Total Pageviews

Wednesday, November 30, 2011

0

राई बल्ल अतिरिक्तमा

काठमाडौं,  सरकारले विवादास्पद सहसचिव गणेश राईलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कारबाहीस्वरुप अतिरिक्त समूहमा सार्ने निर्णय गरेको जानकारी एक मन्त्रीले दिए ।
प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो निर्देशनसमेत नमानी बदमासी गरेको भन्दै मन्त्रिपरिषदको तीन साताअघि बसेको बैठकबाट काठमाडौं महानगरका कार्यकारी अधिकृत राईलाई सामान्यको अतिरिक्त समूहमा सरुवाको निर्णय गराएका थिए ।
तर उपप्रधान एवं गृह मन्त्री विजयकुमार गच्छदारको दबाबमा मन्त्रिपरिषदको निर्णय सच्याई राईलाई गृह मन्त्रालयमा सरुवा गरिएको थियो । गृहमा सरुवा भइसकेपछि पनि उनी महानगरको कार्यकारी अधिकृतका रुपमा एक साता लामो इक्वेडर भ्रमणमा गएका थिए ।
प्रधानमन्त्री भट्टराईले एक साताअघि सार्वजनिक रुपमा ुमन्त्रिपरिषदले कारबाहीस्वरुप अतिरिक्तमा सारिएका राई कसरी गृहमा सरुवा हुन पुगे म आफैंले बुझ्न सकेको छैनु भनेपछि गृह मन्त्री गच्छदारले राईलाई आफ्नो मन्त्रालयमा प्रवेशै गर्न पनि नदिने बताएका थिए ।
प्रधानमन्त्रीकै प्रस्तावमा सोमबारको मन्त्रिपरिषद बैठकबाट राईको सरुवाको निर्णय सच्याएर अतिरिक्तमा सारिएको स्रोतले उल्लेख गरेको छ । इक्वेडरबाट फर्किसके पनि उनलाई अतिरिक्तमा सारिएको पत्र बुझाउन भने बाँकी छ

No comments:

Post a Comment