Total Pageviews

Saturday, November 26, 2011

0

सुकुलढोका र आसपासका बासिन्दाहरु खानेपानीको अभाब

भक्तपुर सुकुलढोका र आसपासका बासिन्दाहरु खानेपानीको अभाबले ग्रसित छन् । त्यही भएर त्यहाँ स्थायी घर भएका झोले पत्रकार बिकल प्रसाद श्रेष्ठ नेता नारायणमान बिजुक्छे ब्यापारी बिबेकमान कर्माचार्य लगायतका अगुवाहरु कमलपोखरीमा बसाइँ सरेका छन् । त्यहाँ नियमित खोनेपानीको आपुर्ति हुने गरेको छ । सो क्षेत्रको नयाँ नाम समेत पाइपलाइन रहन गएको छ ।
यसै बीचै गत हप्ता भक्तपुर दरवार अवलोकन पछि त्यहाँ पुगेका पशुपतिको शारदा माबिका बिद्यार्थी र रमाएका छन् । सुकुलढोको सुकेको इनार र पानी नबग्ने बुलबुल हिटी अबस्था हेर्दै त्यहाँ पुगेका उनीहरु धाराबाट पिउन योग्य पानी पाउदा रमाएका हुन् । पानी पाएको खुसीयालीमा उनीहरुले नाचगान समेत गरे ।
अभिभाबकले थाहा पाएनन्
गत हप्ता होहल्लाको बीचमा सरकारको आन्तरीक राजश्व बिभागले कर सप्ताह मनायो । तर शिक्षा करको औचित्यका बारेमा भने अभिभाबकलाई जागरुक हुन कुनै कार्य गरेनन् । अभिभाबकले आफुले तिरेको रकमबाट स्कुलले शिक्षा कर बुझाए नबुझाए थाहा नपाएका बताए । यसरी गुनासो गर्ने अभिभाबकका नानीहरु प्याबसनका नेता राजेश खड्को स्कुल चापागाउको इमराल्ड एकेडेमी शंखमुलको बिराट बोर्डिङ स्कुल लगायतमा अध्ययनरत छन् ।
यी स्कुल लगायत अन्य धेरै स्कुलले समेत अभिभाबकलाई स्कुलको आयब्ययको बारेमा जानकारी गराएका छैनन् ।
शैक्षिक भ्रमणमा जाँदा
गोदावरीको सुर्योदय स्कुलका बिद्यार्थीहरुले नेमकिपाका नेता निरज लवजूको मको गल्ली दुगन्र्धित र दुषित भएको पाए । किटनी उमाबि बिद्यर्थीहरुले सिद्धपोखरीमा खराब आचरण भएका मानिसहरुले यत्रतत्र फोहर फालेको पाए भट्टाको कारण आफ्नो स्कुल नजिकैको बाताबरण दुषित भएका उनीहरुले भने सार्बजनिक स्थलमा फोहर राख्न नहुने नियमलाई पालना गरे । पाँचखालको नवप्रतिभा स्कुलका बिद्यार्थीहरुले सुनढोकामा पोतिएका अबिर नहटाएको दरवार हेरचाह कार्यलय प्रति गुनासो गरे । दुइ दिन लाएर सुनढोका सफा भएको स्थानीय बिज्ञापन दलालहरु प्रचार गरे जस्तो भने सफा देखिएको छैन् । गोङगबुको पारामाउण्ट स्कुलले टिकट काटेर प्रबेश गरेको राष्ट्रिय कला संग्रालयमा भन्दा बाहिर बढी महत्वपुर्ण र धेरै सम्पदा अवलोकन गर्न पाए । प्रबेश टिकटको पैसा उठाउन भने उनीहरुले निशुल्क बितरण हुने संग्रालयको परिचय पुस्तिका हात पारे । बिदेशी पर्यटकलाई दिन बनाइएको पुस्तिका बिदेसी नआउदा स्टक रहने गरेको छ । संग्रालयमा संग्रह स्रग्रहित सामाग्री संख्यामा टिकट मुल्य महँगो रहेको धेरैको गुनासो छ । बिगतका बर्षमा संग्रलयको टिकट किनेर पछुताएका हात्तीगौडाको मनमोहन स्कुलका बिद्यार्थीहरु भने प्रस्तर हात्तीका बीचमा फोटो खिच्न पाएर रमाए ।
भक्तपुर पुलिसले शुक्रबार यहााका पुलिसहरुलाई चेतनामुलक प्लेकार्ड बोकाएर नगरको भ्रमण गराएका छन् । अन्य शैक्षिम भ्रमणमा भ्रमणकर्ताले ज्ञान हासिल गदर्थे । पुलिसको भ्रमण भने नगरबासीमा ज्ञान दिलाउन फलदायी रह्यो । पानी र शौचालय नभएको सिद्धपोखरीमा पिकनिक मनाउन पुगेका पनौतीको सिद्धार्थ बनस्थली स्कुलका बिद्यार्थीहरु भने समस्यामा परे ।
साइकलमा माष्टर सरर
गोल्मढीमा दुर्गन्ध हरर
सैनिक स्कुलका एक शिक्षक बाइकसाइकबाटै हरेक दिन घरबाट स्कुल र स्कुलबाट घर आवतजावत गर्ने गरेका छन् । भक्तपुर एक वडा निवासी रंजित सर सत्र वडा सल्लाघारीमा आउन जान आफ्नै साइकलमा कुद्छन् । बाताबरण शास्त्रका बिद्यार्थी समेत रहेका रंजितले बाताबरण संरक्षणको लागि आफ्नै किसिमको पहल उनले गरेका हुन् ।
उता सोही स्कुलका शिक्षक तथा नेमकिपाका कार्यकर्ता एव गोलमढी बासी बिष्णुप्रसाद खायमलीको गल्ली भने दुर्गन्धित अबस्थामा रहेको छ । खायमलीले बिद्यार्थीलाई आफुले दिने ज्ञान ब्यबहारिक जीबनमा लागु नगरिदा गोलमढीको गल्ली दुर्गन्धित भएको हो ।

No comments:

Post a Comment