Total Pageviews

Wednesday, November 2, 2011

0

ककनी चिनाउन महोत्सब

चम्पादेवी ककनी चिनाउन महोत्सब

रविन राचलिका हरीत समूह भक्तपुर
नेपालका पहरा र पखेराहरु पर्यटनको दृष्टिकोणले उत्तम छन् । त्यसैले कन्दराहरुलाई बिश्व सामु चिनाउन महोत्सब हुने गरेका छन् । ओखलढुङगाको पोकली झरना चिनाउन महोत्सब गरिए पछि त्यहाँ पुर्वाधार निमार्णको कार्य भएका छन् । अहिले पोकली झरना आरोहण गर्नलाई उपकरण जडान गरिएका छन् । सोही क्षेत्रमा रहेको चम्पादवी ककनी चिनाउन यस पटक पनि महोत्सब हुने भएको छ । महोत्सब कार्तिक २० देखि छ दिन सम्म चल्नेछ ।
धार्मिक पर्यटकीय गन्तब्यको पहिचान दिन चम्पादेबी महोत्सब गरिन लागिएको हो । हरेक बर्ष त्यहाँ अबस्थित चम्पादेबी मन्दिरमा हरिबोधनी एकादशी देखि पाचमी सम्म भब्य मेला लाग्ने गर्दछ । यो मेला भर्न आउन भक्तजनहरुलाई लक्षित गरी महोत्सब गरी स्थानीय अन्य पर्यटकीय महत्व उजागर लक्ष्य आयोजकले लिएको छ ।
काठमाण्डौंबाट महोत्सब अबलोकन गर्न जानेहरुको लागि ७ दिने प्याकेजको ब्यबस्था गरिएको छ । प्याकेजमा काठमाण्डौं देखि ओखलढुङगा सम्मको बस यात्रा स्थानीय स्थलहरुको दृष्याबलोकन पोकली झरनाको छाँगा आरोहण समेत राखिएको छ । तस्बिरमा झरनामा स्नान गरिरहेका युवाहरु देखिएका छन् । थप फोटो धधध।ाबअभदययप।अयुरचबअजबष्अिब मा उपलब्ध छन् ।
काली गण्डकीमा जलयात्रा
लुम्बिनी र तनँहुको बीचमा पर्ने स्याङजाको सिरुबारी र पाचासे हिल स्टेसनको रुपमा चिनिएको छ । सोही क्षेत्र भएर बग्ने कालीगण्डकी नदीको जलयात्राको ब्यबसायिक प्रचार प्रसारको लागि तेश्रो पटक काली गण्डकी नदी महोत्सब हुने भएको छ । कार्तिक २० २१ र २२ गते तिन दिन चल्ने महोत्सबमा हुने भएको हो । महोत्सबको जलयात्रामा सहभागी हुन चाहनेले खाना सहित १ हजार रुपैया खर्च गरे पुग्छ । एक रात समेत त्यही बिताउन चाहनेहरु भने १५ सय रुपैया मात्र तिरे पुग्छ । महोत्सब सहभागी हुनेले २८ किलोमिटर जलयात्रा गर्न पाउनेछन् । अरु बेला कम्तिामा पनि २५ सय रुपैया लाग्छ ।
शुक्रबार तेखापुखु उद्घाटन हुने
भक्तपुरको तेखापोखरी स्थानीय समुदायले पुणनिर्माण गरेका छन् । होलीको दिन अबिर खेल्नेहरुको भीड हुने उक्त पोखरीको बीचमा महादेबको मुर्ति बनाइएको छ । पोखरीको पर्खालमा एक जोडी नागनागिनीको कालो मुर्ति समेत बनाइएको छ । पोखरी परिसरमा काली भगवती हनुमान र नरसिहको मुर्ति बनाइएको छ । पोखरीको मुलगेटमा दुइवटा प्रस्तरका सिह निमार्ण भएको छ । पोखरी उद्घाटन गर्न स्थानीय समुदाय जोडतोडका साथ लागेका छन् । पोखरी उद्घाटन गर्न कार्तिक १८ गते शुक्रबार दिउँसो २ बजे राष्ट्रिय स्तरका एक नेता आउने भएको छ । सोही दिन साँझ पोखरी परिसरमा दिपावली गरी साँस्कृतिक कार्यक्रम समेत प्रर्दशन हुनेछ ।
लुम्बिनीमा श्रामणेर प्रबज्या
शान्तिका प्रतिक बुद्धको जन्मथलोमा १११२ जना ब्यक्तिहरुको सामुहिक प्रबज्याको कार्यक्रम हुने भएको छ । एक साथ हजारौं युवा प्रवज्यामा सहभागी हुनुले बुद्ध शिक्षा प्रति युवाको लगाव बढेको देखिन्छ । गौतम बुद्धले प्रतिपादन गरेको ज्ञानलाई युवापुस्ता माझ पुर् याउन प्रबज्या गरिन लागिएको हो । कार्तिक २४ देखि मंसिर १२ सम्म प्रबज्यामा सहभागी युवाले काठमाण्डौंका पाँच सहर र लुम्बिनी परिक्रमा गर्नेछन् । कार्यक्रमअनुसार मंसिर २ गते लुम्बिनी परिक्रमा गराइनेछ । मंसिर ८ गते काठमाण्डौं उपत्यकाको परिक्रमा र मंसिर १० गते राष्ट्रपतिको उपस्थित टुडिँखेलमा दीप प्रज्ववलन गरिदैछ । मंसिर १२ गते सहभागनीहरु आ आफ्नो निवास फर्कनेछन् ।
पानी शुद्धीकरणको लागि लप्सीको उपयोग
रविन राचलिका हरीत समूह भक्तपुर
त्रिभुवन बिश्वबिद्यालयका रसायनशास्त्री राजाराम प्रधानाङगको संग्लगतामा लप्सी संम्बन्धी तीनवटा खोज भएका छन् । यी खोजको सारसंक्षेप काठमाण्डौंमा आयोजित रसायनशास्त्रीहरुको भेला प्रकाशित पुस्तकमा संकलन गरिएको छ ।
एक गाउँ एक उत्पादन अन्तर्गत भक्तपुरका आठ गाबिसमा ब्यबसायिक लप्सी खेती भएको सन्दर्भमा यो खोज यहाँका कृषकहरुको चासोको बिषय भएको छ । खोज अनुसार लप्सीका बियाँ च्याम्पती पानी शुद्धीकरणको लागि उपयोग गर्न सकिन्छ । प्रधानाङगको टोलीले गरेको प्रयोगबाछ लप्सी च्याम्पतीबाट निस्कने कार्बनको मद्दतबाट पानीमा हानिकारक बस्तुको रुपमा रहने आरसनिक सीसा अथवा लिड र फ्लोराइड नामका रासायनिक पदार्थ हटाउनस सकिन्छ ।
बर्तमान परिप्रेक्षमा सरकारी पाइपलाइनबात सबैको घरमा पानी आपुर्ति गर्न सकिएको छैन । यसको फलस्वरुप घरघरमा खनिएका इनारहरुको पानी शुद्धिकरणको लागि च्याम्पती प्रबिधि एक उपयोगी साधन हुने देखिएको छ ।

No comments:

Post a Comment