Total Pageviews

Sunday, September 18, 2011

0

यूएईको चौथो महाधिवेशन सम्पन्न

एनआरएन ए एनसीसी यूएईको चौथो महाधिवेशन गत शुक्रवार दुवईको धाओ प्यालेस होटलमा आई सी सी अध्यक्ष देवमान हिराचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । एनआरएन आसीसीका अध्यक्ष देवमान हिराचनले एनआएनको अभियान भनेको नेपाललाई शान्त शुन्दर र संबृद्ध बनाउने अभियान हो भन्दै राष्ट्रको विकास गर्नकोलागि सबै एनआरएनहरु अगाडी बढ्नु पर्नेमा जोड दिए । मध्यपूर्वको समस्या विभिन्न किसिमका छन् ति समस्याहरुलाई एक्लैले समाधान गर्न सकिदैन तर संघबाट एक आवाज एक ढिक्का भएर जांदा त्यो समस्यालाई निराकरण गर्न पहल हुने छ । उनले भने । अहिले सम्म एनआरएन नेपालमा दर्ता नभएको संस्थागत रुपमा जाँदा संस्था दर्ता गर्नु नै पर्दछ भन्नेमा जोड दिए । सम्पूर्ण नेपालीहरुको धन ज्यानको सुरक्षा मौलिक हक अधिकार तथा एनआएनको बारेमा पनि संविधानमा उल्लेख गर्न प्रवासबाट घचघचाउन आग्रह गरे । यो अभियानमा म र तिमी नभनी हामी भनेर अगाडी बढेमा अभियान सफल हुने तर्क राखेका थ्ािए ।आईसीसीका उपाध्यक्ष जिवा लामिछानेले एनआरएन सामाजिक सस्था भएको हुनाले संस्थालेले आफै लगानी नभै लगानीकर्ताको बीचमा पूलको काम गर्छ र यही प्रकृयाहरुको आधारमा साना ठुला लगानीहरु नेपालमा सुरुवात भएको जानकारी दिए । नेपाल सरकार नेपाली राजनैतिक पार्टीहरु नागरीक समाज सबैले एनआरएन देशलाई परिवर्तन गर्न सक्ने रियल फोस्र हो भन्ने बुझेका छन् तर देशले जती अपेक्षा गरेको छ त्यति एनआरएनले गर्न सकेको छैन । उनले भने । अबको हाम्रो कार्यदिशा भनेको सानो पूंजीदेखी लिएर ठूलो पूंजी एककृत गरेर नेपालमा लगानी गर्ने क्षेत्रहरुको पहिचान गरेर लगानी गर्नु हो । संघले समस्याको जड र कारण केहो पत्ता लगाई सम्वन्धित निकायालाई झकझकाउन सक्छ र संगठनले गरेका मागहरुलाई संवन्धित निकायहरुले तुरुन्तै सम्वोधन गर्ने प्रयास गर्छ उनले भने । नेपाली दूतावास यूएईका उपनियो प्रमुख दिपक अधिकारीले आगामी दिनहरुमा यूएईमा देखिएका समस्याहरुलाई समाधान गर्न एनआरएनले दूतावाससंग हातेमालो गर्दै अगाडी बढ्न आग्रह गरे । दूतावासले घरेलु महिला कामदारहरुको बारेमा अलि बढी समस्या देखिएको र ती समस्यालाई समाधान गर्न पहल गरेको बताए । एक नेपालीले वदनाम गरेमा अर्को नेपालीको पनि बदनाम हुने हुँदा सचेत गराउनु पर्दछ भन्दै एनआरएनको अभियानमा दूतावासको पूर्ण समर्थन रहने प्रष्टाएका थिए । आईसीसी कोषाध्यक्ष रामेश्वर शाहले अबको एनआरएनको कार्यदिशा यसको अभियानलाई संस्थागत बनाउनुपर्नेमा केन्द्रित हुनुपर्नेमा जोड दिए । मध्यपूर्वका गैरआवासीय नेपालीहरुको समस्याको बारेमा उठेका समस्याहरुलाई संघले गहनरुपमा बुझेको यसबारे छलफल भएको र निराकरणकालागि पहल भएको र कतिपय समस्याहरुलाई तत्कालै संबोधन गर्न आवश्यक रहेको उल्लेख गरे । एनसीसी कतारका पूर्व अध्यक्ष नरेन्द्रभाटले मध्यपूर्व मलेशियामा भएका समस्याहरु अन्य देशमा भएका समस्याहरु भन्दा पृथक रहेको उल्लेख गरेका थिए । नव निर्वाचित अध्यक्ष रोकाहाले आफूले उद्धार कोषको व्यवस्था यहाँ रहेका अन्य संघसंस्थाहरुसँग हातेमालो गर्दै कार्य गर्ने सरकार र आइसीसीसँग सहकार्य गर्दै यस क्षेत्रका समस्यामा निराकरणमा पहल गर्ने्र प्रतिबद्धता प्रकट गरेका थिए ।

कार्यक्रमका सभापति एनसी सी यूएईका अध्यक्ष चुणामणी ढकालले कार्यक्रमको विसर्जन गर्दै एनआरएन यूएईमा रहेर काम गर्न पाएकोमा र विभिन्न संघसंस्थाहरुले पुराएको सहयोगलाई धन्यवाद दिदै पुरानो कार्यसमिति विघटन भएको घोषाणा गरेका थिए । त्यसै गरी महासचिव सुरेश वस्याल र कोषाध्यक्ष जेपी सापकोटाले आ- आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । भने दोश्रो चरणको बन्दसत्रको कार्यक्रममा एनआरएन यूएईको विधान पारित गरिएको थियो । नयां कार्य समितिका अन्य पदाधिकारीहरुमा ३ जना उपाध्यक्षमा विकास अधिकारी कृष्ण भूसाल र मनोज कुमार श्रेष्ठ ुगोर्खालीु महासचिवमा सन्तोष प्रसाई कोषाध्यक्षमा कपिल खड्का २ जना सचिवमा गोपाल कंडेल र जगत आचार्य रहेका छन् । त्यसै गरी सदस्यहरुमा किशोर घिमिरे गुणराज आचार्य बुद्धिप्रसाद सुवेदी गोविन्द खनाल गुाजमान गुरुङ गुप्तलाल भूषाल हेमकुमार राई हेमन्त पौडेल कृष्णप्रसाद पाण्डे लक्ष्मी उपाध्याय नेत्र नारायण थानी प्रदिप पौडेल पूर्ण सापकोटा रवि रमण अधिकारी रामकुमार रिजाल रमेश श्रेष्ठ साङदोर्जे शेर्पा शुरेश ढकाल टिकादत्त शिवा टुकनारायण जैसी जेपी सापकोटा खेमनाथ पौडेल तथा उत्तम अधिकारी सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक डेरराज गुरुङले घोषणा गेरका थ्ािए । त्यसै गरी २०१७ जना पिाजकृत सदस्य रहेको एनआरएनए युएईबाट आइसीसी सदस्यमा छत्रबहादुर लामा र बिमल तामाङ सर्वसम्मत चयन भएको निर्वाचन संयोजक गुरुङले जानकारी दिए ।

No comments:

Post a Comment