिसामा आई लुकेर काम गरिरहेका छन् । ति कामदारहरूले अहिलेसम्म रोजगारी भिसा नपाएकोले त्यहाँको अध्यागमनले जुनसुकै बेला पक्राउ गरि स्वदेश फर्काउन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ । यसरी भिजिट भिसामा ल्याई गैरकानूनी रूपमा काम गराउने दलालहरूको गिरोहले दूतावासकै ठालुहरूको संरक्षणमा निर्वाधरूपमा आफ्नो धन्दा सञ्चालन गरिरहेको श्रोतको दावी छ ।
भिजिट वा व्यापारिक भिसामा आई काम गर्ने विदेशी कामदारहरू बढी समस्यामा पर्ने गरेकोले गत महिनामात्रै कुवेत सरकारले रोजगारी भिसामा आएकालाई मात्र काम गर्न दिने निर्णय गरेको थियो । स्रोतका अनुसार कतिपय नाम चलेका मेनपावर कम्पनीका एजेन्टहरू र दूतावासका कर्मचारीहरूको मिलिभगतमा यी काम भइरहेको छ ।
संस्थागत रूपमा भन्दा व्यक्तिगत रुपमा नेपालीहरू खाडी मुलुक जाने क्रम बढिरहेको भन्दै व्यापक चिन्ता व्यक्त भइरहेका बेला सम्बन्धित मुलुकको कानुन विपरित भिजिट भिसामा गएर काम गर्ने क्रम नरोकिएपछि थप समस्या सिर्जना भएको छ । रोजगारदाता कम्पनीले गैरकानूनी रुपमा रहेका कामदारहरूलाई अन्यलाई भन्दा कम सेवा सुविधा दिएपनि हुने हुनाले दलालहरूलाई बढि कमिसन दिएर भिजिट भिसामा कामदार मगाउने गरेको स्रोत बताउँन्छ । prabasinepali.com bata

No comments:
Post a Comment