Total Pageviews

Saturday, November 26, 2011

0

झिगाँ नदेख्ने ब्यासीका बुढा बिद्यार्थी


बुढ्यौलीमा टाढाको बस्तु देखिने र नजिकको बस्तु नदेखिने समस्या हुने गर्दछ । यस किसिमको समस्या ब्यासीको एभेरेष्ट स्कुलमा पढ्ने बिद्यार्थीलाई पनि देखिएको
छ ।
ब्यबहारीक अध्ययनको लागि कक्षा नौमा पढाइने हुने मौरी बिषयको जानकारी लिन उनीहरु २६ किमी टाढाको गोदावारी स्थित मौरी बिकास शाखा पुगे । कक्षा नौका डेढ सय बिद्यार्थी त्यहाँ पगुका थिए । तर उनीहरुको स्कुल नजिकै सडकमा दिनदिनै फालिने फोहर बस्तु फाल्न नदिने तर्पु ध्यान दिएका छैनन् । यसरी टाढाको मौरी देख्ने तर नजिकैको रोग सार्ने झिगाँ हुर्कने फोहर बस्तु नदेख्ने एभरेष्ट स्कुलका बिद्यार्थीहरुलाई बैसमा बुढ्यौलीको समस्या देखिएको हो ।
बिश्वबिद्यालय बनाउन चाइनिज सहायता
नेमकिपाले मेडिकल कलेज बनाउन प्रस्ताब गरेको जग्गाका संरक्षकले बिश्वबिद्यालय बनाउने इच्छा देखाएको छैन । जनमत र बिदेशी सहयोग पाउनको लागि अहिले अभियान चलेको छ । गत हप्ता नेमकिपा कार्यकर्ता राजेन्द्र चवालको अग्रसरतामा चिनिया बिश्वबिद्यालयका प्राज्ञ भक्तपुर आएका छन् । बिश्वबिद्यालयका निमार्णको लागि पहल र सहायता माग्ने बिषयमा छलफल चाइनिजहरु यहाँ आएका हुन ।
बिश्वबिद्यालय बनाउन भनी हस्ताक्षर संकलन गरिएको छ । नेमकिपाको चोर्चाको क्यान्टीनमा हस्ताक्षर पुस्तिका राखिएको थियो । रातभर मल पाउने लाइनमा बसेका हरुलाई समेत हस्ताक्षर गराइएको थियो । सहज रुपमा मल आपुर्ति गराउनको लागि भनेर झुक्याएर उनीहरुलाई हस्ताक्षर गराइएको हो । बिश्वबिद्यालय आबश्यक भइकन पनि आम नागरीकलाई यसको महत्व बुझाउनु भन्दा बिदेशी सहायता माग्ने र झुक्याएर हस्ताक्षर संकलन गर्ने कार्य गर्नु लाजमर्दो बिषय बन्न पुगेको छ ।

No comments:

Post a Comment