Total Pageviews

Sunday, December 4, 2011

0

आयात÷निर्यात फर्महरु मापदण्ड विपरित सामान्य व्यापारीको फर्म अयोग्य ः विभाग


काठमाडौ । नेपालबाट बैदेशिक बजारमा नेपाली सामान निर्यात गर्ने र बैदेशिक वजारबाट नेपालतर्फ सामान आयात गर्ने अधिकाशं फर्महरु अन्तर्राष्ट्रिय मापदण्ड विपरित भएको भन्सार विभागको अनुसन्धानबाट खुल्न आएको छ । विभागले गत साउनको दोस्रो साताबाट अनुसन्धान सुरु गरेको सो विषयमा बढीमात्रामा नेपालको उत्तरी नाकाबाट सामान आयात÷निर्यात गर्ने व्यापारिक फर्महरु अबैधानीक भएको निर्णय विभागको रहेको छ । यसरी अबैधरुपमा नेपालतर्फ बढीमात्रामा सामान आयात गर्ने सिन्धुपाल्चोक जिल्लाको तातोपानी भन्सार कार्यलय र रसुवा भन्सार नाकाबाट कारोबार गर्ने गरेको सेमत खुल्न आएको छ । भन्सार कर्मचारीलाई केही रकम दिएर अबैध सामान ओसार प्रसार गर्ने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नभएको भन्दै एसकेजे इन्टरनेशनल विजनेश प्रालिकान्तिपुर विजनेश ग्रुप गोसाईकुण्ड इन्टरनेशनल विजनेश प्रालिसिन्धु इन्टरनेशनल विजनेश प्रालि जुगल इन्टरनेशनल प्राईजेज जीएन इन्टरन प्राइजेज र अरनीको गु्रप अग्रपंक्तीमा रहेका छन् । यसरी अन्तराष्ट्रिय मापदण्ड विपरित भन्सार कारोबार गर्नेमा सिन्धुपाल्चो उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठनेपाल उद्येाग वाणिज्य महासंघका केन्द्रीय सदस्य विष्णुबहादुर खत्रीहिमालय सिमापार वाणिज्य संघका निवर्तमान अध्यक्ष दुर्गाबहादुर श्रेष्ठरोशनबहादुर थापा नविन थापा गणेश भन्डारी सुमन खत्री गोपाल श्रेष्ठ निमफुाजो शेर्पा र निकण्ठ चौलागाईको फर्महरु रहेको विभागले अनुमान गरेको छ । नेपालबाट विभिन्न बैदेशिक मुलुकमा सामान आयात÷निर्यातकर्ताहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप नभएको भन्दै गत साउन महिनादेखि सो फर्महरुलाई कटौती गर्ने कार्यमा भन्सार विभाग असफल भएको छ । विभागले मुलुकभरका भन्सार नाकाबाट विभिन्न सामानको आयाय÷निर्यात गर्ने अधिकाशं आयात÷नियातकर्ताहरु अन्तराष्ट्रिय मापदण्ड अनुरुप अयोग्य रहेको भन्दै सो मापदण्ड अनुरुप नभएका आयात÷निर्यातकताहरुको फर्मलाई रद्ध गरिने भनिएता पनि ५ महिना वितिसक्दा समेत सो विषयमा कुनै कारवाही अगाडी बढ्न सकेको छैन । देशभरका मुख्य भन्सार कार्यालयमा कार्यरत प्रमुख भन्सार अधिकृतहरुले चाहिने भन्दाबढी आयात÷निर्यातकर्ताको व्यापारिक फर्म भएकाले सो फर्महरु घटाउन विभागमा माग गरेपनि हाल सम्म काम नहुदा नाकामा भन्सार ऐजेन्टहरुको मात्र भिड लाग्ने गरेको बताएका छन् । नेपालमा भारत÷चीन लगायत तेस्रो मुलुकमा सामान निार्यात तथा आयातकालागि हाल सम्म कारोबार गर्न पाएका मध्ये ९५ प्रतिशत आयतकता र निर्यातकर्ता अयोग्य रहेको विभागले पुष्टी गरेको छ । नेपालजस्तो देशमा ४० हजार भन्दाबढीले विभिन्न भन्सार नाका प्रयोगगरि सामानको आयात÷निर्यात गर्ने गरेका कारण कस्को नाममा कुन सामान आउदै छ भन्ने बारेमा अनुगमन गर्न समेत समस्या परेको विभागले जनाएको छ । भन्सार विभागका अनुसार आबश्यक भन्दाबढी आयात÷निर्यातकर्ता भएकाले कुन समुहले कसको नाममा फर्म दार्ता गरेको छ र सामान कस्ले आयात गरेको छ भन्ने जानकारी लिन समेत विभाग असपफल भएको स्वीकारेको छ । विभागका अनुसार मुलुकमा साचालीत भन्सार कार्यालयमा बढीमा ३ महिनाकालागि विभिन्न्ा नाममा फर्महरु दर्ता गराएर व्यापारिक कारोबार गर्ने गरेकाले त्यसको प्रत्यक्ष असर राजस्व असुलीमा पर्ने विभागले जनाएको छ । भन्सार विभागका अनुसार अस्थायी व्यापारीक फर्महरु दर्ता गराएर विभिन्न भन्सार नाकाबाट सामानको आयात÷निर्यात गर्ने गरेका र सोही फर्महरुले बढीमात्रामा भन्सार चुहावट गरेका कारण भन्सार राजस्व अन्तशुल्कभ्याट कर संकलनमा प्रत्यक्ष असर पर्न गरेको अनुधन्धानबाट खुलेको जनाएको छ । नेपालमा एकभन्दाबढी सामानको आयातगर्ने गरेका कारण बढीमात्रामा भन्सार चुहावटलाई नियन्त्रण गर्न कठिन भएको भन्सार कार्यालयहरुले जानएकाछन् । सो फर्महरुबाट बैद्यभन्दापनि अबैद्य सामानको आयात गर्ने गरेकाकारण त्यसकार्यको नियन्त्रण गर्न विभागले विशेष कार्यक्रम ल्याउन लागेको योजना समेत स्तउने गृहकार्या गरेको विभागले जानएको छ । विभिन्न भन्सार नाकाबाट आयातकर्ताको नामबाट खोलीएका फर्महरुमा अधिकाश नक्कली व्यक्तहरुको नाममा रहेको समेत प्रारम्भीक अध्ययनमा देखिएको विभागले जनाएको छ । भन्सार नाकाबाट बास्तविक आयातकर्ताको नामबाट कुनैपनि प्रमाणीत हुने कागजात नभएको तर विभिन्न ग्रामीण भेगका न्यून आयभएकाहरुको नामबाट व्यापारिक फर्म खोली फर्मदर्ता गराएकाले गर्दापनि सक्कली आयतकर्ता भेटाउन भन्सार कार्यालयले नसकेको विभागले जनाएको । सामान्य रुपमा आन्तरिक राजस्व विभागबाट अन्तशुल्क प्यान नम्बरमा फर्म दर्ता गरे पछि आफुलाई मनलागेको समानको आयात तथा निर्यात गर्ने गरेकाछन् ।

No comments:

Post a Comment