Total Pageviews

Wednesday, November 30, 2011

0

प्रधानमन्त्री बाबुराम भट्टराई कोइरालाबीच भेटवार्ता

प्रधानमन्त्री बाबुराम भट्टराई बिहीबार बिहान प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीच भेटवार्ता भएको छ ।  सभापति कोइराला निवास महाराजगन्जमा भएको भेटवार्तामा नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको कामकारबाहीको बारेमा छलफल भइरहेको महाराजगन्ज स्रोतले जनाएको छ ।
भट्टराई बुधबार लडाकु शिविरहरुमा भइरहेको वर्गीकरण प्रक्रिया अनुगमन गरेर फर्केका छन् । भट्टराईसंगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल र विशेष समितिका सदस्यहरु लडाकु शिविर पुगेका थिए ।
शिविर अनुगमनपछि वर्गीकरण प्रक्रियामा अन्तिम चरणमा पुगेको बारे प्रधानमन्त्रीले कोइरालालाई जानकारी गराएको बुझिएको छ । त्यस्तै समायोजनमा जाने लडाकुको संख्या बढेको बारेपनि दुई नेताबीच कुराकानी भएको छ । दलहरुबीच ६ हजार ५ सय लडाकुलाई सुरक्षा निकायमा समायोजन गर्ने सहमति भएपनि वर्गीकरणपछि समायोजनमा जाने लडाकुको संख्या बढी देखिएको छ । माओवादीले समायोजन संख्या ९ हजार पु¥याउने विषयमा दलहरुसंग छलफल थाल्ने बताएको छ । कोइरालाले कब्जा जग्गा फिर्ताका विषयमा भएको प्रगति र त्यसमा जारी व्यावधान बारे पनि चासो राखेको बताईएको छ ।

No comments:

Post a Comment