Total Pageviews

Saturday, November 26, 2011

0

बैद्य पक्षले बर्दियामा हिजो फिर्ता गरिएको जग्गा फेरि कब्जा

एकीकृत माओवादीको उपाध्यक्ष मोहन बैद्य पक्षले बर्दियामा हिजो फिर्ता गरिएको जग्गा फेरि कब्जा गरेको छ ।
प्रमुख तीन दलका स्थानीय नेता सम्मिलित सहजीकरण समितिले हिजो फिर्ता गरेको काँग्रेस नेता विनयध्वज चन्द र उनका परिवारको राजापुरस्थित ४५ विघा जग्गा बैद्य पक्षले आज पुनः आफ्नो कब्जामा लिएको हो । केही भूमिहनिसहित गएका बैद्य पक्षका कार्यकर्ताले जग्गामा झण्डा गाडेका छन् ।
दलीय सहमतिअनुसार सशस्त्र द्वन्द्वकालमा माओवादीबाट कब्जा गरिएका घरजग्गा फिर्ताको प्रक्रिया हिजोदेखि सुरु भएको थियो । बैद्य समूहले यसअघि देखि नै कब्जा सम्पत्ति फिर्ता गर्न आउनेलाई लखेट्ने चेतावनी दिँदै आएको थियो दलहरुबीच गत १५ कात्तिकमा शान्तिप्रक्रिया अगाडि बढाउने सिलसिलामा भएको ७ बुँदे सहमतिमा कब्जा सम्पत्ति सम्वन्धित व्यक्तिलाई फिर्ता गर्ने उल्लेख छ ।

No comments:

Post a Comment