Total Pageviews

Wednesday, September 21, 2011

0

एनेकपा माओवादीमा ५ खेमामा दौड

काठमाडौं । एनेकपा माओवादीमा यतिबेला मधेशी मोर्चासँगको ४ बुँदे सहमति र संस्थापन पक्षले हतियारकॊ चाँबी बुझाएको बिषयमा आन्तरिक रडाको त मच्चिएको छ जुन रडाकोले शान्ति संबिधान समेत ओझेलमा पर्ने पक्का पक्की छ । माओवादीभित्रका धेरै नेताहरु आ-आफ्नो लविङमा प्रभाव देखाउन कस्सिएका छन भने कतिपय नेताका समुहले जिल्ला जिल्लामा समेत आफ्नो प्रभाव कायम राखेको आम नेपालीभित्र प्रष्ट भइसकेको छ । त्यसो त माओवादीमा रहेका चल्ताफुर्दा १३५ नेतामध्ये प्रष्ट रुपमै ५ खेमामा दौडिएका छन । ५३ जना केन्द्रिय नेताले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोकेका छन भने ४७ जना केन्द्रिय नेताले मोहन बैद्यकिरण समुहलाई उकासेका छन । त्यसो त पार्टीमा उपाध्यक्ष रहेका प्रधानमन्त्री बाबुराम भट्टराईसँग भने २२ जना मात्र केन्द्रिय तहका नेताको साथ पाएका छन । त्यसमा पनि भट्टराईले सरकार चलाउँदा आफ्नो समुहभित्र छलफल नै नगरी एकलौटी ढङ्गले चलाएको भन्दै
राम कार्की भिमप्रकाश गौतम नवराज सुवेदी कुमार पौडेल लगायतले असन्तुष्टी ब्यक्त गरिसकेका छन । पार्टीभित्र समुह फस्टाउने क्रममा ७÷७ जनाको २ समुहमा एउटा समुह बैद्य निकट छ भने अर्को समुह तटस्थ रहेको एक माओवादी केन्द्रिय सदस्यले अभियान टाइम्सलाई बताए । आगामी असोज १३ गते हुने केन्द्रिय समितिको बैठकमा किरण समुहले मधेशी समुहको ४ बुँदे र हतियारका बिषयमा दाहाल पक्ष र भट्टराई पक्षलाई खुलेरै बिरोध गर्ने भएका छन । समाचार स्रोतले बतायो । ४ बुँदेले पार्टीमा एकता कायम गर्न सकेन । कांग्रेस र एमालेलाई सहमतिमा ल्याउन सकेन भन्दै बैद्य समुह खुलेरै बिरोध गर्ने भएको छ । यसरी बिरोध हुनेमा पाँचै समुहमा सबैभन्दा ठूलो समुह दाहालकै रहनेछ । त्यसो त एक माओवादी नेताले अभियान टाइम्सलाई उपलब्ध गराएको को नेता कहाँ भन्ने नाम यसप्रकार छ ः-दाहालले नेतृत्व गरेको समुहमा पुष्पकमल दाहाल सँगै नारायणकाजी श्रेष्ठ पोष्ट बहादुर बोगटी कृष्ण बहादुर महरा गिरिराजमणि पोखरेल वर्षमान पुन हरिबोल गजुरेल अग्नि सापकोटा शक्तिबहादुर बस्नेत जनार्दन शर्मा नन्दकिशोर पुन
चन्द्रप्रकाश खनाल लोकेन्द्र बिष्ट मगर हेमन्तप्रकाश वली गोपाल किराँती हितराज पाण्डे लेखराज भट्टनिनु चापागाईँ
विश्वभक्त दुलाल विश्वनाथ शाह जितबहादुर लामा रामचरण चौधरी नारायण प्रसाद दाहाल ध्रुव
पराजुली गंगा कार्की सन्तु दराई गणेशमान पुन पुष्पबिक्रम मल्ल हित बहादुर तामाङ्ग विकेश श्रेष्ठ कालीबहादुर मल्ल महेश्वर
गहतराज कमला रोक्का तेजबहादुर वली कालीबहादुर खाम ओनसरी घर्तीमगर झक्कुप्रसाद सुवेदी हरि अधिकारी कृष्ण सापकोटा श्रवण यादव केशव नेपाल सर्वोत्तम डंगोल कृष्ण केसी प्रल्हाद बुढाथोकी डिआर पौडेल जीवन गौतम हकिल्लाह खाँ सुर्यमान दोङ अन्जना विशखे धावा लामा दीपबहादुर योाजन राजु खड्का रामकुमार शर्मा लगायत छन ।
यसैगरी मोहन बैद्यकिरण ले नेतृत्व गरेको बैद्य पक्षमा चन्द्रप्रकाश गजुरेल देवप्रसाद गुरुङ्ग हितमान शाक्य नारायण शर्मा पौडेल हरिभक्त कँडेल पम्फा भुसाल कुलप्रसाद केसी धर्मेन्द्र बास्तोला खड्गबहादुर बिश्वकर्मा इन्द्रमोहन सिग्देल नन्दकुमार प्रसाई सन्तोष बुढामगर पुर्ण घर्ती श्रीराम ढकाल सुर्य सुवेदी जोखबहादुर महरा ईश्वरी दाहालअसारे काका जयपुरी घर्तीमगर जयप्रकाश शर्मा यसोदा सुवेदी अमृता थापामगर मायाप्रसाद शर्मा सरला
रेग्मी उमा भुजेल सुरेश आलेमगर श्रीनाथ अधिकारी चन्द्रहरि सुवेदी पवनमान श्रेष्ठ दिलिप प्रजापति अनिल शर्मा कुमार दाहाल महेन्द्र पासवान कृष्णदेव िसंह पदम राई साबित्री काफ्ले टंक आङ्बुहाङ भरत बम हिमाल
किराँती कुमार पौडेल कृष्णध्वज खड्का रेखा शर्मा महेश्वर दाहाल धर्मचन्द्र लावती ईश्वरी
भट्टराई हर्क बहादुर शाही रहेका छन ।
त्यस्तै अमिक शेरचनले नेतृत्व गरेको बैद्य निकटहरुमा लिलामणि पोखरेल शशि श्रेष्ठ कृष्ण भुजेल स्वनाम साथी डिलाराम आचार्य दिनेश पन्थी ७ जना लगायत रहेका छन ।
प्रधानमन्त्री तथा उपाध्यक्ष डा।बाबुराम भट्टराई पक्षमा टोप बहादुर रायमाझी दिनानाथ शर्मा हिसिला यमी देवेन्द्र पौडेल राम कार्की भिमप्रसाद गौतम नवराज सुवेदी दिनेश शर्मा खगराज भट्ट रामप्रसाद बाजाडे भक्ति पाण्डे डोरप्रसाद उपाध्याय गंगा श्रेष्ठ कुमार पौडेल प्रभु शाह रामकुमार यादव सविना बराल तेजप्रसाद कँडेल कृष्ण शर्मा बेधनिधि अधिकारी लिला थापा गरी २२ जना लगायतका छन ।
त्यसैगरी तटस्थको रामबहादुर थापा बादलले गरेका छन । उनको समुहमा दिल बहादुर श्रेष्ठ भिमबहादुर कठायत कमानिसंह लामा घनश्याम पौडेल भक्तबहादुर शाह कर्णध्वज केसी गरी ७ जना नेताहरु रहेका छन ।

No comments:

Post a Comment