Total Pageviews

Wednesday, November 2, 2011

0

थासाङ स्पोर्टस् अध्यक्षमा शेरचन

थासाङ स्पोर्टस् अध्यक्षमा शेरचन

काठमाडौं कात्तिक ५ गते ।

थासाङ स्पोर्टस् क्लबको पहिलो साधारणसभाले गुप्त शेरचनको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

कृष्ण शेरचनले सह-अध्यक्ष तथा मनप्रसाद गौचनले सचिवको जिम्मेवारी पाए । सदस्यहरुमा गोपाल भट्टचन सम्राट गौचन रामप्रसाद गौचन तथा बिना तुलाचन छन् ।

कार्यसमिति ११ सदस्यीय रहने प्रावधान छ । अब कोषाध्यक्ष सह-सचिव र दुई सदस्यको मनोनयन पश्चात कार्यसमितिले पूर्णता पाउने छ । मनोनयन सोमबार गरिने क्लबले जनाएको छ ।



ग्यालेक्सी खुला टेटे माघमा

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधान तथा काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा सातौं ग्यालेक्सी खुला विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिता माघमा हुने भएको छ ।

आयोजक जिल्ला संघका अध्यक्ष धर्ममान वज्राचार्यको अध्यक्षतामा शनिबार लैनचौरमा बसेको बैठकले प्रतियोगिता माघमा गर्ने निर्णय गरेको आयोजक संघका सचिव सुशील पौडेलले जानकारी दिए ।

प्रतियोगिता २०५२ साल पछि पहिलो पटक हुन लागेको सचिव पौडेलले बताए । ग्यालेक्सी पब्लिक स्कुलको प्रायोजनमा हुने प्रतियोगिताको मिति भने तोकिएको छैन ।



विकास र हीराकाजीलाई तीन अंक

चक्रतीर्थ कप फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा भक्तपुरका विकास कुलुजु र हिमालयन चेस क्लबका हीराकाजी महर्जनले शनिबार समान ३-३ अंक बनाएका छन् ।

उनीहरुसंगै ३ अंक बटुल्नेमा मच्छिन्द्रका शूरवीर लामा हिमालयनका बद्रीलाल नेपाली हेटौंडाका कृष्ण थापा ध्रुव तारा क्लबका निरज निरौला पाटनका भवानी लिम्बू तथा ललितपुरका रविन्द्र शाक्यले रहेका छन् ।

बरोजगार युवा समूहद्वारा आयोजित प्रतियोगिताको तेश्रो चरणमा विकासले मखन चेस क्लबका सुरेन्द्र श्रेष्ठ हीराले काभ्रेका मदनकृष्ण कायश्थ शूरवीरले संकटाका नवीन तण्डुकार बद्रीले झापाका राजु सुवेदी कृष्णले काठमाडौंका लवकुमार श्रेष्ठ तथा निरजले काठमाडौंका उपेन्द्र कर्माचार्यलाई हराए ।

चौभारमा भएको प्रतियोगिताको अन्य तेश्रो चरणका खेलमा भवानीले हिमालयनका प्रेमकृष्ण महर्जन तथा रविन्द्रले झापाका ईश्वरकुमार थापालाई निराश तुल्याए ।

त्यस्तै महेन्द्र चेस क्लबका श्यामसुन्दर श्रेष्ठ र मखनका राजेन्द्र श्रेष्ठ तथा ललितपुरका विपिन अमात्य र काठमाडौंका राजन पुरीले बराबरीमा खेल टुंगाए । उनीहरुको समान २।५-२।५ अंक छ ।

नोट ः चौथो चरणका खेल बिहान ९ः०० बजे र पाँचौं चरणका खेल अपरान्ह १ः०० बजेदखि हुनेछ



मनाङ मस्र्याङ्दीका वङगेल शीर्ष स्थानमा उक्लिए

लक्ष्मी हुन्डाइ मनाङ मस्र्याङ्दी क्लबका वङगेल गुरुङले शनिबार अन्तिम समयमा लगातार डबल शर प्रहार गरेर तीन अंक बनाएपछि काठमाडौंमा जारी खुला धनुषवाण प्रतियोगिताको शीर्षस्थानमा उक्लिएका छन् ।

उनले उत्कृष्ट खेल प्रर्दशन गर्दै तेस्रो दिनको उत्कृष्ट धनुर्धरको उपाधि पनि हात पारे । उत्कृष्ट धनुर्धर भएवापत उनलाई २६ हजार दुई सय रुपैयाँ नगद आयोजकका अध्यक्ष खगेन्द्र भट्टचनले हस्तान्तरण गरे ।

दोस्रो दिन नेपाल छन्त्याल संघका गोविन्द छन्त्याल ६ अंकका साथ शीर्ष स्थानमा रहेका थिए भने वङगेलको दुई अंक मात्र थियो । तेस्रो दिन थप ६ अंक जोडेपछि वङगेलले गोविन्दलाई पछि पार्दै आफूलाई शीर्ष स्थानमा उभ्याउन सफल भएका हुन् । उनले डबल शर निसानमा लगाउदै एकैपटक तीन अंक थपेका थिए । वङगेलको कूल ८ अंक भएको छ ।

गोविन्द भने पुरानो लयलाई कायम राख्न नसक्दा एक अंक मात्र जोडेर सात अंकका साथ दोस्रो स्थानमा झरे ।

समान ४-४ अंकसहित तीन खेलाडी तेस्रो स्थानमा रहेका छन् । मार्फा मिलिजुली क्लबका चित्रलाल हिराचन तेस्रो दिन तीन अंक बनाएर कूल चार अंक पुर्याए । त्यसैगरी नेपाल छन्त्याल संघका दीपक छन्त्यालले दुई अंक थपे भने मुस्ताङ बाह्रगाउँका उर्गेन गुरुङले पनि एक अंक जोड्दै चार अंक बनाए ।

आयोजक नेपाल-जापान सम्पर्क समितिको आयोजनामा बालाजुको विनायक बस्तीस्थित थकाली सेवा समितिमा भएको खेलमा तीन अंक सहित म्याग्दी मगर समाजका तिलकमान पुन थासाङ स्पोर्टस् कलबका देवेन्द्र भट्टचन लालेन्द्र गौचन र रामप्रसाद गौचन आयोजक नेपाल-जापान सम्पर्क समितिका महेन्द्र तुलाचन र म्याग्दी मगर समाजका कुमार पाइजाले तीन-तीन अंक जोड्ेका छन् ।

No comments:

Post a Comment