Total Pageviews

Wednesday, November 30, 2011

0

झण्डा झुक्न दिन्नौं : किरण

काठमाडौं । एकीकृतनेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य किरणले क्रान्तिको कहिल्यै पनि झण्डा झुक्ननदिने बताउनुभएको छ ।
जनसाचार अभियान नेपालको सभाहलमा युवाकवि शोभादुलालद्वारा रचित ुज्वालामुखी फुटेपछिु कवितासंग्रहको विमोचन गर्दै उहाँले एकताको लागि रुपान्तरण चाहेको बताउँदै सो धारणाराख्नुभएको हो ।रुपान्तरणकोप्रकि्रयाबाट एकता प्रयास गर्ने तर अगाडि बढ्न नसके क्रान्तिको झण्डा उठाउने प्रतिवद्धताब्यक्त गर्दै उहाँले देश र जनताको लागि क्रान्ति र रुपान्तरणको लागि संघर्ष गर्नेबताउनुभयो ।

उहाँले पार्टीर देश र जनता ठूलो भन्ने विषयमा एक रोज्नु पर्ने बेला देश र जनताको पक्षमाउभिने बताउनुभयो ।
उहाँलेएक्काइशांै शताब्दीको जनवादी केन्द्रीयताको अभ्यास स्वरुप जनतासँग सम्बन्धित विषयहरुजनतासँगै बहस गर्ने किसिमले अगाडि बढाएको कुरामा जोड दिँदै भन्नुभयो ुत्यस्तोबहसहरु छाडावाद र अराजकतावादबाट मुक्त हुनुपर्छ ।ु
जनमुक्तिसेनाको हतियार जग्गा विवाद र नयाँ संविधान जनतासँग प्रत्यक्ष रुपमा सम्बन्धित पार्टीकाबहसहरु भित्रै राख्ने भन्दा पनि जनतामै जानु राम्रो भएकाले जनतामाझ आएको स्पष्टपार्नुभयो ।कार्यक्रममासोही पार्टीका पोलिट्ब्युरो सदस्य विश्वभक्त दुलाल प्रा डा। जगदिशचन्द्र भण्डारी अमरगिरी नेपाली लेखक संघका अध्यक्ष डा। तुलसीप्रसाद भट्टराई ईश्वरचन्द्र ज्ञवाली माइलालामालगायतले कविको रचनाको विषयमा धारणा राख्नुभएको थियो ।

No comments:

Post a Comment