Total Pageviews

Wednesday, November 2, 2011

0

सरकारले निजामती सेवा ऐनमा संशोधनको तयारी

सरकारले निजामती सेवा ऐनमा संशोधनको तयारी गरेको छ । सोसम्बन्धी छलफलका लागि आज प्रधानमन्त्री, मन्त्रीहरु र सचिवहरु सम्मिलित बैठक बसेको छ ।

आजको बैठकमा निजामती ऐनको २४(घ) अनुसार बढुवा गरिएका कर्मचारीलाई पदस्थापन गर्ने तथा आन्तरिक बढुवा कम भएकाले कार्यक्षमता र जेष्ठताको आधारमा बढुवा गर्ने बारे छलफल भएको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो ।
आन्तरिक रुपमा छलफल गरी संशोधनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गरी संसद्मा लैजाने तयारी भइरहेको अर्थमन्त्री पुनले बताउनुभयो ।
प्रस्तावलाई अन्तिम रुप दिन थप छलफल गर्न शुक्रबार पुन बैठक बस्ने गरी आजको बैठक स्थगित भएको अर्थमन्त्री पुनले जानकारी दिनुभयो ।

No comments:

Post a Comment