Total Pageviews

Monday, November 7, 2011

0

मेरी जस्ती श्रीमती कसैकी नहोस्"


श्रीमतीले पीसाब खुवाउँथिन् ।
श्रीमतीको गाली बेइज्जती सहन सकिँन ।
‘मेरा हातहरु काप्न थाले, मेरो गुनासो यति नै’ मर्नु अघि सात पेज लामो सुसाइट नोटको अन्त्यमा यति लेखेर सुनसरी हासपोसाका एक व्यक्तिले जीवन लिला समाप्त गरेका छन् । सप्तकोशीमा हामफालेर आत्महत्या गर्नु अघि आफ्ना छोरा छोरीहरुलाई सम्झर्दै उनले लेखे, ‘मेरा ससाना बच्चाहरु छन् तिनिहरुको भविश्य उज्वल पार्ने प्रण गरेको थिए, तर सफल हुन सकिँन’ ।
श्रीमानको अत्याचार सहन नसकेर श्रीमतीहरुले आत्महत्या गर्ने गरेका घटनाहरु पुरुषप्रधान नेपाली समाजको लागि नौला छैनन् । तर सुनसरीको हाँसपोसाकी एक महिलाका श्रीमानले श्रीमतीको अत्याचार सहन नसकेर कात्र्तिक ८ गते कोशीमा फाल हानेर आत्महत्या गरेका छन् ।
श्रीमतिको मानसिक र शारिरिक यातना सहन नसकेर आत्महत्या गर्नु परेको उल्लेख गर्दै हाँसपोसा ८ दर्शन टोल निवासी ४२ बर्षीय खेतराज कोईरालाले मर्ने बेलामा लेखेको सुसाइट नोटमा लेखेका छन् ‘मेरा जस्तो श्रीमती कसैको नहोस् ।’
श्रीमति उर्मिला कोइराला (खनाल) को दिनैपिच्छेको कचकच र यातना सहन नसकेर आत्महत्या गर्नु परेको दावी उनले पत्रमा लेखेका छन् । छिमेकी कोइराला थरकी केटीसँग नाम जोडेर बेइज्जत गर्ने गरेको र सम्झाउँदा बुझाउँदा समेत छरछिमेक घरपरिवारमा बसिनसक्ने पारेको उनले मर्नु अघि लेखेको पत्रमा उल्लेख गरेका छन् ।
श्रीमतिको अनावश्यक मानसिक यातना र बेइज्जती सहन नसकेर भारतको नागाल्याण्ड गएको र त्यहाँ पनि उनले फोन गरेर यातना दिन नछाडेपछि पुनः घर फर्केको उनले उल्लेख गरेका छन् ।
केही समयअघि बहराइनबाट कमाएर ल्याएको पैसाले विदेश जाँदाको ऋण तिरेर आफ्नो घर निर्माण गर्दै गरेको उनले दुई छोरी र एक छोरा रहेको उनले पत्रमा उल्लेख गरेका छन् ।
सो पत्रमा उनले आफ्नो करिब एक करोड बराबरको सम्पती छोरा छोरीका नाममा पास गरिदिन आफन्तलाई पत्रमार्फत् अनुरोध पनि गरेका छन् । उनले पत्रमा आफु समाजको भद्र व्यक्ति भएको उल्लेख गर्दैैै जीवनको अन्तिम इच्छा भनेका छन्, ‘मेरा छोराछोरीहरुले धेरै पढुन्, ज्ञानी बनुन् ।’
उनले सो सुसाइड लेटरमा श्रीमतिलाई कामवासनाले सताइरहने भएकाले रातभरी सुत्न नदिने र चिर्थोने, नंगार्ने र दिनभरी घरमा थुनिदिएर पिसाबसम्म खुवाउने काम गरेको उल्लेख गरेका छन् । घरभडामा बस्नेले ढोका खोलेर आफुलाई मुक्ति दिलाएको उनले सो पत्रमा उल्लेख गरेका छन् ।
उनले सो पत्रमा आफ्नी श्रीमति हिस्टेरियाको बिरामी रहेको दावी पनि गरेका छन् । त्यसपछि श्रीमतीको अत्याचार सहन नसकेपछि भागेर तरहरास्थित दिदि भिनाजुकोमा पुगेको उनले सात पेज लामो सुसाइड लेटरमा लेखेका छन् ।
भोजपुरको धोदलेखानी गाविसमा रहेका बुबा आमालाई भेट्न जाने बहना बनाई दिदि भिनाजुसँग बाटो खर्च वापत तीन सय रुपियाँ मागेर बराहक्षेत्र पुगेको उनले उल्लेख गरेका छन् ।
बराहक्षेत्र पुगेर उनले सुसाइड लेटर लेख्दै आफु मरेको खबर परिवार दिन सज्जनलाई आग्रह गरेका छन् । साथै उनले आफ्नो काजक्रिया श्रीमतिलाई गर्न नदिन पनि अनुरोध गरेका छन् । उनले भनेका छन् –‘म सज्जन मानिस थिए । तर आज अकाल मृत्युको मुखमा पुग्नु परेको छ ।’ सातपेज लामो सुसाइड लेटरको अन्तयमा उनले भनेका छन् – ‘मेरा हात काँप्न थाले, मेरो गुनासो यत्ति नै । अत्याचार सहन नसकेर सप्तकोशीमा गयो ज्यान ।’
रोजगारका शिलशिलामा बहराइन बसेर कमाएको पैसाले श्रीमतिकै दवावमा सालो कुमार खनालका नाममा ५ कठ्ठा १० धुर खरिद  गरेको उनका भाइ अर्जुन कोइरालाले बताए । त्यसैगरी अन्य जग्गा र सम्पती पनि श्रीमतिले आफ्नी दिदि र भिनाजुले उनिहरुकै नाममा पास गराएको भाइ कोईरालाले बताए ।
कोइराला परिवारकाअनुसार स्थानीय बासिन्दाहरुले बराहक्षेत्रको कोकाघाटमा उनले खेलेको सुसाइड लेटर, कापी, कलम, बेल्ट, भेष्ट, हाफपेन्ट, खैनी फेला पारि प्रहरीको जिम्मा लगाएका थिए । उनले सुसाइट लेटरको सुरुमै लेखेको फोन नम्बरमा प्रहरी फोन गरि घटना बारे कोइरालाका परिवारलाई जानकारी दिएको थियो ।
जानकारी पाउनासाथ भाइटीकाको दिनदेखि नै शशस्त्र र जनथप प्रहरीको सहयोगमा परिवारका सदस्यहरुले सप्तकोशीमा उनको शबको खोजी कार्य गरिरहेपनि फेला परेको छैन । सोमबार साँझसम्ममा पनि उनको शब फेला नपरेको आफन्तले बताए । इलेक्ट्रिक वोट प्रयोग गरेर शब खोज्ने क्रम जारी रहेको उनका आफन्त बताए । शब फेला नपरेसम्म काजक्रिया नगर्ने परिवारजनले बताएका छन् । कोइराला परिवारले सम्पतिका लागि खेतराजलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै दोषीलाई कार्वाही हुनु पर्ने माग गरेका छन् । उनीहरुले इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी समेत दिएका छ www.purwanews.com

No comments:

Post a Comment