Total Pageviews

Friday, November 18, 2011

0

अरेवियामा नेपाल पत्रकार महासंघको शाखा


विगत लामो समयदेखी प्रवासीभूमी साउदी अरेवियामा कामको सीलसीलामा आएका प्रवासी पत्रकारहरुको एक समुहले सागर श्रेष्ठको संयोजकत्वमा नेपाल पत्रकार महासंघ साउदी अरेविया शाखा गठन प्रकृयाको लागी तर्दथ समिति गठन गरेको छ । करिव एक महिना अगाडी ईमेल फोनबाट साउदी अरेवियामा रहि आफ्नो कामको ब्यस्तताको बाबजुद पनि पत्रकारीता गर्दै आउनु भएका प्रवासी पत्रकारहरुसंगको छलफल पश्च्यात यो तदर्थ समिति गठन गरेको हो । यस समितिले छ महिना भित्रनै नेपाल पत्रकार महासंघको वैदेशिक शाखासम्बन्धी नियमावली-२०६७ महासंघको विधान-२०६० दोस्रो संशोधन-२०६६ को धारा २६ को च अनुसार गठन गर्ने भएको छ ।
यस सुखद अबसरमा साउदी अरेवियामा रहि पत्रकारीता गरिरहनु भएका सम्पुर्ण प्रवासी पत्रकारहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।
तर्दथ समितिका सदस्यहरुको विवरण यस प्रकारको छ ।
सागर श्रेष्ठ प्रवासी नेपाली डटकम संयोजक
चिज कुमार श्रेष्ठ नेपाल अरब डटकम सदस्य
खगेन्द्र अधिकारी श्रृजनाका लहारहरु अनलाईन रेडियो सदस्य
दुर्गा बहादुर भण्डारी पिएनएन अनलाईन रेडियो सदस्य
कुमार श्रेष्ठ श्रृजनाकालहरहरु डटकम सदस्य
सुर्य विक्रम याख्खा मुग्लानी सौगात सदस्या
रविन्द्र खड्का प्रवासी नेपाली डटकम सदस्य
२ जना तदर्थ समितिमा थप्न बांकी ।

No comments:

Post a Comment