Total Pageviews

Monday, November 28, 2011

0

दोश्रो ललितपुर नगरव्यापी मोँ पुचः रनिङ्ग कप

दोश्रो ललितपुर नगरव्यापी मोँ पुचः रनिङ्ग कप

दौड प्रतियोगिता सम्पन्नूनसर्ने रोग विरुद्ध जनचेतनाको अभियानू भन्ने मूल नाराका साथ मिति २०६७ मंसिर १० गते शनिवारका दिन ललितपुर ७ वडा स्वास्थ्य कार्यान्वयन समितिको आयोजनामा रिय काठमाडौं म्याराथन २०१२ र नेपाल एमेच्योर एथलेटिक्स संघद्वारा प्रोत्साहित ूदोश्रो ललितपुर नगरब्यापी मांपुचः रनिङ्ग कपू ३ कि।मि। दौड प्रतियोगिता ललितपुर वालकुमारी वाट सुरु भै वालकुमारी मै सम्पन्न भयो ।
उक्त दौड प्रतियोगितामा चोछेँ न्हूजः मांपुचःका विना महर्जनले १२।१७।७ मिनेटमा पूरा गरी प्रथम लुँखुसि मां पुचःका जमुना महर्जनले १३।०३।८ मिनेटमा पूरा गरी दोश्रो र पिन्छें मांपुचःका विना महर्जनले १३।५३।६ मिनेटमा पूरा गरी तेश्रो स्थान हासिल गर्न सफल भएको छ ।प्रतियोगितामा सफल हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री दिलिप महर्जनज्यू बाट पुरस्कार वितरण गर्नुभएको थियो । उक्त दौड प्रतियोगितामा ३० देखि ५० वर्षका ८३ जना महिला सहभागि थिए ।

No comments:

Post a Comment