Total Pageviews

Wednesday, December 7, 2011

0

खोलो गरेर लौरो बिर्सिएः गुप्ता

 खोलो गरेर लौरो बिर्सिएः गुप्ता सञ्चार मन्त्री जेपी गुप्ताले ‘मंसिर १४ को खड्गो टार्न मात्र मधेसी मोर्चाले जे जे भनेको छ त्यही मानेको’ प्रधानमन्त्रीको अभिव्यक्ति अराजनीतिक भएको टिप्पणी गर्नु भएको छ ।
वीरगञ्जमा बुधबार आयोजित पत्रकार सम्मेलनमा गुप्ताले प्रधानमन्त्रीले ‘खोलो तरेर लौरो बिर्सिएको’ बताउनु भयो । उहाँले सरकार गठनका क्रममा मधेसी मोर्चासँग भएको चारबुँदे सहमति पुनर्विचार गरे आफूहरुले पनि सरकारबारे पुनर्विचार गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो-’मधेसी मोर्चासँगको सहमतिबारे माओवादस्ले पुनर्विचार गरे हामी पनि सत्तामा रहने नरहनेबारे पुनर्विचार गर्न सक्छौं ।’
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिव्यक्तिलाई अराजनीतिक भाषा र अपरिपक्क भन्दै फोरम गणतान्त्रिका अध्यक्ष समेत रहेका गुप्ताले यसबारे कुरा गर्ने समेत बताउनु भयो । उहाँले चारबुँदे सहमति कार्यान्वयन नभए सहमतिमा शान्ति र संविधान निर्माण हुन्ा नसक्ने चेतावनी समेत दिनुभयो ।

No comments:

Post a Comment