Total Pageviews

Wednesday, November 2, 2011

0

झिटिगुण्टा बोकेर कुलेलम ठोक्ने योजनामा वाग्ले

सरकारले वैदेशिक रोगारको क्षेत्रमा देखिएको विकृति विसंगति अन्त्य गरी यसलाई व्यवस्थित र मर्यादित बनाउन नयाँ–नयाँ कदम चालेपछि वैदेशिक रोजगारीको नाममा मानवतस्करी गर्ने गिरोहको धन्दामा अंकुश लागेको छ । सरकारले मानव तस्करहरूलाई तह लगाउन तीव्र तयारी गरिरहेकाले धेरै तस्करहरू झिटिगुण्टा बोकेर कुलेलम ठोक्ने योजनामा लागेको बुझिएको छ ।
विदेश जाने कामदारहरूलाई सरकारी निकायदेखि व्यवसायीसम्मले डस्नु डसेकाले यस्ता कार्य तत्काल रोक्न श्रम मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तदारुकता देखाएका छन् जसका कारण अत्तालिएका केही मानव तस्करहरू फरार भैसकेका छन् भने कोही भाग्ने समयमा सोझासाझा कामदारबाट दह्रो रकम उठाउने योजनामा रहेको समाचार प्रप्त भएको छ ।
यसै क्रममा जापान र इजरायलको नाममा करोडौं रकम उठाएका ललितपुरस्थित पाथिभरा ओभरसिजका हंसराज वाग्ले पनि फरार हुने तयारीमा रहेको जानकारी खाडी सन्देशलाई प्राप्त आएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष समेत रहेका वाग्लेको कम्पनीले गत वर्ष जापानको लागि सय जनाभन्दा बढीको माग ल्याए पनि हालसम्म कामदार पठाउन भने सकेका छैनन् ।
वाग्लेले जापानको नाममा झन्डै सयजनासँग प्रतिव्यक्ति पाँचदेखि नौं लाख रुपैयाँका दरले रकम उठाएको स्रोतले जनाएको छ । त्यस्तै, उनले पछिल्लोपटक इजरायल पठाउने लोभ देखाउँदै डेढ दर्जन व्यक्तिसँग पनि ८ लाख रुपैयाँका दरले रकम उठाएको श्रोतले जानकारी दिएको छ । हाल सम्पर्कवीहिन अवस्थामा रहेका वाग्ले फरार हुन लागेको चर्चाले संघमासमेत ठूलो हलचल मच्चिएको छ । उनले भाषा र सीप जान्दै नजानेकालाई पनि कागजपत्र मिलाएर पठाइदिने आश्वासन बाँढेर रकम असुलिरहेको बुझिएको छ ।


No comments:

Post a Comment