Total Pageviews

Saturday, November 26, 2011

0

न्युयोर्कबाट डिसेम्बर १५ बाट औपचारिक रुपमा टेलिभिजनको प्रशारण आरम्भ गर्ने

अमेरिकाको न्युयोर्कबाट पहिलो नेपाली टेलिभिजन प्रशारणमा आउने भएको छ । ह्वाइट हिमाल इन्टरटेनमेन्ट इन्कर्पोरेशनले आगामी डिसेम्बर १५ बाट औपचारिक रुपमा टेलिभिजनको प्रशारण आरम्भ गर्ने भएको छ ।
टेलिभिजनको परिक्षण प्रशारण भने नोभेम्बर २९ बाट गरिने भएको प्रेश वक्तब्यमार्फत जानकारी दिइएको छ । प्रवासबाट नेपालीहरुकै पहलमा संचालित पहिलो २४ घण्टे नेपाली टेलिभिजनका रुपमा ह्वाइट हिमाल टेलिभिजनले प्रशारण आरम्भ गर्न लागेको हो ।
ह्वाइट हिमाल टेलिभिजनका अध्यक्ष सावित्रा खड्काले जारी गर्नुभएको वक्तब्यमा नेपाली लगानी र समर्पणमा ह्वाइट हिमाल टेलिभिजनले डिजिटल प्रविधिबाट अमेरिकाको न्युयोर्कमा अवस्थित टाइम्स स्क्वायरबाट सन् २०११ को २९ नोभेम्बर मंगलबारबाट परिक्षण प्रशारण आरम्भ गर्न लागेको जानकारी दिइएको हो ।

No comments:

Post a Comment