Total Pageviews

Tuesday, November 15, 2011

0

इजरायल पठाउन कम्पनी छनौट

काठमाडौं । वृद्धवृद्धाको हेरचाह गर्ने केयरगिभरका रुपमा नेपाली कामदारलाई इजरायल पठाउन २ सय ६ म्यानपावर कम्पनीले अनुमति पाएका छन् । अनुमति पाएलगत्तै यी कम्पनीले माग ल्याएर कामदार पठाउने प्रकृया सुरु गर्न पाउने छन् । वैदेशिक रोजगार विभागले इजरायलमा कियरगिभर पठाउन श्रम मन्त्रालयले बनाएको कार्यविधि भित्र रहेर गरेको छनौटमा ४३ कम्पनी भने अस्वीकृत भएका छन् ।खर्च भने तोकिसकेको छैन । श्रम सम्बन्ध महाशाखाले व्यवसायीसँग छलफल गरी २ हजार ९ सय २५ अमेकिी डलर अर्थात २ लाख २७ हजार रुपैयाँ तोक्न श्रममन्त्री सरिता गिरीसमक्ष निर्णयका लागि सिफारिस गरेको छ । विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले तीन वटा आधार बनाई पारदर्शी रुपमा म्यानपावर छनौट गरिएको बताए । पछिल्लो तीन बर्षसम्म वैदेशिक रोजगारमा कामदार पठाएको, रीतपुर्वक र म्यादभित्र दर्ता भएको र कामकारबाहिमा रोक्का नभएका म्यानपावर कम्पनी छनौटमा परेका छन्,

No comments:

Post a Comment