Total Pageviews

Monday, November 14, 2011

0

विश्व मधुमेह दिवसका अवसरमा कार्यक्रम

विश्व मधुमेह दिवसको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल मधुमेही समाजको संयुक्त आयोजनामा आज महासंघ सचिवालयमा निःशुल्क स्वास्थ्य परिक्षण एवं अन्तरकि्रया कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै स्वास्थ्य मन्त्री राजेन्द्र महतोले सरकारको ध्यान मधुमेह रोगी समेतलाई समेट्दै छिट्टै स्वास्थ्य नीति ल्याउने योजना सरकारको रहेको स्पष्ट पार्नुभयो । मन्त्री महतोले विद्यालय तहको पाठ्यक्रममा स्वास्थ्य नीतिका विषयहरुलाई समेत समेट्ने जानकारी समेत गराउनु भयो । मधुमेह उच्च रक्त चाप जस्ता रोगीहरुको संख्या दिनानुदिन बढी रहेको तर्फ सरकार गम्भीर रहेको र यसले मुलुकको आर्थिक विकासमा समेत अवरोध पुर् याएको बताउंदै यस्ता रोग विरुद्ध लड्न उद्यमी व्यवसायीहरुलाई आव्हान समेत गर्नुभयो ।
महासंघका कार्यवाहक। अध्यक्ष भाष्करराज राजकर्णिकारले सामाजिक सेवाप्रति पनि उद्यमी व्यवसायीहरु ससुचित भएकाले महासंघले यस प्रकारको कार्यक्रमको आयोजना गरेको उल्लेख गर्दै मुलुकको सम्पूर्ण विकास प्रकि्रयामा अवरोध पुर् याउने दीर्घकालिन रोगहरुबाट जनतालाई बचाउन सरकारले विशेष नीति अख्तियार गर्नुपर्ने सुझाव िदंदै निजी क्षेत्रले सरकारलाई आवश्यक सहयोग गर्ने विश्वास दिलाउनु भयो ।
कार्यक्रममा महासंघको सामाजिक सेवा फोरमका संयोजक नन्द किशोर श्रेष्ठ नेपाल मधुमेह समाजका कार्यवाहक अध्यक्ष रजनीनाथ प्याकुरेल महासचिब शिव श्रेष्ठ डा। मृगेन्द्रराज पाण्डे डा। ज्योती भट्टराई डा। भरत बहादुर अमात्य गणेशराज िसंह लगायतले कार्यपत्र प्रस्तुती सहित आ-आफनो धारणा राख्नु भएको थियो ।
साथै सोही अवसरमा करिव १ सय जनाको मधुमेह उच्च रक्त चाप नसाको निःशुल्क परिक्षण गरिएको थियो ।

No comments:

Post a Comment