Total Pageviews

Tuesday, September 20, 2011

0

नेपाली टोलीमा मालाकारको अग्रता

मुम्बाई / चौथो मुम्बाई मेयस्रकप खुला अन्तर्राष्ट्रिय चेस पं्रतियोगिताको मंगलवार प्रचण्ड मालाकारले पांचौ दिनको पहिलो तथा छैंठौं चरणको खेलमा आयुष गान्धीसंग बरावरीमा रोकिए भने सातौं चरणको खेलमा भारतका राकदे सुधाकरलाई हराउदै अंक तालिकामा सुधार गरेका छन् । नेपाली टोलीको नेतृत्व गरेर गएका मालाकारले सात खेलमा ३ खेलमा जीत र २ खेलमा बरावरी गरी जम्मा ४ अंक बटुल्दै नेपाली टोलीमा अग्रता कायम गर्न सफल भएका छन् ।ग्ााेरेगावं स्पोर्टस क्लबमा संचालन भएको खेलमा गोविन्द खड्काले दोहोरो सफलता हात पारेका छन् । उनले छैंठौं चरणमा अमोल प्रताप र सातौं चरणमा सिरिष खोडबेलाई हराउंदै ३।५ अंक बनाएका छन् । त्यसरी नै बिजय महर्जन र आशा नारायण लवतले दुई खेलमा १।१ खेलमा जित्न सफल भएका छन् । बिजयले पनि ३।५ अंक हासिल गरेका छन् भने लवटले ३ अंक बनाएका छन् ।

No comments:

Post a Comment