Total Pageviews

Saturday, September 17, 2011

0

नेपाल टेलिकमसँग मिलेर गुगलले राखेको यो सर्भर अहिले परीक्षणको क्रममा छ।

विश्वभरिमा सबैभन्दा बढी चल्ने सर्च इन्जिन गुगलले नेपालमै सर्भर राखेको छ। नेपाल टेलिकमसँग मिलेर गुगलले राखेको यो सर्भर अहिले परीक्षणको क्रममा छ। नेपालमै गुगलको सर्भर सञ्चालनमा आएपछि गुगलको इमेल, सर्च इन्जिन, युटुब पहिलेभन्दा छिटो चलाउन सकिन्छ।    परीक्षण सफल भइसकेको, भदौभित्र नेपालबाट गुगल प्रयोगकर्ताहरुले कुनै पनि सेवा लिँदा अमेरिकामा रहेको सर्भरमा पुगिराख्नुपर्दैन, टेलिकमका एक उच्च अधिकारीले  भने।  नेपालमा सर्भर राख्न लाग्ने खर्च गुगलले नै बेहोरेको छ। टेलिकम घरायसी इन्टरनेट सेवातर्फ सबैभन्दा ठूलो सेवा प्रदायक भएकाले गुगलले सहकार्य गरेको हो। टेलिकमको जावलाखेलस्थित कार्यालयमा गुगलको सर्भर राखिएको छ। नेपालमै सर्भर राखेपछि टेलिकमको खर्चसमेत कम हुनेछ। इन्टरनेटमा स्थानीय विषयवस्तुहरु नहुनु र सर्भरसमेत विदेशमै रहँदा इन्टरनेट सेवा प्रदायकले ब्यान्डविथ खर्च बढी तिर्नुपरिरहेको छ। सर्भर नेपालमा राखेपछि एक जिबी ब्यान्डविथ बचत हुँदा टेलिकमको वार्षिक दुईलाख डलर खर्च कम हुन्छ ।
 
अहिले टेलिकमको अनलिमिटेड इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकले फेसबुक, जिमेललगायत साइटहरु साइन इन गरेर बस्दा ब्यान्डविथ खर्च बढेको छ। यही खर्चलाई घटाउन टेलिकमले जिमेलसँग सहकार्य गरेको हो। जिमेलको सर्भर यहीं रहेपछि फेसबुक जस्तै गरी सञ्चालन गरिएको गुगल प्लससमेत छिटो चलाउन सकिन्छ।गुगलको सर्भर यहाँ राखेपछि अहिले इन्टरनेटको ब्यान्डविथ खपत घटेको छ, सूचना प्रविधि निर्देशनालयकै अर्का एक अधिकारीले भने। पहिले टेलिकमले लिएको चार जिबी ब्यान्डविथ पूरै प्याक हुने गरेकोमा यही सर्भर राखेपछि एक जिबी खपत कम भएको छ। टेलिकमले गुगलको सर्भर यहीं राख्न सिंगापुरसम्म लिज्डलाइन जोडिएको छ।
 
पाँच महिनासम्मको निरन्तर प्रयासपछि गुगलले गत साताबाट नेपालमा राखेको क्यासे सर्भरको परिक्षण नेपालमै गरेको हो। यसले गर्दा पहिले भन्दा अहिले इन्टरनेट छिटो चल्नु, जिमेल छिटो खुल्न थालेको टेलिकमका अधिकारीहरुले बताएका छन्।
 
सर्भर नेपालमा राखेपछि गुगलका अधिकारीले नेपालको सूचना प्रविधिबारे यसै साता तीन उच्च तालिमसमेत दिँदैछन्। टेलिकमदेखि लिएर सूचना प्रविधिको क्षेत्रमा कार्यरतलाई ब्यान्डविथ खपत कम गर्ने, सूचना प्रविधिको सुरक्षणका विषयमा गुगलका अधिकारीले प्रशिक्षण दिने छन्।सन् १९९८ मा स्थापना भएको गुगलले अमेरिकी सेयर बजार नास्डाकमा सूचीकृत कम्पनी हो। सन् २०१० मा यसको आम्दानी २९ अर्ब ३२ करोड डलर थियो। त्यसवर्ष सबै खर्च कटाएर गुगलले ८ अर्ब ५० करोड नाफा गरेको थियो।
 
इन्टरनेटमा आधारित सर्चिङ, वेव होस्टिङ, समाचार, विज्ञापन, इमेललगायत सेवा सञ्चालन गुगलले गरिरहेको छ। यसको मुख्य कार्यालय अमेरिकाको क्यालिफोर्नियामा छ। गुगलका युट्युब, गुगल भ्वाइस, एड मोबाइललगा

No comments:

Post a Comment