Total Pageviews

Saturday, November 26, 2011

0

भगौडा सेना-प्रहरीले आमरशण अनसनको कार्यक्रम स्थगित

द्वन्द्वकालमा जागिर छोडेर हिँडेका भगौडा सेना-प्रहरीले आमरशण अनसनको कार्यक्रम स्थगित गरेका छन् ।
आन्दोलनरत द्वन्द्वपीडित सेना-प्रहरी राष्ट्रिय सङ्घर्ष समितिले वार्ताका लागि सहज वातावरण बनाउन भन्दै अनशन स्थगन गरेको हो । उनीहरुले आफूहरुको पुनर्बहालीको माग राख्दै गत मङ्सिर ५ गतेयता काठमाडौँ जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालीन आमरण अनशन बस्दै आएका थिए । संघर्ष समितिका संयोजक सूर्यबहादुर घिमिरेले वार्ता प्रक्रिया सहज बनाउन सरकारको आग्रहमा केही दिनका लागि आमरण अनशनको कार्यक्रम फिर्ता लिने निर्णय गरेको जानकारी दिनुभयो ।

No comments:

Post a Comment