Total Pageviews

Saturday, November 12, 2011

0

अमेरीकाका स्वास्थ्यकर्मीहरुको टोलीलाई भव्य बिदाई

धनकुटामा ११ दिन सम्म वृहत शल्यकि्रया स्वास्थ्य शिविरमा सफलता साथ शल्यकि्रया गर्नु भएका अलोहा मेडिकल मिसन हवाई अमेरिकाका स्वास्थ्यकर्मीहरुलाई आज धनकुटामा जिल्लावासीको तर्फबाट भव्य रुपमा विदाई गरिएको छ ।
गरिव तथा असाहय र पहुज नभएकाहरुका लागी धनकुटा अस्पतालमा शल्यकि्रया गर्न आउनु भएका अलोहा मेडिकल मिसन हवाई अमेरीका स्वास्थ्य कर्मीहरुलाई धनकुटा अस्पतालको परिषदमा टोपीढाका कपडाका सल तथा अन्य ढाकाका कपडा तथा कासका कपहरु उपहाहरु दिनुका साथै फुल माला समेत लगाई लिई भव्य रुपमा जिल्लावासीहरुको तर्फबाट बिदाई गरिएको प्रचार प्रसार समितिका संयोजक विजय सन्तोषी राईले वताउनु भयो ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी कुमार श्रेष्ठ शिविर आयोजक समितिका संयोजक रोशेष श्रेष्ठश्रीमेहर गणका गणपती झमानिसंह थापाजिल्ला प्रहरी कार्याय धनकुटाका डि एस पी शरद कुमार तामाङ्गसशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्मका गुल्मपती नरेन्द्र सेन आर्थिक समितिका संयोजक मनोहर नारायण श्रेष्ठ स्वागत समितिका संयोजक नारायण जोशीधनकुटा अस्पतालका प्रमुख डा। नारायण ओझा लगायत आयोजक समितिका सदस्यहरु तथा जिल्लावासीहरुले स्वास्थ्यकर्मीहरुको टोलीलाई बिदाई गनु भएको थियो ।
वृहत निशुल्क शल्यकि्रया स्वास्थ्य शिविरका लागी ओलवा हवाई मिसन अमेरीकाबाट टिम लिडर डा। वाड्ली वाङ्गसहायक टिम लिडर डा।विकास गुप्ताको टोली सहित अमेरीका र काठमाण्डौबाट समेत गरी जम्मा ३६ जनाको स्वास्थ्यकमीहरुको टोली धनकुटा आएको शिविर आयोजक समितिका सदस्य सचिव पुरेन्द्रलाल श्रेष्ठले वताउनु भयो ।

No comments:

Post a Comment