Total Pageviews

Wednesday, November 2, 2011

0

फोटो परिवर्तन गरिएको राहदानी बाकेर कुवेत

गरीब नेपाली युवाहरूको टाउको बेचेर खान पल्किएका मानवतस्करहरूको गिरोहले एकपछि अर्को नयाँ–नयाँ बाटो अपनाउँदै खाडी मुलुकमा अवैधरूपमा मानव ओसारपसार जारी राखेका छन् । मुलुकमा रहेका यस्ता गिरोहहरूलाई राज्यले निगरानी राखेपछि उनीहरू अहिले भारतको नयाँ दिल्लीलाई केन्द्रबिन्दु बनाएर निर्वाध रूपमा आफ्नो गोरखधन्दा गरिरहेका छन् । नेपालबाट लखेटिएका यस्ता गिरोह पछिल्लो समयमा भारतमा बसेर निकै सक्रिय रहेको पाइएको छ ।
भारतबाट नक्कली राहदानीमा कुवेत जान लागेका एक युवक दूतावासबाट फर्काइएको हप्ता दिन बित्न नपाउँदै भारत हुँदै अवैधरूपमा खाडी जान लागेकी अर्की एक १५ वर्षीया किशोरी पक्राउ परेपछि यस्तो खुलासा भएको हो । फोटो परिवर्तन गरिएको राहदानी बाकेर कुवेत जान लागेकी झापा ज्यामिरगडी–२की सुकुन राईलाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेपिछि नक्कली राहदानीमा विदेश पठाउने काममा ठूलै समूह लागेको अनुमान अधिकारीहरूले गरेका छन् ।
राईलाई कुवेत पठाउने गिरोहले भारतको नयाँ दिल्ली लगि उनकै दिदी २७ बर्षीया इन्द्रकुमारी राईको ४३६२३७१ नम्बरको राहदानीमा फोटो फेरेको अनुसन्धानबाट खुलेको जनाइएको छ । उनलाई फोटो परिर्वतन गरिएको सक्कल राहदानी र नेपाली नागरिकता सहित पक्राउ गरेको जानकारी प्राप्त भएको छ । उक्त गिरोहले किशोरीहरूलाई नयाँ दिल्ली लगि फर्जी रहदानीबाट खाडी मुलुकका विभिन्न देशमा लैजाँदै आएको रहस्य खुलेको छ । १ लाख रुपैयाँभँदा बढी रकम लिएर पठाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
उता, काठमाडौंबाट नेपालगञ्ज जाने बुद्ध एयरमा शनिबार लेबनान जान लागेका ४ युवती भेटिएपछि अवैध रूपमा लेबनान पठाउने गिरोहको अर्को रूट पत्ता लागेको छ । ती युवतीहरूलाई दलालले नेपालगन्जबाट लखनउँ हुँदै लेबनान लैजान लागेको सोधपुछको क्रममा बताएका छन् । नेपालको विमानस्थलमा कडाई भएपछि मानवतस्कर गिरोहले भारत हुँदै लेबनान लैजाने गरेको पाइएको छ । यस घटनामा संलग्नहरूलाई पनि प्रहरीले पक्राउ गरिकोको छ ।
यसैबीच, एमआरपी लिन सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै चर्को आवाज उठेपछि परराष्ट्र मन्त्रालयले मंसिर महिनादेखि मुलुकका सबै जिन्लाका प्रशासन कार्यालयबाट एमआरपीको सेवा सुरु गर्ने भएको छ । हाल ४१ जिल्लामा सीमित रहेको एमआरपी सेवालाई विस्तार गर्न जिल्लाहरूमा तालिम जारी रहेको मन्त्रालयका अधिकारीले बताएका छन् । जिल्लास्थित प्रशासन कार्यालयमा फर्म भरेर बुझाएपछि जिल्लाबाटै डेढ महिनाभित्रमा एमआरपी पाउन सकिने सुविधा सर्वसाधारणले पाउनेछन् ।www.khadisandesh.com

No comments:

Post a Comment