Total Pageviews

Monday, November 28, 2011

0

मानव तस्कारद्वारा नक्कली सहीछापको प्रयोग

मानव तस्कारद्वारा नक्कली सहीछापको प्रयोग
काठमाडौं । मानव तस्करहरुले विदेशस्थित नेपाली नियोगका नक्कली छाप र लेटरप्याड बनाई नेपाली कामदारहरुलाई विदेश पठाई रहेका छन् । वैदेशिक रोजगार विभागले रोजगारीकोलागि विदेशीने नयाँ कामदारहरुको हकमा सम्वन्धित देशको नेपाली दुतावासले प्रमाणित गरेका सक्कलै कागजात उपलव्ध गराउनुपर्ने नियम राखेपछि एकाध प्राप्त भएका सक्कली प्रमाणित कपी कर्मचारी र सम्वन्धित व्यक्तिको सहयोगमा हातपारी नेपाली दुतावासको सहीछाप नक्कली प्रयोग गर्दै श्रम स्वीकृति निकालीरहेका छन् । कर्मचारीहरुलाई यो कुरा राम्रोसँग थाहा भए पनि प्रतिव्यक्ति तीनहजारदेखि पन्ध्र हजारसम्म लिएर त्यस्ता कागजातलाई श्रमस्वीकृति दिइरहेको श्रोतले उल्लेख गरेको छ । व्यक्तिगत होस या संस्थागत श्रम स्वीकृति पछिल्ला दिनका कागजातहरु हेर्ने हो भने यसका बारेमा प्रष्ट देख्न र चिन्न सकिन्छ ।
ग्रैह कानुनी कार्यलाई रोक्ने निकायहरु नेपाल प्रहरीअख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रलाई यो कुराको हेक्का छ कि छैन त्यो त भविष्यले नै देखाउने छ । यसको अलावा वैदेशिक रोजगार विभागको विमानस्थलस्थित रहेको ुहेल्प डेस्कु मा बस्ने कर्मचारी अध्यागमन इमिग्रेसनका कर्मचारी र दलालको मिलेतोमा नक्कली स्टिकर लगाई नेपाली कामदारहरुलाई ग्रैहकानुनी रुपमा विदेश पठाइरहको पनि समाचार श्रोतले उल्लेख गरेको छ । नक्कली स्टिकर बनाउने गिरोह करिब एकमहिनाअघिदेखि राजधानीका वालाजु वसपार्क गोंगबु गौशाला लगायतका क्षेत्रमा सकि्रय रहेको श्रोतले उल्लेख गरेको छ ।

मानव तस्करद्वारा विरुद्ध लेख्नेलाई मार्ने धम्की
कालो धनको प्रयोग हतियारधारी समूह परिचालन
वैरोका सुव्वा अधिकृ र दलालको मिलेमतो
भ्रष्टाचारीको कुनै राजनीतिक दल हुँदैन

अपराधीको कुनै समाज हुँदैन

काठमाडौं ११ मंसिर । मानव तस्करी गर्न नपाएर अत्तालिएका मानव तस्करहरु सूचना दिने र सूचना प्रवाह गर्ने व्यक्तिको खोजीमा लागेका छन् । वर्तमान महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई पूरै कव्जामा लिन नसकेपछि तस्करहरु झनै अत्तालिएका हुन । भ्रष्टाचार गर्नेहरुको समाचार लेख्न पाउनुपर्छ । ुभ्रष्टाचारीको कुनै राजनीतिक दल हुँदैन अपराधीको कुनै समाज हुँदैन ।ु कार्वाही त भ्रष्टाचारीलाई गर्नु पर्ने हो । कलम चलाएर खानेलाई किन मार्ने कालोधनको प्रयोग गरेर कसैलाई मार्न लगाउनु भन्दा भ्रष्टाचार नै नगर्नु राम्रो ।
गरिवका छोराछोरी खाडीका जेलमा पुर् याएर प्राडो र पजेरो चढ्ने राजधानीका महङ्गा क्याफे र अन्तराष्ट्रिय स्तरका होटलमा मस्ती गर्ने ठूला ठूला महल बनाउनेहरुले अलिकति पनि नसोचेर उल्टै समाचार लेख्नेका विरुद्ध हतियारधारी समूह परिचालन गर्नु कति सम्म जायज हुन्छ यो कार्यमा वैदेशिक रोजगार विभागका केही भ्रष्ट सुव्वाअधिकृत र दलालहरुविच गोप्य ठाउँमा गरिएको वार्ताको ुअडियो तथा भिडियोुको खोजीमा हामी रहेका छौं ।
गरिवका छोरीहरु खाडीमा बलात्कृत हुँदा मानव तस्करका छोरीहरु ुव्वाइप्रुाइण्डु लिएर अन्तराष्ट्रिय स्तरका होटलमा मस्ती गरिरहेका मानवतस्करहरुलाई के थाहा । मानव तस्करका छोराहरु ुगर्लप्रुाइणु लिएर युरोप र अमेरिका घुम्दा गरिवका छोराहरु खाडीको जेलमा बसेको के उनीहरुले कल्पना गर्न सक्छन् गरिवका छोराछोरी खाडीमा बलात्कृत हुँदा र खाडीका जेलमा हुँदा तिनै रोजगारीकोलागि खाडीमा गएकाका बाउआमा गाउँमा फाटेको साडी र खाली खुट्टाले एकछाकआधामानो खाएर दिनकटाई रहँदा गरिवका छोराछोरीको रगत पसिना चुस्नेका परिवारहरु काठमाडौंका अन्तराष्ट्रिय स्तरका होटलमा लन्चब्रेकफास्टस्वीमिङ्ग गर्दै साठी वर्षको बुढोले सोह्र वर्षकीलाई अँगालो हालेको के उनीहरुले कल्पना गर्न सक्लान क्रमश…

No comments:

Post a Comment