Total Pageviews

Wednesday, November 30, 2011

0

क्लब अफ पोखरा माछापुच्छे्र द्वारा शैक्षिक सामाग्री बितरण

कास्कीको अर्मला गाविस वडान ं ५ ओख्लेमा रहेको तारा ज्योती भवन प्राथामिक विद्यालयका विद्यार्थीहरु लाई आज लायन्स क्लब अफ पोखरा माछापुच्छे्रले शैक्षिक सामाग्री बितरण गरेको छ ज्योती भवन विद्यालयमा रहेका ३७ जना विद्यार्थी लाई आज झोला कापि कलम र बिद्यालय लाई शैशिक तथा खेल कुदका सामग्री हस्तान्त्ररण गरीएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जोन चियर पस्रन एम जे एफ लायन दिनबन्दु पौडेलले २०१७ सालमा स्थापना भएको विद्यालयमा बर्षेनी विद्यार्थीको सख्या घट्दै जानु दुखद भएको बताउनु भयो ।कार्यक्रमका विशेष अतिथि लायन छविलाल सर्माले लायन्स क्लब अफ पोखरा माछापुच्छलॆ्र विभिन्न ठाँउमा कार्यक्रम गर्दे आएको बताउदै माछापुच्र्छे्रको कार्यक्रम बाट आफु प्रभावित भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै डेपुटी क्याबीनेट सेक्रटरी लायन रामचन्द्र पोख्ररेलले विश्वको सवै भन्दा ठुलो सामाजीक संस्था लायन्स क्बल रहेकेा जानकारी दिदै हुनेहरुले नहुने हरु लाई सहयोग गर्ने उद्देश्यले लायन्स क्लबको स्थापना भएको बताउनु भयो ।क्लबका चार्टर प्रेसीडेन्ट दिपेन्द्र शर्माले शैक्षिक सामाग्री प्राप्त गरे पछि विद्यार्थीमा नयाँ उर्जा थपिने बताउनु भयो क्लबका अध्यक्ष शिब बरालले विद्यार्थीहरुमा उत्प्रेणा थप्न आफुहरुले बर्षेनी विभिन्न विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गर्दे आउको बताउनु भयो ।

कार्यक्रम संयोजक राजु बैधले आफुहरुले झण्डै ३० हजार मुल्य बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको जानकारी दिनु भयो ।

विद्यालयका प्रधानध्यापक भुवन गोपाल अधिकारीले अहिले विद्यालयमा ६ जना शिक्षक शिक्षिका रहेको कक्षा ५ सम्म पढाइ हुने विधालयमा कक्षा २ मा दुई जना विद्यार्थी र अन्य कक्षामा गरी ३७ जना विद्यार्थी अध्यनरत रहेको जानकारी दिनु भयो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष क्यापटेन सोम बहादुर गुरुङले शहरमा रहेका कलब आफ्नो गाँउमा पुगेर शैक्षिक सामाग्री वितरण गरेकेामा खुशि ब्यक्त गर्दे क्लब लाई धन्यबाद दिनु भएको थियो ।

कार्यक्रम क्लबका सचिव लायन विष्णु बास्तोलाले गर्नु भएको थियो ।

यस्तै विद्यार्थी विच आजै भएको चित्रकला प्रतियोगीतामा कक्षा ५ की कविता गुरुङ प्रथमकक्षा ४का विबेक विक द्धितृत्य र कक्षा ५की भगबति रिमालले तितृत्य स्थान हासील गरेका छन् ।


No comments:

Post a Comment