Total Pageviews

Friday, September 16, 2011

0

इनिस्पेक्टरलाई भ्याई नभ्याई

काठमाडौं ।थानकोट प्रहरी प्रभागकाइनिस्पेक्टर प्रहरी निरीक्षक दान बहादुर थापा यतिबेला कमाउ धन्दालाई प्रश्रय दिएका छन । दशैं तिहार नजिकिएको अवसर पार्दै रकमलाई स्थान दिएका थापाले शान्ति सुरक्षालाई वास्ता गर्न छाडेको समाचार स्रोतले बतायो । काठमाडौं प्रवेश गर्ने प्रमुख नाकाका रुपमा परिचित थानकोट प्रहरी प्रभाग
राजधानीको कमाउने अड्डा भित्र पर्ने एक प्रहरी अधिकारीले बताए । थानकोट प्रहरी प्रभागका जवानदेखि सबैलाई चेकजाँचका नाममा पैसा उठन्तीलाई तिब्रता दिने निर्देशन दिएका थापाले रकमको केही हिस्सा प्रहरीको केन्द्रसम्मै पुर् याउने गरेको स्रोतको दाबी छ । स्थानीय स्तरका हरेक ब्यबसायीसँग नियमित उठन्ती रकमलाई दशैंको मौकामा बढाइदिन निर्देशन समेत गरेका छन । उपत्यका भित्र प्रवेश गर्ने प्राय ट्रकदेखि अन्य नक्कली सामानलाई छुट दिँदै रकम खान पल्केका इनिस्पेक्टर थापा चोरी पैठारी सामान होस् या नक्कली सामाग्री जस्तोसुकै वस्तुलाई हातमा नगदनारायण परेपछि छोड्ने गरेको जानकारीमा आएको छ । त्यसो त सानातिना मुद्दामा समेत रकम नपाएपछि वृत्तकालीमाटी लाई जिम्मा लगाउँदै डिएसपी टेक बहादुर तामाङलाई मैले नसकेर हजुरलाई सुम्पिए भन्न भ्याउने गरेको अर्को समाचार स्रोतले अभियान टाइम्स साप्ताहिकलाई जानकारी गरायो । लुटपाट होस् या चोरी डकैती पैसा पाएपछि पीडित भन्दा पिडकलाई ओत्न खोज्ने थापाले प्रहरी प्रभागमा गएपछि रकमलाई बढी ध्यान दिँदा स्थानीयबासी आक्रोशित भएका छन । यहाँका प्रहरी खाली ट्रक र बसको चक्करमा छन । स्थानीयका घटनामा सुनुवाई हुँदैन अहिलेका इनिस्पेक्टर त झन पैसालाई खुलेआम जोड दिने गरेको एक स्थानीयले बताए ।

No comments:

Post a Comment