Total Pageviews

Tuesday, November 15, 2011

0

सेना समायोजन प्रक्रियाबाट अलग हुन

एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षले सेना समायोजन प्रक्रियाबाट अलग हुन जनसेनालाई अपिल गरेको छ ।वरिष्ठ उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले मंगलवार संयुक्त विज्ञप्ती जारी गर्दै जनसेनालाई सेना समायोजन प्रक्रियाबाट अलग हुन अपिल गर्नु भएको हो ।
विशेषत: सेना समायोजन सम्बन्धि संझौता सारत: जनमुक्ति सेनाको निम्ति अत्यन्तै अपमानजनक र शान्तिविरोधी समेत भएकोले हामी स्वाभिमानी जनमुक्ति सेनाका कमाण्डर सहित सम्पूर्ण योद्धाहरुलाई यस प्रकारको आत्मसमपर्णवादी प्रक्रियाबाट पूर्ण रुपमा अलग हुन हार्दिक अपिल गर्दछौं ।’ उपाध्यक्ष वैद्य र महासचिव थापाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । माओवादीको वैद्य–वादल समुहले कार्तिक १६ गते पत्रकार सम्मलेन गरि पछिल्लो पटक तीन प्रमुख दल र संयुक्त मधेसी मोर्चाबीच भएको सात बुदे सहमति प्रति असन्तुष्टी रहेको जनाएका थिए । यसअघि माओवादीको वैद्य वादल समुहले सात बुदे प्रति आफ्नो विचार समुहको असन्तुष्टी रहेपनि समायोजन प्रक्रियामा भने अवरोध नगर्ने जनाएका थिए ।

No comments:

Post a Comment