Total Pageviews

Wednesday, November 16, 2011

0

चुडामणि कोरियातिर


काठमाडौं । दक्षिण कोरियामा हुने एसिया प्यासाफिक युथ कन्प्रेुन्स को सम्मेलनका लागि नेपालका तर्फबाट चुडामणि कंडेल हिजो बेलुका कोरियातिर लागेका छन । लामो समयदेखि डेमोक्रेटिभ मोभमेन्टमा खटिरहेका कंडेल दाङ जिल्लाबासी हुन । झण्डै डेढ दर्जन जति मुलुकका युवाहरुको भेला हुने उक्त सम्मेलनमा कंडेल गएका हुन । उनले नेपाली युवाहरुको अबस्था र युवाहरुले भविष्यमा कुन बाटो अवलम्बन गर्दा युवा समुदाय सफलताको दिशामा लम्किन्छ भन्ने बिषयमा आफ्ना बिचारहरु राख्नेछन । प्राज्ञिक क्षेत्रमा समेत आफ्नो योगदान पुर् याउँदै आएका कंडेल पछिल्लो समय प्रजातन्त्रका लागि समेत कि्रयाशिल रहनुभएको छ । उनले युवाहरुकै बिषयलाई लिएर युरोप एसिया लगायत मुलुकमा आफ्ना बिचारहरु राखिसक्नुभएको छ । कंडेल नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काका निकट सहयोगीका रुपमा परिचित छन ।

No comments:

Post a Comment