Total Pageviews

Saturday, September 24, 2011

0

प्ाार्टी फुटदैन ः देउवा


काठमाडौं÷नेपाली काँग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले पार्टी सभापति सुशील कोइरालाले पार्टी फुटाउन वाध्य बनाएपनि आफूले पार्टी नफुटाउने बताएका छन । तर पार्टी भित्र रहेको निरकुशताको लडाई भने जारी राख्ने देउवाको भनाई छ । स्याङजा काठमाडौं सम्पर्क समाजको कार्यक्रममा नेता देउवाले काँग्रेस नेता देउवाले केन्द्रीय समितिको भातृ संस्था विघठन गर्ने निर्णय फिर्ता नलिदा सम्म दवाव नरोकिने बताए । देउवाले भने-ुसभापति कोइरालालाई मन नपर्ने व्यक्तीको पद खोस्ने प्रवृती र पार्टीलाई प्रजातान्त्रिक गराउन विगुल फुक्ने काम रोकिदैन ।ु देउवाले सभापति कोइरालाको अप्रजातान्त्रिक प्रवृतीलाई एक छोड्दैनौ दुई छोड्दैनौ तीन छोड्दैनौ भने । प्रजातन्त्र र निर्वाचित व्यक्तीको पद राजाहरुले पनि खोसेका थिए । देउवाले भने-ुउनिहरुको जस्तो हालत भयो अहिले पार्टीमा निरकुशता लाद्नेहरुको हालत त्यही हुन्छ । काँग्रेसको महाधिबेशन गर्ने म्याद गुजि्रदा तीन तीन पटक सम्म म्याद थप्न हुने तर भातृ संस्थाको नथपी विघठन गर्ने ु यो कुरा आफूले बुझ्न नसकेको देउवाको भनाई छ । देउवाले पार्टी भित्र कोइरालाले टिके प्रथा र अप्रजातान्त्रिक संकार हावी गराउन लागेको आरोप लगाए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले बहुमतीय प्रकि्रयाबाट चार भातृसस्था विगठनको निर्णयले पार्टीको एकतामा आच आउन सक्ने बताए । समाजका अध्यक्ष देवी अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्याङजा कांग्रेस सभापति कमल पंगेनी सभासद मोहन पाण्डे पूर्व मन्त्री इन्द्र बहादुर गुरुङ लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए ।


No comments:

Post a Comment