Total Pageviews

Monday, September 19, 2011

0

चोरीको गाडी मा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल


काठमाडौं /  प्रधानमन्त्री डा। बाबुराम भट्टराईलका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल सरकारी गाडी सुविधा नलिने भएका छन् । महँगो विलाशी सवारी साधन छाडेर नेपालमा 'एसेम्बल्ड' मुस्ताङ गाडी चढेका प्रधानमन्त्रीका निकट सहयोगीले समेत सरकारी कर्मचारीसित गाडी सुविधा नलिने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीले प्रमुख राजनीतिक सल्लाहकार पौडेललाई सरकारी गाडी उपलब्ध गराउँदा उनले चढ्ने जानकारी गराएको स्रोतले उल्लेख गरेको छ । 'म माओवादी पार्टीले उपलब्ध गराएको बोलेरो गाडी नै चढ्छु मलाई सरकारी गाडी चाहिँदैन' पौडेलको भनाइ उद्धृत् गर्दै स्रोतले भने । पौडेल माओवादीका पोलिटब्युरो सदस्य हुन् ।
पौडेलले चढ्दै आएको बोलेरो माओवादीले सशस्त्र द्वन्द्वका क्रममा भन्सार नतिरी ल्याएका चोरीका दर्जनौं गाडीमध्येको एक हो । शान्ति प्रकि्रयामा सुरु भएपछि सरकारले त्यस्ता ६० भन्दा बढी चोरीका गाडीलाई अस्थायी नम्बर प्लेट दिई माओवादी नेताहरुलाई चढ्न दिएको छ । पौडेलले पार्टीबाट गाडी सुविधा पाएका हुन्
सरकारले २०६३ सालमा माओवादी नेतालाई एक वर्षका लागि ती गाडी चढ्न दिएको हो

No comments:

Post a Comment