Total Pageviews

Wednesday, November 30, 2011

0

बाल्टिमोरमा भण्डारीको निधन बाना द्धारा आर्थिक सहयोगको अपिल


लमजुङ्ग जिल्ला खुदी गा.वि.स. वडा नं. १ निवासी बुवा श्री कोमल बहादुर भण्डारी तथा माता हुमा भण्डारीका छोरा नारायण भण्डारी सन् २००३ को डिसेम्बरमा विद्यार्थी भिसामा अमेरीका आएका थिए । भू.पू. शैनिक आवासिय विद्यालय लमजुङ्ग बेसी शहरबाट एस.एल.सी. परीक्षामा जिल्लाको प्रथम भएका र अमृत साइन्स कलेजबाट आइ.एस्सी.मा प्रथम भएका नारायणले यूनिभर्सिटी अफ मेरिल्याण यूनिभर्सिटी कलेजबाट कम्प्र्युटर साइन्समा अन्डरग्राजुयट गरी सोही यूनिभर्सिटीबाट ग्राजुयट गर्ने तयारीमा रहेका थिए ।
नोभेम्वर १० तारिख राती ८ः३० वजेतिर फोहर फाल्न कोठा बाहिर निस्केका नारायणको शव ८ दिन पछि अर्थात नोभेम्वर १८ तारिखका दिन प्रहरी अधिकृत रोबर्ट बन्र्सले नारायणको अपार्टमेन्ट सँगै रहेको पार्कको छेउमा सुतिरहेको अवस्थामा फेला परेको बताएका छन् । नारायणको शव बाल्टिमोर मेडिकलमा राखिएको छ । बाल्टिमोर मेडिकल एक्जामिनर कार्यलायले अजै सम्म पनि निधनको बारेमा केही भन्न नसकिने कुरा बताएका छन् । वानाको अनुरोधमा नारायणको शवलाई यहि डिसेम्बर ५ सम्म सोही मेडिकलमा नै राखिने विशेष व्यवस्था मिलाइसकिएको छ ।
यस दुःखद् घडीमा बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (वाना) स्वर्गीय नारायण भण्डारीको मृत आत्माको चिर शान्तिको प्रार्थना गर्दै शोकाकुल परिवारजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछ । नारायणको परिवारमा परेको यस दुःखद् समस्या हामी सबैको साझा समस्या भएकोले बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (वाना) सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा आफूले सक्ने सहयोगको लागि विनम्र अनुरोध गर्दछ ।

No comments:

Post a Comment