Total Pageviews

Wednesday, November 16, 2011

0

कि्रश्चियनका नाममा सुब्बाको लुट


काठमाडौं । नॆपालमा बिभिन्न धर्म गुरुहरुले आफ्नो गति छाड्दा धर्मकै बद्नाम हुँदै आएको छ । कतिपय धर्म गुरुले धर्मको प्रचारका नाममा आफ्नो भुँडी भर्ने काम गरेका छन भने कतिपयले त बिभिन्न प्रकारका अनैतिक सम्बन्ध राजनीतिक प्रशासनको दुरुपयोग गर्ने गरेको पाईएको छ । पछिल्लो पटक कि्रश्चियन धर्मका धर्मगुरु ओमप्रकाश सुब्बाले त लुटै मच्चाएका छन । कहिले एक युवतीसँग अनैतिक सम्बन्धका कारण चर्चामा आएका थिए भने कहिले आफुले प्रयोग गर्दै आएको नागरिकताका कारण उनी चर्चामा आएका थिए तर यतिबेला भने उनले बिभिन्न देशहरुबाट धर्म प्रचारका नाममा डलर भित्र्याएर एकलौटी रकम जोडेपछि थप विवादमा परेका हुन । नेपालजस्तो गरीब मुलुकमा नेपालीहरुको टाउका गनेर धर्मलाई प्रचार गर्ने भन्दै ठूलो रकम भित्र्याएपनि प्राय रकम आफ्नो मोज मस्ती आलिसान गाडी महलमा प्रयोग गर्ने गरेको पाईएको छ । निजी स्वार्थमा प्रयोग गरिएको डलरले गगनचुम्बी महल बाहेक बिदेशमा छोरी पढाउने र बिभिन्न युवतीहरुलाई सम्पत्ति जोडिदिने गरेका छन । दार्जिलिङबाट आएका प्रवासी मुलका ओम प्रकाश सुब्बा लाजुङबाट लिएको नक्कली नागरिकता र नेपाली केटीसँग सम्बन्धका आधारमा गरिएको बैवाहिक नाटकलाई देखेर कि्रश्चियन समुदायभित्र जिब्रो टोक्नेहरु हजारौंको संख्यामा छन । आफुलाई ठूलो कि्रश्चियन गुरु भन्दै बिदेशी डलरमा नेशनल चर्चेज फिलोसेफ नेपाल संस्थामा हाकिम बनेर बसेका छन भने क्याम्पस क्रुसेट फर क्राईस्टका राष्ट्रिय निर्देशक समेत रहेका यी सुब्बाले बिदेशबाट समाजसेवा कि्रश्चियन धर्म प्रचार भन्दै अथाह डलर भित्र्याएका छन । यस्ता कि्रश्चियन धर्म गुरुमाथि नेपाल सरकारले समयमै ध्यान दिनुपर्ने देखिन्छ । कि्रश्चियनहरुबीच नै द्धन्द्ध श्रृजना गर्न खोज्ने द्धैध चरित्र भएका
सुब्बा जस्तालाई समयमै कानूनी
दायरामा नल्याउने हो भने बिकराल स्थिती नआउला भन्न सकिदैन । सेवा र प्रचार भन्दै डलर भित्र्याउँदै निकटकालाई र मोजमस्तीमा प्रयोग गरी ब्यक्तिगत भोग विलास गर्ने जस्ता अपराधिक चरित्रका ब्यक्तिहरुमाथि समयमै गहिरो निगरानी
राख्न जरुरी छ ।
मधेशी मन्त्रीका काहानी
काठमाडौं । डन मुलतःआपराधिक शव्दको रुपमा मानिन्छ त्यसमा पनि गुण्डागर्दी प्रसगँमा कुने पनि कुरा लेखिरहेको बेला यो शव्दको सवैभन्दा बढीमा प्रयोय हुने गरिएका हुन्छन तर हिजो आज भने कुनै पनि क्षेत्रमा यो डन शव्द प्रयोग भईरहेको छ सुन्दा तपाईलाई अच्ाम्म लाग्न सकिन्छ तर अचम्म नमान्नुस्
राजनीतिक डनहरुको नालीबेलाको खुलासा गर्ने प्रयास थालेको छ ।नेपाल सरकारको दोस्रो शक्तिका रुपमा मानिने गृह मन्त्रालय यतिबेला बिजयकुमार गच्छेदारले हाकिरहेका छन उनले आफुलाई डनका्रुपमा चिनाएका छन । गच्छेदारको तानाशाहीका कारण गृह मन्त्रालय अन्र्तगत कैंयौ कर्मचारी रुष्ट बन्न पुगेका छन । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छेदारको यो तानाशाही प्रवृती नेपालीको हितमा छैन । बरु दाँया बाँयाबाट आउने आम्दानीका आधारमा मच्चाईरहेका छन । भाषणमा जतिसुकै भष्ट्राचार न्युन गर्ने बताए पनि गृह मन्त्रालयमा केही परिर्बतन आएको छैन । मधेशी मन्त्रीहरुले नेतृत्व गरेको मन्त्रालयहरु मध्ये सबैभन्दा बढी भष्ट्राचार गृह मन्त्रालयमा नै भइरहेको छ । गत हप्ता मात्र गृहमन्त्री गच्छेदारको बिशेष आदेशमा दुई सय भन्दा बढि लाई बिशेष सुराकीको रुपमा नियुक्त गरेका छन । उनीहरुले काम गरेर तलब पाउलान वा घुमेरै त्यो भने भोलीको कुरा हो तर दाँया बाँयाबाट आउने आम्दानीकै आधारमा यति ठूलो संख्यामा गच्छेदारले घुमुवा प्रहरी नियुक्त गरेका हुन । त्यसै गरि तमलोपाबाट भौतिक योजना तथा निमार्ण मन्त्रालयको चाँबी सम्हालेका अर्का डनमन्त्री हृदयेश त्रिपाठी पनि मन्त्रालयमा गच्छेदारकै लाईन समातेका छन । दाम र नामका कारण यतिबेला भौतिक मन्त्रालयमा सिधा सपोट रहेका कर्मचारीहरु तनावमा काम गरिरहेका छन । त्यसो त कर्मचारीहरु पनि के कम उनीहरुपनि भ्रष्ट्राचार गर्दै मन्त्रीलाइ सघाएका छन । मन्त्री त्रिपाठीको थप भ्रष्टाचार नीति आएपछि खुसी हुनुपर्ने कर्मचारीहरु तनावपुर्वक काम कार्य गर्दै आएका छन । मन्त्री त्रिपाठीले करौडो लेनदेनका आधारमा बिभिन्न निमार्णमुलक कार्यहरु गर्न गराउन थालेपछि उक्त मन्त्रालयका कर्मचारी हरु मात्र होईन त्रिपाठीका पाटीभित्र रहेका नेता कार्यकर्ता समेत अचम्ममा पर्दै रुष्ट हुन थालेका छन । हरेक निमार्ण कार्यमा कमिशन लिएर मात्र काम गर्ने मन्त्री त्रिपाठीको रवैयाका कारण तमलोपा मा समेत तल्लो स्तरका नेता कार्यकर्ताहरु रुष्ट बन्न पुगेका छन । यता तमलोपा नेपालका अध्यक्ष महेन्द्र राय यादवको कुरा गर्ने हो भने उनको पारा भने बेग्लै रहेको छ । यादव त सिधै सचिव लगायत शाखा अधिकृत सम्मलाई तोकेरै यति लाख आए मात्र यो फाईल अघि बढाउनु आदेश दिने गरेका हुन्छन । ुम बाँकी केही बुझ्दिन पार्टी कामका लागि यति लाख चाहिएको छ । आएमात्र यो फाइल अगाडि बढाउनुस नभए तपाई बुझ्नुस् ।ु यस्तै शब्दमा मन्त्री यादवले निर्देशन दिने गरेको एक कर्मचारीले नाम नबताउने शर्तमा बताए । यता पुराना कांग्रेसवादी नेता तथा अहिले पनि कांग्रेसी नेता देखिने अनि मधेशी भन्न लाज लाग्ने सुचना तथा साचारमन्त्रीको कुरा गर्ने हो भने तपाईलाई पनि लाज लाग्न जाने छ । सामान्यकुनै निकायमा सदस्य पदमा नियुक्ति पाउन पनि मुख खोली हाल्ने र पार्टीलाई सहयोग नगरे म कसरी नियुक्ती गराउनु । यसरी सिधै भनिहाल्ने पाराका सुचना तथा साचारमन्त्री जयप्रकाश प्रसाद गुप्ता यतिबेला िसंहदरबारमा प्रसिद्ध बन्न पुगेका छन । गुप्ता नेतृत्व मन्त्रालय अन्र्तगत पर्ने बिभिन्न निकायहरु लगायत रेडियो तथा टेलिभिजन लाईसेन्स प्रकि्रयामा समेत सिधै रकम माग्ने गरेको एक स्रातले बतायो । गुप्ताकै मोलमोलाईका
कारण यतिबेला सुचना तथा साचार मन्त्रालयमा पनि आतंक नै मच्चिएको छ । मन्त्रालय भित्र रहेका अधिकृत स्तरका कर्मचारीहरु मन्त्री गुप्तासँग रुष्ट बन्दै अन्यत्र मन्त्रालयमा काजमा जान चाँजोपाँजो समेत मिलाएको बुझिएको छ उता सरिता गिरीको कुरा गर्ने हो भने उनी नियुक्त भएको दोस्रो दिन नै श्रम मन्त्रालयका बिभागीय प्रमुखहरुलाई बोलाएर भ्रष्टाचारमा कुनै पनि सम्झौता नगर्ने बताएतापनि राजनिितक नियुक्तिका आधारमा प्रमुख रहेकाहरुलाई पुन म्याद थप गर्न लाखौं रकमको माग गर्दै पुनः म्याद थप पक्षमा छिन यति लाख पार्टी चलाउन दिनुस् नभए म बिकल्प रोज्छु सिधै भन्न थालेकी छिन । एक स्रोतका अनुसार मन्त्रालय आए लगत्तै कानून सानुन म बुझ्दिन मैले सिफारिस गरेको काम हुनुपर्छ यदि भएन भने म कडा कदम चाल्नेछु । मन्त्री गिरीलाई उद्धृत गर्दै श्रम मन्त्रालयका एक उपसचिबले बताए ।

No comments:

Post a Comment