Total Pageviews

Sunday, November 20, 2011

0

संविधान निर्माणका लागी अभियान

धनकुटा / नेपाली काग्रेस धनकुटाको आज सम्पन्न भेलाले शान्ति निर्माण नभए सम्म संविधान बन्न नसक्ने भएकाले शान्ति र संविधान निर्माण र पार्टी संगठन विस्तराका लागी गाउ गाउमा अभियान संचालन गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस धनकुटाका सभापती मनोहर नारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न भेलाले शान्ति र संविधान निर्माण र पार्टी संगठन विस्तारका लागी गाउ गाउमा कार्यक्रम संचालन गर्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख विजय सन्तोषी राईले वताउनु भयो ।
भेलाले निर्वाचन क्षेत्र नं। १ मा अस्पताल स्थापना गर्नका लागी पार्टी उपसभापती अजित नारायण िसंह थापाको संयोजकत्वमा प्राविधिक शिक्षालय स्थापनाका लागी क्षेत्रिय सभापती गोविन्द्र कार्कीको संयोजकत्वमा र जिल्ला सदस्य दुर्गा सुवेदीको संयोजकतवमा शान्ति पार्क निर्माण संभाव्यता अध्ययन समिति गठनगरिएको समेत पार्टी प्रचार विभाग प्रमुख विजय सन्तोषी राईले जानकारी दिनु भयो ।
भेलामा पार्टी सभापती मनोहर नारायण श्रेष्ठले शान्ति र संविधान निर्माणजिल्लाको विकास निर्माण लगायत समसामयिक विषयमा पार्टीको धारणा राख्नु भएको थियो भने पार्टी सचिव नविन किशोर शाक्यले पार्टीको सागठानिक स्थिति प्रस्तुत गर्नु भएको थियो ।
नॆपाली कांग्रेसका उपसभापती अजित नारायण िसंह थापाकोषाध्यक्ष विकास प्रधानमहासमिति सदस्य आनन्द सन्तोषी राईक्षेत्रिय सभापती गोविन्द कार्की लगायत जिल्ला कार्य समितिका सदस्यमहाधिवेशन प्रतिनिधिहरुभात्तृ तथा शुबेच्छुक संस्थाका प्रतिनिधिहरुले आ आफ्नो धारणा राख्नु भएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

No comments:

Post a Comment