Total Pageviews

Wednesday, November 2, 2011

0

चार राजनीतिक पार्टीबीच हिजो भएको ऐतिहासिक सहमतिको स्वागत

माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिको आज बसेको बैठकले चार राजनीतिक पार्टीबीच हिजो भएको ऐतिहासिक सहमतिको स्वागत गरेको छ ।
समितिका अध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईको अध्यक्षतामा नयाँ बानेश्वरस्थित समितिको सचिवालयमा बसेको सो बैठकले पुनःस्थापना र समायोजनसम्बन्धी कार्यलाई अविलम्ब अगाडि बढाउने र उक्त कार्यका लागि जनशक्तिसहितको दुईदिनभित्र कार्यतालिका बनाउन सचिवालयलाई निर्देशन दिने निर्णय पनि ग¥यो ।
बैठकपश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै समितिका सदस्य वर्षमान पुनले समायोजन र पुनःस्थापना गर्ने कार्य गर्न २३ दिन बाँकी रहेकाले आगामी मङ्सिर ७ गतेसम्मको कार्यतालिका बनाई उक्त कार्य गर्ने सहमति भएको बताउनुभयो ।
यसैगरी समितिका अर्का सदस्य डा मीनेन्द्र रिजालले मङ्सिर ७ गतेसम्मको समयबद्ध कार्यतालिका बनाई समायोजन र पुनःस्थापना गर्ने कार्यलाई अघि बढाइने बताउनुभयो ।

No comments:

Post a Comment