Total Pageviews

Wednesday, September 21, 2011

0

आईटीएफ पदक विजेता सम्मानित

आईटीएफ पदक विजेता सम्मानित
काठमाडौं असोज
प्रथम अन्तर्राष्ट्रिय तेक्वान्दो आईटीएफ प्रतियोगितामा नेपालको प्रतिनिधत्व गरी पदक जित्न सफल खेलाडी बुधबार सम्मानित भएका छन् । प्रशिक्षक अफिसियललगायतलाई पनि सम्मान गरियो ।उक्त प्रतियोगितामा नेपाल १८ स्वर्ण ७ रजत र ८ कांस्यसहित टिम च्याम्पियन बनेको थियो । तुल्सी थापा मगर र योग माया विकले समान ४-४ स्वर्ण जितेका थिए । तुल्सी प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित भइन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव युवराज लामाले टोलीका सदस्यलाई खादा लगाइ सम्मान गर्नु भएको थियो ।सो अवसरमा सदस्य-सचिव लामाले उक्त प्रतियोगितामा पदक जिति राष्ट्रको प्रतिष्ठा उच्च बनाउन योगदान पुर् याएका हरेक पदक विजेतालाई परिषद्को तर्फबाट २-२ हजार नगद पुरस्कार प्रोत्साहन स्वरुप प्रदान गर्ने घोषणा गर्नुभयो ।सदस्य-सचिव लामाले अन्य संघको तुलनामा विगतमा आईटीएफलाई राखेपबाट हुने गरेको सौतेनी व्यवहारको अन्त्य गर्ने बताउदै छैटौं राष्ट्रिय खेलकुदमा आईटीएफ पनि समावेश भएकोले त्यसको तयारीमा जुट्न संघलाई निर्देशन दिनुभयो ।टोलीको नेतृत्व समेत गर्नु भएका राखेप सदस्य रामकृष्ण बानियाँले जुन उत्साह र उमंगका साथ खेलाडी प्रतियोगितामा सहभागी हुन गएका थिए त्यसलाई पदक हासिल गरी सफलतामा परिणत गरेको विचार व्यक्त गर्नुभयो ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका उपाध्यक्ष चेतनराज गिरीले प्रतियोगितामा ५ राष्ट्रका २ सय खेलाडीले विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा गरेको अवगत गराउदै दोश्रो संस्करण नेपालमै आयोजना गर्ने सोच रहेको जानकारी गराउनुभयो ।उक्त प्रतियोगिता सेप्टेम्बर १४ देखि १८ तारिखसम्म भारतको जम्मु कस्मिरमा भएको थियो ।



मल्पी र महेन्द्रभवन क्वाटरफाइनलमा

मल्पली र महेन्द्रभवन १८ औं आयसर-ज्ञान कर्निभलको गल्स्र बास्केटबलतर्फ बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

खोकनास्थित ज्ञानोदय इन्टरनेसनल रेसिडे_िन्सयल स्कुलको कोर्टमा भएको खेलमा मल्पीले एलआरआईलाई २७-२४ को साँघुरो अन्तरले हरायो । मल्पीको जितमा केल्राङ डोल्कर शेर्पाले ८ अंक योगदान दिइन् । महेन्द्रभवनले सेन्ट जेभियस्रमाथि ३५-४ को सहज जित दर्ता गर् यो । महेन्द्रभवनकी शान्ति श्रेष्ठले १७ स्कोर गरिन् ।

सानेपास्थित ज्ञानोदय बाल वाटिका उमाविद्वारा आयोजित कार्निभलको ब्वाइज बास्केटबलमा सिद्धार्थ बनस्थली काठमाडौं भ्याली र ग्यालेक्सीले क्वाटरफाइनलमा स्थान पक्का गरे ।

नारायण खड्काको १३ अंक मद्दतले सिद्धार्थ बनस्थलीले सैनिक आवसिय महाविद्यालयलाई ४५-४१ ले पराजित गर् यो । काठमाडौं भ्यालीले मल्पीलाई ६६-२८ को फराकिलो अन्तरले पन्छायो । विजेताका आङ छिरिङले १३ अंक बटुले ।

ग्यालेक्सी र नेरिकबीचको खेलमा ग्यालेक्सी ५१-४५ ले विजयी भयो । ग्यालेक्सीका पि्रन्स िसंहले १६ अंक जोडे ।



टीआईए र विल्सन क्वाटरफाइनलमा

ठुङराम इन्टरनेसनल एकेडेमी टीआईए र विल्सन एकेडेमी प्रथम द एक्से_िल्सयर कपअन्तर्गत सिनियर ब्वाइजको बास्केटबलतर्फ बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

टीआईएले जेम्सलाई ४४-२६ ले पराजित गर् यो । टीआईएका अभिषेक गुरुङले १७ अंक जोडे । विल्सनले अरनिकोलाई ३४-१५ ले पाखा लगायो । विजेताका पेमा डेनियलले १५ स्कोर गरे ।

द एक्से_िल्सयर स्कुलद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजकै बास्केटबलमा बुद्ध एकेडेमी र स्काइलार्कले आ-आफ्नो खेल जिते ।

टासी छिरिङको १५ अंक सहयोगमा बुद्ध एकेडेमीले टेरेसामाथि ३३-२५ को जित प्राप्त गर् यो । आइडियल मोडेल विरुद्धको खेलमा स्काइलार्क ३२-२५ ले विजयी भयो । स्काइलार्कका सुरज तामाङले १६ स्कोर गरे ।

जुनियर ब्वाइजको बास्केटबलमा डेफोडिल क्वाटरफाइनलमा पुग्यो । डेफोडिलले ग्यालेक्सीलाई २९-२४ ले हरायो । डेफोडिलका सरोज सापकोटाले १६ अंक जोडे । अर्को खेलमा जेम्सले अरनिकोलाई ११-७ ले पन्छायो । जेम्सका आयुष शर्माले ६ अंक बटुले ।

स्वयम्भूस्थित आयोजकको मैदानमा भएको जुनियर ब्वाइजको फाइभ ए साइड फुटबलमा ग्यालेक्सीले क्वाटरफाइनल यात्रा तय गर् यो ।

फुर्वा शेर्पाको गोल मद्दतले ग्यालेक्सीले सेन्ट जेभियस्रलाई १-० ले हराउदै समूह ँए’ को विजेता भयो । समूह उपविजेताको हैसियतले सेन्ट जेभियस्र पनि अन्तिम आठमा पुग्यो ।

फुटबलकै अन्य खेलमा जेम्सले काठमाडौं भ्यालीलाई १-० तथा टीआईएले डेफोडिललाई २-० गोलले हराए ।

No comments:

Post a Comment