Total Pageviews

Wednesday, November 30, 2011

0

कोइरालाको नाममा आफु बन्ने दाहालको राजनीति

काठमाडौं÷नेपाली जनतासामु लोकपृय मानिएका आफ्नो पार्टीका उपाध्यक्ष एवं बर्तमान प्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई त्यो लोकपृयताबाट पाछाउन सफल एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो समयमा नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई पनि त्यस्तै हालतमा पुर् याउने खेलमा लागेका छन । जस अनुरुप शान्ति प्रकि्रया टुङ्गयाउने विषयमा गत कात्तिक १५ गते भएको सहमतिमा अव बन्ने सहमतिको सरकारको नेतृत्व दिने ललिपप कोइरालालाई दाहालले तेस्र्याएका छन । यो संगै दाहाल कांग्रेस सिध्याउने खेलमा लागेको स्पष्ट भएको देखिन्छ । तर कोइराला भने दाहालको रणनिति नबुझेर त्यसको पछि लागेका छन । यसको स्पष्ट प्रमाण बर्तमान सरकारले सर्वोच्च अदालतले सर्वच्व सहित जन्म कैद सुनाएका माओवादी सभासद बालकृष्ण ढुङ्गेललाई मन्त्रीपरिषदले निर्णय गरेर
राष्ट्रपतिलाई सजाय मिनाह गर्न पठाउने हत्याको आरोप लागेका सभासद सुर्यकुमार दोङलाई उर्जा राज्य मन्त्री वनाउने कार्यले स्पष्ट भएको छ ।
कांग्रेस सभापति कोइरालालाई अव बन्ने सहमतिको सरकारको नेतृत्व तपाईले गर्ने हो भनेपछि कोइराला मख्ख परेर त्यसको विरोध गर्दैनन भनेर दाहालले बाबुरामलाई गोटी बनाएर यी मुद्दालाई पाछाउन खोजेका थिए । त्यो अन्य सबै क्षेत्रबाट बिरोध भएपछि सफल हुन त सकेको छैन तर पाछाउनका लागि तम्तयार भएर लागि रहेका छन । आफ्नै पार्टीभित्रको आन्तरिक किचलो साम्य पार्न नसकेका कोइराला आफुलाई प्रधानमन्त्रीको ललिपप देखाएपछि सरकारले गरेको दण्डहिनतालाई प्रशय दिने निर्णयको विरुद्धमा खुलेर लाग्न तयार देखिएका छैनन् । यहि मुद्दालाई प्रमुख प्रतिपक्षीको नाताले जोडदार रुपमा उठाएर सरकार गिराई शान्ति र संविधानको विषयमा ठोस कदम चाल्न पहल गर्नुपर्ने विषयमा लाग्नु पर्ने बेलामा कोइरालाको यो चालाले कांग्रेसका अन्य नेता कार्यकर्ताहरु भने चिढिएका छन । दाहालको कोइरालालाई सिद्ययाउने रणनिति रहेको भन्ने त कसरी पनि बुझ्न सकिन्छ भने उनले कांग्रेसका सभापति लगायत वरिष्ठ नेता शेरबहादुर देउवा संसदीय दलका नेता रामचन्द्र पौडेललाई छुट्टाछुट्टै भेटेर फरकफरक आश्वासन दिएका छन । दाहालको यो कृयाकलापले कांग्रेसी नेताहरु चिढिएका छन । यदि कांग्रेसले दाहालले भनेजस्तै भावी सरकारको नेतृत्व गर्ने अवसर आयो भने कसले गर्ने भन्ने विषयमा विवाद छ । उनको रणनिति कांग्रेसभित्र किचलो देखिएपछि त तपाईहरुलाई मैले आग्रह गरेको हु तर मिल्न सक्नु भएन भन्दै आफै प्रधानमन्त्री बन्ने दुनो सोझ्याउने दाउ हो । यो कुरा माओवादी र कांग्रेसका बाठा नेताहरुले बुझेका छन । सभापति कोइराला भने त्यसलाई ख्याल नगरी मौन बसेर प्रधानमन्त्री बन्ने सोचाईमा छन । तर पार्टीको
महाधिवेशन भएको एक बर्ष काटेको छ । दुई महिनामा विधान अनुसार गठन भईसक्नु पर्ने पार्टीका केनिद्रय विभागहरु ग्ाठनका सुरुवात पनि भएको छैन । जसको कारण कोइरालाको लिडिङ क्षमताको अक्षमताले गर्दा हो तयस विषयमा उनको ध्यान जान सकेको छैन । जनताका प्यारा भनेर चिनिएका नेताहरुलाई पाखा लगाउने काम कोइरालाबाट भएको छ । यसले कांग्रेस भित्रभित्रै जलेर सकिदै गरेको
कोइरालालाई थाहा छैन । तर बाहिर भने खोक्रा गफ छाटेर हिड्न भने उनी पछि पर्दैनन । आफ्नो सोचाई र बुद्धिले भन्दा पनि अरुको लहलहैमा लागेर काम गर्दा कांग्रेसको यो हाल भएको छ । सभापति भएको नाताले उनको अक्षमताले अनी त असफल सभापति बने बने कांग्रेसलाई पनि कहिल्यै उक्सन नसक्ने गरी खाडलभित्र पुर् याउने काम भएको छ उनीबाट । यसको विषयमा सोच विचार पुर् याएर तत्काल पार्टीका आन्तरिक विवाद मिलाएर अगाडि बढ्नु पर्ने र पार्टीभित्र पनि कुन नेतालाई के को विषयमा जिम्मेवारी दिनुपर्छ सोच विचार गरी त्यहि अनुरुप अगाडि बढेमा मात्र कांग्रेसको भविष्य रहने छ अन्यथा भविष्यमा पहिला कांग्रेस भन्ने पार्टी थियो रे भन्नेमा मात्र सिमित हुन बेर छैन । पछिल्लो समयमा कांगे्रसी जनका प्यारा नेताहरु भनेर चिनिएका खुमबहादुर खड्का अर्जुननरिसंह के।सी। लगायतका नेताहरु जिम्मेवारी विहिन भएर बसेका छन । तर जनमत कत्ति पनि नभएका नेताहरुलाई थेग्न नसक्ने जिम्मेवारी सुम्पने काम
कोइरालाबाट भएको छ । गाँउ गाँउमा पसेर आफ्नो पार्टीको भिजनका बारेमा कार्यकर्ता र जनता माझ दिष्टीकोण पुर् याउनु पर्नेमा पार्टीका कृयाकलाप सुन्य जस्तै छन । केहि कार्यक्रम गर्ने योजना बुनेपनि बरिष्ठ नेताहरुलाई पाखा लगाएर कनिष्ठलाई सम्पूण जिम्मेवारी प्रदान गर्दै आएका छन कोइरालाले त्यसबाट नेताहरु चिढिएका छन । यसले कांग्रेसको भविष्यको राम्रो संकेत देखिदैन ।

No comments:

Post a Comment