Total Pageviews

Saturday, September 17, 2011

0

खेलकुद पत्रकारिता पुरस्कारबाट बराल सम्मानित

सहारा खेलकुद पत्रकारिता पुरस्कार २०६८ बाट पत्रकार दीननाथ बराल सम्मानितहुनुभएको छ । पुरस्कारको राशी ताम्रपत्रसहित पाँच हजार ५ सय ५५ रुपैयाँ छ ।सहारा क्लबको १३ औ वार्षिकोत्सव तथा सातौ महाधिवेसनको अवसरमा शनिबार
आयोजित समारोहमा कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक दुर्जकुमार राईले उहाँलाई पुरस्कार हस्तान्तरण गर्नुभयो ।
कास्की जिल्लालाई कर्मथलो बनाई मोफसलमा रहेर खेलकुदको विकासमा योगदान दिने पत्रकारको सम्मानमा क्लबले हरेक वर्ष सो पुरस्कार प्रदान गर्दै आएको छ
। २०५९ सालदेखि पत्रकारिता सुरु गर्नुभएका पत्रकार बराल हाल रेडियो अन्नपूर्ण
पोखरापत्र दैनिक न्यूज पोखरा डटकम प्राप्ति त्रैमासिकसँग आबद्ध हुनुहुन्छ ।
उहाँले २०६४ सालदेखि खेलकुद विट पत्रकारितामा कलम चलाउँदै आउनुभएको हो ।
संचारदर्पण साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएका पत्रकार बरालले यसअिघ
क्लीफाइड लोकतन्त्र र अभियान साप्ताहिकमा काम गर्नुभएको छ भने उहाँ हिमाल
खबर र नेपाल मिरर डटकमका लागि पनि कलम चलाइसक्नुभएकोछ ।
विभिन्न संघसंस्थाबाट सम्मानित भैसक्नुभएका कास्कीको पुम्दीभुम्दीका पत्रकार बराल
बाबु स्व। टेकनाथ बराल र आमा बसुन्धरी बरालका कान्छो छोरा हुनुहुन्छ ।
उहाँका २ दाइ र २ बहिनी छन् ।
सम्मानपछि बोल्दै उहाँले यस क्षेत्रमा कि्रयाशील रहन अझ उत्साह बढेको बताउँदै
सबैप्रति आभार ब्यक्त गर्नुभयो ।
समारोहमा डीआईजी दुर्जकुमार राईले पुरस्कृत ब्यक्तित्व बरालप्रति बधाई
ज्ञापन गर्दै पोखरा खेलकुदको राजधानी भएको बताउनुभयो । उहाँले सहारा
एकेडेमिको लागि १० हजार ब्यक्तिगत रुपमा सहयोग गर्दै्र आगामी सहयोगको
लागि आफु तयार रहेको बताउनु भयो ।
पुरस्कार छनौट समिति संयोजक वरिष्ठ पत्रकार नारायण कार्कीले पुरस्कृत
ब्यक्तित्वको परिचय दिनुभएको थियो । सहारा खेलकुद पत्रकारीता पुरस्कारबाट
यसअघि कुलचन्द्र न्यौपाने विनोद लामिछाने धन बस्नेत पे्रमनारायण
न्यौपाने र राम गुरुङ्ग पुरस्कृत भैसक्नुभएको छ ।
यसैबीच क्लबसँग आबद्ध कि्रयाशिल सदस्यको सम्मान र प्रोत्साहनस्वरुप सहारा
उत्कृष्ट सदस्य पुरस्कार २०६८ बाट सदस्य मीनबहादुर गुरुङ्ग सम्मान गरेको छ ।
समारोहमा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य दीलिपबिक्रम शाहीले
खेलकुद क्षेत्रलाई राज्यले देास्रो दर्जामा राखेको भन्दै गुनासो ब्यक्त
गर्नुभयो ।
पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष ईश्वर कर्माचार्यले पनि संघले
सहाराको एकेडेमी भवन निर्माणका लागि सक्दो पहल गर्ने बताउनुभयो । उहाँले
क्लबलाई १५ हजार बराबरको हार्डवयर सम्बन्धि सामग्री सहयोग गर्ने घोषणा
गर्नु भएको छ ।
क्लब अध्यक्ष बिक्रम थकालीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा महासचिव
केशवबहादुर थापाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विश्वराज बरालले
कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । स्वागत मन्तब्य उपाध्यक्ष
वीरभद्र आचार्यले गर्नुभएको थियो ।
खेलकुदको माध्यमबाट सामाजिक विकास गर्ने उद्देश्यले २०५५ सालमा स्थापित सहारा
क्लबले हाल पोखराका दोबिल्लामा २६ रोपनी क्षेत्रफलमा सहारा एकेडेमी भवन
निर्माण गरिरहेको छ । १ करोड २७ लाख खर्च लाग्ने अनुमान गरिएको
एकेडेमीका लागि हालसम्म ६५ लाख रुपैयाँ संकलन भएको अध्यक्ष बिक्रम थकालीले
बताउनुभयो । उहाँका अनुसार भवनको ८० प्रतिशत काम सम्पन्न भैसकेको छ ।

No comments:

Post a Comment