Total Pageviews

Thursday, September 22, 2011

0

पोखराको लामाचौरमा दशैं बजार मेला लाग्नॆ बजार ब्याबस्थित पार्न उपसमिति गठन

पोखरा / नेपालीहरुको महान पर्व बिजया दशमी पर्वको अवसरमा पोखराको लामाचौर क्षेत्रमा दशैं बजार मेला लाग्ने भएको छ । ईन्द्रराज्य लक्ष्मी उच्च माबि परिसरमा घटस्थापना असोज ११ गते देखि महानवमी असोज १८ गतेसम्म सोहि बिद्यालय ब्याबस्थापन समितिको सकि्रयतामा स्थानीय बिभिन्न संघ सस्थाको आयोजनामा मेला हुने भएको हो ।दशैं पर्वको अवसरमा आवश्वक पर्ने भेडा च्याङग्रा तथा खसि बोका समेत मेलामा बिकि्र वितरण गरीने भएको छ । स्थानीय उत्पादनको प्रर्बद्धन गरी घरेलु उत्पादनका सामागि्रंहरु डोका नाम्ला डाला लगायतका बस्तुहरुको बिकि्र वितरण समेत गरीने भएको बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष मिलन केसीले बताउनु भयो ।बिद्यालयका शिक्षक नेत्र बहादुर बाँनियाको संयोजकत्वमा ११ सदस्यीय बजार ब्याबस्थापन समिति र लामाचौर क्षेत्र वरिपरका बिभिन्न संघ सस्थको आबद्धता रहने गरी १ सय ५१ सदस्यीय मुल समारेाह समिति समेत गठन गरीएको छ ।
साथै बजारलाई ब्याबस्थापन गर्न बिभिन्न पाँच वटा उपसमिति समेत गठन गरेको छ । अर्थ संकलन उपसमिति संयोजकमा सुसिल कुमार श्रेष्ठ प्रचार प्रसार उपसमिति संयोजकमा नविन भण्डारी सुरक्षा ब्याबस्थापन समितिमा नवराज थापा पुर्वाधार ब्याबस्थापन उपसमिति संयोजकमा राजु सुनार र स्वयम सेवक ब्याबस्थापनमा नव आर्दश क्लब रहेको छ ।
उक्त बजार अबधिभर उपभोक्ताहरुले ५ सय भन्दा बढी सामान किनेमा उनीहरुलाई कुपन प्रदान गरी लक्की ड्र बाट उपाहार प्रदान गरीने भएको प्रचार समितिका सदस्य अर्जुन अधिकारीले बताउनु भयो । एक जनालाई च्याङग्रा एक जनालाई मोवाईल सेट र १० जनालाई आक्रशक पुरस्कार प्रदान गरीने भएको छ । फुलपातीको अवसरमा असोज १६ गते बिद्यालय परिसरमा बिषेश मेला समेत आयोजना हुने प्रचार समितिका सदस्य अधिकारीले जानकारी दिनु भयो । मौलिक संस्कृतिको जर्गेना गर्नुको साथै समाजमा बढ्दै गएको विकृति र विसङगतिलाई न्युनिकरण गर्न थप टेवा पुग्ने उद्धेश्यले आयोजना हुन लागेको उक्त बजार मेलामा स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने भएको छ ।

No comments:

Post a Comment