Total Pageviews

Sunday, November 20, 2011

0

थापाबाट अनमिल अनुशिक्षण तालिमको उद्घाटन



काडमाडौं संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन लाइवेरियामा फम्र्ड पुलिस युनिट एफपीयू को रुपमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरुका लागि आजबाट राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान ककनीमा अनमिल मिसन अनुशिक्षण तालिम संचालन भएको छ ।
उक्त तालिमको आजै सोही प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक जीवनकुमार थापाले उद्घाटन गर्नुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्यसअवसरमा फम्र्ड पुलिस युनिटमा खटिने एपीएफ टोलीले युएन मिसनमा गर्नुपर्ने कामकर्तव्य र जिम्मेवारीका क्षेत्रबारेमा जानकारी हासिल गर्न तालिम उपयोगी रहेको बताउनुहुँदै युएनको म्याण्डेट अनुरुप त्रुटिरहित ढंगबाट काम गर्न सक्ने क्षमता अभिबृद्धिको लागि यस्ता तालिमको महत्व रहने बताउनुभयो ।
अर्धसैनिक प्रकृतिको सशस्त्र प्रहरी बलको व्यावशायीक क्षमताले गर्दा संगठनले ख्याती प्राप्त गरेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले भन्नुभयो-ुआफुमा रहेको ज्ञान सिप र अनुभवलाई स्वविवेकीय ढंगबाट उपयोग गरी कुशल नमुनाको रुपमा दायित्व निर्वाह गर्न अग्रसर रहनुपर्छ ।ु
युएन मिसनमा शान्ति स्थापनार्थ सहयोग पुर् याउने उद्देश्यले खटिने बलका अधिकृत तथा जवानहरुको कार्यकुशलताबाट राष्ट्र र संगठनको छवी अझै उचाईमा पुग्ने बताउनुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले अनुशासित एवं इमान्दार भएर जिम्मेवारी पुरा गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा तालिमका प्रमुख शिक्षक सशस्त्र प्रहरी उपरीक्षक संजयविक्रम राणाले तालिम सम्बन्धी कार्य योजना प्रस्तुत गर्नुहुँदै तालिमको दौरानमा फम्र्ड पुलिस युनिटले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा सैद्धान्तिक एवं व्यावहारिक ज्ञान दिइने बताउनुभयो ।
लाइवेरियामा शान्ति स्थापनार्थ फम्र्ड पुलिस युनिटको रुपमा खटिँदै आएको एपीएफ टोलीलाई बदली गर्न जानका लागि बलको युएन मिसन छनौट निर्देशिका बमोजिम छनौट भएका दुई सय ४० जना एपीएफ अधिकृत तथा जवानहरु सो तालिममा सहभागि रहेका छन् ।
एपीएफ टोलीद्वारा आगलागी नियन्त्रण ः-
बारा बारा जिल्लाको रतनपुरी ९ वस्ने आशलाल वाइवाको घरगोठमा आज दिउँसो भएको आगलागी एपीएफ टोली र स्थानीयबासीले नियन्त्रणमा ल्याएको छ ।
आगलागी भएको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल सुरक्षा बेस रतनपुरीबाट खटिएको एपीएफ टोलीले सो आगलागी नियन्त्रणमा ल्याएको हो ।
आगलागीबाट झण्डै एकलाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । स्थानीयबासीको समेत सहयोगमा करीब आधा घण्टाभित्रै एपीएफ टोलीले आगलागी नियन्त्रणमा ल्याएको थियो ।
यसैगरी रुपन्देहीको बरगदहीमा गएराति भएको आगलागी सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा बेस रुपन्देहीबाट खटिएको एपीएफ टोलीले नियन्त्रणमा ल्याएको छ ।
आगलागी नियन्त्रणमा एपीएफ टोलीको साथै स्थानीयबासी र दमकलको पनि सकृयता रहेको थियो । आगलागीबाट बगहा गाविस ७ मा पर्ने त्यसठाउँका ह्गीमुल धुनियाको घर तथा गोठमा क्षति पुग्नुको साथै एकलाख रुपैयाँ भन्दा बढीको धनमाल क्षति भएको बताइएको छ ।
घाइतेको एचआइआरभी टोलीद्वारा उद्धार ः-
मोरङ पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको मोरङ जिल्लाको उर्लाबारी ६ स्थित मंगलाबारे भन्ने स्थानमा हिजोसाँझ मोटरसाइकलको ठक्करबाट घाइते भएका दुई जनालाई सशस्त्र प्रहरी बलको हाइवे इमिडियट रेस्पोन्स भेहिकल एचआइआरभी टोलीले उद्धार गरेको छ ।
दमकतर्फ जाँदै गरेको मे।२ प १३११ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा घाइते भएका स्थानीय प्रतिभा खड्का र रणुका कार्कीलाई सशस्त्र प्रहरी बल सुरक्षा बेस उर्लाबारीको एचआइआरभी टोलीले उद्धार गरेको हो ।
घाइतेहरुलाई एचआइआरभी टोलीले उद्धार गरी उपचारार्थ नोबेल मेडिकल कलेज विराटनगरतर्फ पठाएको छ भने ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

No comments:

Post a Comment