Total Pageviews

Friday, September 30, 2011

0

वैरो विभागका भ्रष्टहरूलाई कारवाहीको तयारी

रेजिना नेपाल
काठमाडौं । दोश्रो भन्सार भनेर चिनिने वैदेशिक रोजगार विभागभित्रको भ्रटाचारले सीमा नाघेको छ । महानिर्देशकदेखि पियनसम्मले मिलेर लुटखेती मच्चाएका विभागभित्रको संस्थागत भ्रष्टाचार रोक्न राज्य उदासिन देखिएको छ र यसैको फाइदा उठाउँदै भ्रष्टहरूले आफ्नो धन्दा दिन दुगुना रात चौगुना बनाएका छन् । झुटो मागपत्रमा स्वीकृति दिनेदेखि कामदार अलपत्र पार्ने मेनपारि कम्पनीहरूलाई संरक्षण दिनेसम्मका कार्य गरेर कमिसनको खेती गर्दै आइरहेका विभागका भ्रष्टहरूप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत बेवास्ता गरेकाले उनीहरूको फुर्ति झनै बढेको छ । विभागका भ्रटहरूको बढ्दो चुरीफुरीको प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पछिल्लो पटक निकै चासो देखाएका छन् । उनले विभागका भ्रष्टहरूलाई तह लगाउन निर्देशन दिइसकेका छन् भने श्रम मन्त्रालय पनि तीव्र तयारमिा जुटेको छ । त्यस्तै, प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले पनि विभागमा भ्रष्टाचारीहरूको विगविगी बढेको ठहर गरिसकेको छ । गरिब कामदारको रगत पसिनामा रजाई गर्न पल्किएकाहरूले हाल व्यक्तिगत श्रम स्वीकृति दिँदा लाखौँ कमिसन लिने गरेको उजुरीपछि केन्द्रले छानबीन सुरु गरेको थियो । केन्द्रले तीनपटकसम्म विभागमा गरेको अनुगमन र अनुसन्धानपछि विभागमा कर्मचारी, दलाल तथा म्यानपावर कम्पनीका सञ्चालकहरूको मिलेमतोमा अनियमितता हुने गरेको निष्कर्ष निकालेको हो ।
केन्द्रका अनुसार विभागले आर्थिक वर्ष ०६७÷६८ मा मात्रै विदेश गएका युवाहरूबाट अनियमित रूपले १८ करोड रुपैयाँ उठाइएको छ । आर्थिक वर्ष ०६७÷६८ मा मात्रै विभिन्न देशमा गरी तीन लाख ५४ हजार युवा विदेसिएका छन् । त्यसरी युवाहरू विदेसिने क्रममा व्यक्तिगत श्रम स्वीकृति दिँदा विभागले छुट्टै १८ लाख रुपैयाँ उठाएको ठहर केन्द्रको छ । केन्द्रका अनुसार श्रम विभागको व्यक्तिगत शाखाले श्रम स्वीकृति दिँदा व्यक्तिगत र संस्थागत गरी दुई किसिमले दिने गरेको छ । विभागमा संस्थागत स्वीकृतिको कारोबार अत्याधिक हुने गरेको छ । विभागमा सूचीकृत भएका आठवटा म्यानपावर कम्पनीले नै एकमुष्ट रूपमा व्यक्तिको श्रम स्वीकृति विभागमार्फत लिने गरेका छन् । यसरी ती म्यानपावरले श्रम स्वीकृति लिँदा प्रतिव्यक्ति थप पाँच सय रुपैयाँ विभागको सो शाखामा बुझाउने गरेको पाइएको सतर्कता केन्द्रले जनाएको छ ।

Wednesday, September 28, 2011

0

प्रधानमन्त्री भट्टराईको मुल्याङ्कन शान्ति प्रकि्रया अनिश्चित

प्रधानमन्त्री भट्टराईको मुल्याङ्कन शान्ति प्रकि्रया अनिश्चित

काठमाडौ । मधेसी मोर्चासँग चार बुँदे सम्झौता गरेर सरकारले नेतृत्व गर्न पुगेको एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता बाबुराम भट्टराई नेतृत्वको सरकारले पनि संविधान लेखन शान्ति प्रकि्रया टुगोमा नपुर्याउने भएको छ । प्रधानमन्त्री नियुक्ति भएपछि डा।
भट्टराईले सस्तो लोकपि्रयता आर्जन गर्न जे जस्ता कार्यहरु गर्नुभयो यसले पनि भविष्यमा खास असर नपार्ने देखिन्छ । नेपाली काँग्रेस र एमाले जस्ता दोस्रो र तेस्रो दललाई प्रतिपक्षमा राख्ने र शान्ति प्रकि्रया टुगांउने सपना देख्नु डा। भट्टराई लाई मुक्काले पहरो भत्काउनु जस्तो मात्र हुने राजनीतिक विश्लेषकहरुको राय छ । माओवादी भित्रको असहयोग प्रतिपक्षको कडा रवैया सहयोगी दलहरुको अपवित्र माग र सम्झौताले प्रधानमन्त्रीलाई कठिन मोडमा उभ्याएको छ । माओवादी भित्रको अन्तर दन्द्ध माओवादी नेतृत्वमा आएको पदको लोलुपताले गर्दा डा। भट्टराई लाई कठिन अवस्थामा पुर्याएको मानिन्छ । भनिन्छ डा। भट्टराई प्रधानमन्त्री नियुक्ति भएता पनि आफ्नो पार्टी भित्र उनी अल्पमतमा छन् । हिजोका उहाँका सहयोगिहरुले समेत उनको साथ छोडेका छन् । राम कार्की जस्ता प्राधानमन्त्री
भट्टराईका राजनीतिक सहयोगीहरुले समेत प्रधानमन्त्रीको साथ छोड्ने संंकेत देखिन थालेको छ । मन्त्री नियुक्तिमा समेत प्रधानमन्त्रीले चाहेको व्यक्ति ल्याउन नसक्नु प्रधानमन्त्रीको लाचारीता भएको उहाँका निकटहरुले आरोप लगाउन थालेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालले बाहिर समर्थन जनाए पनि यही भट्टराई नेतृत्वको सरकार असफल गराएर आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बनाउने कसरतमा लागेको बुझिएको छ । यसमा उनले मधेसी मोर्चा र काँग्रेस एमाले सँग छलफल समेत
गरी सकेको बताईन्छ । प्रचण्डले आफूलाई प्रधानमन्त्री समर्थन गर्न नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो नेतुत्वमा सरकार नबने प्रचण्डलाई सहयोग गर्ने बचन दिएको बुझिएको छ । अध्यक्ष दाहालले यस बिचमा भारतिय नेताहरुको सम्पर्कमा रहेर भारतियहरुलाई विश्वास लिन

खोजेको बुझिएको छ । पछिल्लो समयमा सिलगुढी यात्राको पनि यसकै कारण थियो । प्रचण्डप्रति भारत केही सकारात्मक भएको बुझिएको छ । डा। भट्टराईलाई साथ लिएर हिड्दा अन्य दलहरु भारतबाट टाडिएर जाने सम्भावना भारतले देखेको बुझिएको छ । विगतमा पटक पटक हारेका रामचन्द्र पौडेललाई प्रधानमन्त्री उठाएको कारणले काँग्रेसले हारेको यकिन भएको भारतीय संस्थापन पक्षको राय छ । त्यसकारण अब देउवा काँग्रेस बाट सर्वसम्मत उम्मेदवार बनेमा भट्टराई पछि काँग्रेस नेतुत्वमा सरकार बन्ने निश्चित छ तर देउवा उम्मेदवार नभए काँग्रेसका हातमा सत्ता नआउने पनि धुर्व सत्य छ । त्यसकारण अबको राजनीति गम्भीर मोडमा पुगेको छ । डा। भट्टराईको नेतृत्वको सरकार बढीमा मंसीर १४ सम्म टिक्ने राजनीतिक विश्लेषकहरुको रायलाई मान्न सकिने थुपै आधारहरु देखिन्छ । त्यसकारण अब प्रधानमन्त्री नियुक्ति सँग दिनगन्ती शुरु भएको बुझिन्छ । विजय गच्छदार शरदसिहं भण्डारी राजेन्द्र महतो जयप्रकाश गुत्ता जस्ता नेताहरुलाई सरकारमा सहभागी गराएर कसरी स्वच्छ पारदर्शी सरकार संचालन गर्नु हुन्छ यसले पनि उहाँको क्षमता प्रर्दशन हुन्छ । प्रधानमन्त्री भट्टराईलाई अबको दिनमा
कसरी पार्टी प्रतिपक्ष र छिमेकी मुलुक भारत र चीनले सहयोग गर्दछन् उनी हरुको नीति र रवैयाले पनि डा। भट्टराईको कार्यकालको मूल्याङकन गर्न सकिनेछ ।

गच्छदारले रोके यादवलाई

काठमाडौं । विगतदेखि नै माओवादीनिकटको मधेशी नेताका रुपमा परिचित उपेन्द्र यादवल्ााई माओवादील्ो सरकारमा सामेल्ा नगराउने भएको छ । मधेशी मोर्चाल्ााई साथमा ल्ािएर डा।
बाबुराम भट्टराईको नेतृत्वमा माओवादील्ो सरकार बनाएयता यादवल्ो प्रचण्डल्ााई पटक-पटक सम्पर्क गरी आफूल्ााई पनि सरकारमा सामेल्ा गरिदिन आग्रह गर्दै आएका थिए । यसरी यादवल्ो आग्रह गर्दा प्रचण्डले एकपटक बाबुराम भट्टराईजीसँग पनि कुरा गरौं भनेपछि यादव तिल्मिलाएका छन । यसै क्रममा गत साता

बालुवाटार प्रधानमन्त्रीनिवास मा उपेन्द्र यादवसँग प्रचण्ड र प्रधानमन्त्री भट्टराईबीच भेटवार्ता पनि भयो । सो वार्ताका क्रममा यादवल्ो आफू सरकारमा सामेल्ा हुन इच्छुक रहेको बताउँदै उपप्रधानमन्त्रीसहित एक मन्त्री या जम्मा तीन मन्त्रीको माग गरे तर प्रधानमन्त्रील्ो यादवको कुरालाई हल्का रुपमा लिएपछि उनी थप अन्योलमा परेका हुन । त्यसो त भट्टराईल्ो तत्काल्ा विजय गच्छदारल्ााई फोन गरी उपेन्द्र यादवजीहरुल्ााई सरकारमा सामेल्ा गर्नु कसो होल्ाा भनी सोधे । जवाफमा विजय गच्छदारल्ो भने ुमोर्चाल्ो छल्ाफल्ा गर्नुपर्छ । प्रचण्डल्ो बाबुराम देखाउने बाबुरामल्ो गच्छदार र गच्छदारल्ो चािहं मोर्चा देखाइदिएपछि उपेन्द्र यादव निकै दुःखी भएको समाचार स्रोतले अभियान टाइम्सलाई बतायो । बाल्ाुवाटार बैठकको निष्कर्ष सकारात्मक नभएपछि उपेन्द्र
निराश भएर बैठकबाट बाहिरिए । त्यसपछि उपेन्द्र यादवल्ो प्रचण्डको भित्री इच्छा बुझ्न आफ्नोनजिकका एक नेताल्ााई उपयोग
गरे । ुती नेताल्ो प्रचण्डको राय बुझिसकेपछि जे कुरा यादवल्ााई सुनाए त्यसपछि यादव झनै निराश बन्न पुगेका छन

देउवाद्धारा केन्द्रीय सदस्यबाट राजीनामा

काठमाडौं । नेपाल्ाी कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाल्ो केन्द्रीय सदस्यबाट
राजीनामा दिनु भएको छ । भ्रातृ संगठन विवाद चुल्ािँदै गएपिछ
वरिष्ठ नेता देउवाल्ो बुधबार पत्रकार सम्मेल्ान गरी पार्टी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको घोषणा गर्नु भएको हो । पार्टी कार्याल्ाय सानेपामा आयोजित पत्रकार सम्मेल्ऽनमा वरिष्ठ नेता देउवाल्ो सभापतिल्ो एकल्ााैटी गरेकाल्ो बाहिरै बसेर काम गर्न राजीनामा दिएको बताउनु भएको हो । ुमैल्ो पार्टीबाट सन्यास ल्ािन वा पार्टी फुटाउन राजीनामा दिएको हैन उहाँल्ो भन्नुभयो मेरो राजीनामा अन्याय अत्याचार र सहमति विपरितका कदमविरुद्ध हो । वरिष्ठ नेता देउवाल्ो कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच पार्टी

एकता हुँदा भएको सहमति तोडिएको जिल्ल्ाा सभापतिहरुको धुल्ािखेल्ा भेल्ााको सुझाव कार्यान्वयन नगरिएको र पदाधिकारी मनोनयनका समयमा भएको सहमति तोडेको देउवाको आरोप छे । सभापतिल्ो पार्टी फुटाउन चाहेको भन्दै त्यसल्ााई रोक्न पदबाट राजीनामा दिएको बताउनु भयो । राजीनामा घोषणा गर्दै देउवाल्ो आफ पनि अनशनकारीहरुको पक्षमा रहेको भन्दै आमरण अनशन तोड्न आग्रह गर्नुभयो । त्यस ल्ागतै पार्टी कार्याल्ाय सानेपामा १० दिनदेखि जारी अनशन तोडिएको हो ।
0

मेघा र सानिमा बैंकमा लफडा नै बढी

काठमाडौं । मेघा बैंक र सानिमा बिकास बैंक यतिबेला आन्तरिक किचलोमा फसेको छ । मेघा बैंकका सि।ई।ओ। अनिल शाहका कारण बैंक थप धरापमा पर्दै गएको छ भने सानिमा बिकास बैंकमा पनि सि।ई।ओ। कुमार लम्सालको असक्षमताले बैंकभित्र बबाल नै भएको छ । मेघाका शाहले आफु जुनसुकै बैंकमा जाँदा पनि गोठ नै बोकेर ब्यबस्थापनलाई खर्चिलो बनाउने गरेका छन । यतिबेला मेघा बैंकका तीन जना महाप्रबन्धकले काम भन्दा पनि तलब र सुविधामा बैंकलाई नोक्सानी पुर् याएका छन । महाप्रबन्धक रविना जोशी अनुपमा खुम्देली गोविन्द बहादुर गुरुङ्ग लगायतका कर्मचारीलाई रु। ७ लाख मासिक तलव र महङ्गो गाडी तेल सुविधा दिँदै बैंकलाई थला पारेका छन । उपलब्धि बिहीन कर्मचारी बोकी आफै समेत रु। १८ लाख सम्म तलव सुविधा भोग गर्ने शाह शेयरधनीलाई बार्षिक साधारण सभामा खाजामै सीमित तुल्याईदिएका छन । अब भने शेयरधनीले शाहको
लुटधन्दा टुलुटुलु हेरेर नबस्ने एक शेयरधनीले अभियान टाइम्सलाई बताएका छन । आफ्नो र गोठे टोलीको सेवालाई मुख्य ध्यान दिने शाहले यतिलाई महाप्रबन्धक रविना जोशीदेखि वाक्क समेत भएको समाचार स्रोतले बताएको छ । जोशी कार्यालय समयमा बढी बाहिरै हुन रुचाउने भएकाले शाहले कार्यालय समयमा खोज्दा समेत नभेटिएपछि उनी वाक्क भएका हुन । कार्यालय समयमा सम्बन्धित कामभन्दा ब्यक्तिगत काममा दौडिने शाह फेसन लगायतमा निकै सौखिन मानिने एक कर्मचारीले नाम नछाप्ने सर्तमा बताए । शेयरधनीलाई खासै उपलब्धि दिन नसकेको मेघा बैंक काम गर्ने कर्मचारीभन्दा अनिल शाह निकटकालाई भने राम्रै तलव सुविधा प्रबन्ध गरेको जानकारीमा आएको छ । निकै ठूलो जोसको रुपमा उद्घाटन गरिएको मेघा बैंक मात्र अनिल शाह निकटकालाई फलिफाप भएको छ भने शेयर धनीहरको पुर्पुरोमा हात परेके छर्लङ्ग भईसकेको छ । स्टाण्डर्ड चार्टर बैंक होस् या नबील बैंकमा रहँदा होस ब्यक्तिगत स्वार्थमा रमाउने अनिल शाहलाई मेघा बैंकको नौटंकी भने नौलो होईन एक बैंकका सि।ई।ओ।लॆ नाम उल्लेख नगर्ने सर्तमा बताए । शाहले आफुमात्र नभई कमाउने टोली नै बोकेर हिँड्छन जतिसुकै चर्का कुरा गरेपनि बैंकलाई फस्टाउन दिँदैनन । आफु र आफ्नालाई मोज गराउन पाए शेयरधनीको कुनै मतलव नराख्ने उनको पुरानै स्वभाव रहेको बताए । यता ुकु वर्गका लागि दौडिएको सानिमा बिकास बैंकलाई नेपाल राष्ट्र बैंकले धोती लगाईदिएको छ । सि।ई।ओ।sुमार लम्साल सहायक महाप्रबन्धक तेज बहादुर चन्दका कारण बैंकको आन्तरिक अनुशासन खराब कर्जा तथा नातेदार र आसेपासेको ऋणको अनियमितता बढ्दो देखेपछि राष्ट्र बैंकले सानिमालाई ुकु वर्ग सम्बन्धि अगाडि बढाएको फाईल प्रकि्रयामा रोक मात्र लगाएन भैरहेको अबस्थालाई राम्रोसँग साचालन गर्न निर्देशन समेत गरेको समाचार स्रोतले बतायो । ुकु वर्गका लागि आवश्यक रकम रु। २ अर्ब जोहो गरेपनि बैंकको फितलो नीति देखेपछि राष्ट्र बैंक थप अन्योलमा परेको बुझिएको छ । कमर्शियल बैंक बन्नका लागि सानिमाले केही रकमका भरमा राष्ट्र बैंकलाई प्रभाव पार्न खोजेपनि आन्तरिक ब्यबस्थापन ऋण प्रवाह कमिशनका चक्कर प्रष्ट देखिएपछि सानिमा बैंकले ुकु वर्गको स्थान नपाउने भएको हो । बैंकलाई थप जोखिमतिर धकेलेका लम्साल र चन्दलाई समेत सानिमाका साचालकहरुले अवदेखि हरेक कामको नियालेर लेखाजोखा गर्नुपर्ने निर्णय निकालेको जानकारीमा आएको छ । यी दुबै ब्यक्तिकै असक्षमताले बैंकको गुडविल बिग्रदै गएको प्रष्ट भएपछि साचालकहरु शेयरधनी लगायत चनाखो बनेका हुन । एनआरएन समुहको ठूलो लगानी भएको यस बिकास बैंकमा लम्सालको लुटतन्त्र देख्दा एक एनआरएन साचालक सदस्यले लम्साल र चन्दलाई सम्पुर्ण खराब कर्जा र अनियमितताको भागिदार गराउने बताएका छन ।
किष्ट बैंकलाई चर्चा नै प्यारो
राष्ट्र बैंकले बैंकहरुलाई मर्जरमा जान निर्देशन दिइरहेको अबस्थामा किष्ट बैंक भने इन्डियाको पाजाव नेशनल बैंकसँग सहकार्य गर्ने भनी आफ्नो बंैकको प्रचारलाई तिब्रता दिएको छ । भारतको पाजाव बैंकको पार्टनरसिपमा एभरेष्ट बैंकको बढ्दो आकर्षण देखेर किष्ट बैंकले पाजाब बैंकसँग सहकार्य हुने भन्दै प्रचार प्रसारलाई तिब्रता दिएको बुझिएको छ । आन्तरिक रुपमा खस्कदो किष्ट बैंकको अबस्थालाई जुनसुकै रुपमा उठाउनुपर्ने भन्दै सि।ई।ओ। कमल ज्ञवाली पाजाव बैंकसँग सहकार्य गर्न दौडिएका छन ।
0

रक्षामन्त्रीको अभिब्यक्ति विरुद्ध अनेरास्ववीयूले आन्दोलित

काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयूले रक्षामन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर आन्दोलनमा उत्रिएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर अनेरास्ववीयूले रक्षामन्त्रीको अभिब्यक्ति चार बुँदे सहमति भित्रकै कुरा हो कि होईन भनी प्रधानमन्त्रीसँग स्पष्ट जवाफको माग गर्दै प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिए देश व्यापी आन्दोलन उत्रने चेतावनी दिईयो ।उसले देश टुक्राउने धम्कि दिने रक्षामन्त्री भण्डारी देश टुक्र्याउने षडयन्त्रका मतियार बन्दैगएको भन्दै यस्ताविरुद्ध अनेरास्ववियुले लाखौं विद्यार्थीहरुलाई सड्कमा उतारेर संघर्ष गर्ने चेतावनी समेत दिएको छ । उनीहरुले मंगलबार साँझ बागबजारबाट रक्षा मन्त्रीको पुत्लासहित र्याली निकाली रत्नपार्कमा दहन समेत गरिसकेका छन् ।अनेरास्ववियु केन्द्रीय कमिटीले रक्षामन्त्री शरतिसंह भण्डारीले रिपोर्टस्र क्लव नेपालमा राष्ट्र र राष्ट्रियतामा गम्भिर आँच आउने अभिव्यक्ति दिएको मा आपत्ति प्रकट गर्दै तत्काल राजीनामाको मागपनि गरेको छ ।
उनीहरुले मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत रहेका रक्षा मन्त्री भण्डारीले २२ जिल्लाका मधेशी जनताले चाहे भने राज्य टुकि्रनेमा कुनै तागतले छेक्न सक्दैन भनी दिएको अभिव्यक्ति प्रति प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै । राष्ट्रघाती अभिब्यक्ति दिने मन्त्रीलाई तत्काल पद्बाट हटाउन माग पनि गरेको छ । अनेरास्ववीयूले साम्राज्यवादी प्रभूत्ववादी तथा विस्तारवादी शक्तिले नेपाली राष्ट्रियता माथी गिद्धे दृष्टि लगाईरहेको बेला रक्षामन्त्रीले दिएको अभिव्यक्तिले राष्ट्र टुक्र्याउने एमाओवादी र संयुक्त मधेशी मोर्चाबीचको ४ बुँदे सहमति देश टुत्रुयाउने भित्रैदेखिको डिजाईन भएको आरोप लगायो ।
0

तेस्रो लिङ्गीले सरकारसंग कण्डम मागे

तेस्रो लिङ्गीले सरकारसंग कण्डम मागे

काठमाडौं । मुलुकमा रहेका ८ प्रतिशत तेस्रो लिङ्गीहरुले आपुूहरुले पहिचानसिहतको नागरिकता स्वस्थ्य जीवन यापनको लागि कण्डम र लुवि्रकेण्ट्सको माग गरेका छन् । मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै उनीहरुले महिला र पुरुष भन्दा फरक लैङ्गीक पहिचान तथा यौन अभिमूखिकरणका कारण यौनिक तथा लैङ्गीक अल्पसंख्यक समूदायका व्यक्तिहरुले समाजमा अपहेलित बन्नुपरेको भन्दै पहिचानसहितको नागरिकता र यौनजन्य रोगबाट बच्नका लागि अस्थायी साधनको माग गरेका हुन् । उनीहरुले सर्वोच्च अदालतले महिला र पुरुष जस्तै तेस्रो लिङ्गी वा समलिङ्गीहरु पनि मानव हुन र यो देशका नागरिक भएको भन्दै उपयुक्त कानुन बनाउनु वा संशोधन गर्न भनी नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको ४ वर्ष वितिसक्दा पनि सर्वोच्च अदालतको फैसला कार्यान्वयन हुन नसकेकोमा आपत्ति जनाएका थिए ।

पत्रकार सम्मेलनमा उनीहरुले नागरिकताको अभावमा अन्य नेपालीहरुले पाउँदै आएको सुविधा शिक्षा रोजगार स्वास्थ्य सम्पत्ति जस्ता नैसर्गिक अधिकारबाट बिाचत हुनुपरेको भन्दै केही जिल्लाका
केही व्यक्तिहरुले तेस्रो लिङ्गीको नागरिकता प्राप्त गरेको भए पनि पहिचान नखुलेकाले हरेक क्षेत्रमा अपहेलित बन्नुपरेको गुनासो पोखॆ ।
उनीहरुले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका व्यक्तिहरुको मानव अधिकार तथा कानुनी अधिकारहरुको संरक्षण स्वास्थ्यको अधिकार विषेश गरी एच। आई।भि एड्स तथा यौनजन्य रोगहरु
को रोकथामका लागि ग्लोवल फण्ड राउण्ड ७ र युएनडिपी डिफिडको सहयोगलाई विश्वबैङकले निरन्तरता दिने भने पनि स्वास्थ्य मन्त्रालयको कारण विगत २ महिनादेखि बन्द भएकोले खाने वस्न जटिल बन्दै गएको दावी गरे ।

यौनिक तथा लैङ्गी अल्पसंख्यक समुदायको अधिकार तथा स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको नील हिरा समाजले ४० वटा सहरमा गर्ने कार्यक्रम बन्द हुने अवस्थामा पुगेका दावी गरेको छ । कार्यक्रममा बोल्दै नील हिरा समाजका संस्थापक सुनिल बाबु पन्तले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई नागरिकता नदिएर राज्य अपराधि बनेको आरोप लगाए । उनले भने राज्यले हेलचेक्र्याँई गरिदिँदा हामी राज्यको तर्फबाट पाउनुपर्ने सबै अवसरबाट बिाचत बनेका छौं ।

पूर्वााचलबाट प्रतिनिधित्व गरेकी मनिषा विष्टले स्वास्थ्य नै सेक्स भएकाले स्वस्थ्य बन्नका लागि आफूहरुलाई कण्डम लुवि्रकेण्ट्सको अभाव भएको बताईन । तेस्रो लिङ्गी सुमन लामा मनकुमारी तामाङ ले आपुू तेस्रो लिङ्गी भएको कार्ड देखाउँदासमेत गाडी कलेजमा अपहेलित बन्नुपरेको गुनासो गरिन ।



0

आफ्नो नाममा कुनै बारेन्ट जारी नभएको शाहको घुर्की

काठमाडौं । भूमि सुधार तथा ब्यवस्था मन्त्री प्रभु साहले आफ्नो नाममा कतैबाट पनि पक्राउ पुर्जी जारी नभएको दावी गरेका छन् । हिन्दुवादी कार्यकर्ता काशी तिवारी हत्या काण्डमा पक्राउ पुर्जी जारी भएको भनि मंगलबार प्रकाशित एक राष्ट्रिय दैनिक पत्रिकामा समाचार प्रकाशित भएपछि काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री साहले समाचारमा आए जस्तो आफ्नो नाममा कतैबाट पनि पक्राउ पुर्जी जारी नभएको दावी गरे ।उनले भने-समाचार आएपछि मैले गृहमन्त्री प्रहरी र संविधानसभा सबैतिर बुझे तर कतै पनि कुनै पत्र मेरो नाममा आएको छैन । मलाई बदनाम गराउने योजना अन्र्तगत त्यस्तो समाचार आएको हो । मन्त्री साहले आफू शान्ति संविधान जनतालाई राहत र भूमि सुधारको काममा लागेको बेला भू-माफीया र शान्ति संविधान विरोधीहरुले यो जनाबद्ध ढंगले आफूलाई र पार्टीलाई बदनाम गराएर प्रभावित पार्ने योजना बनाएको दावी गरे ।

उनले आफ्नो चरित्र र राजनीतिक जीवनको हत्या गर्ने योजनाका साथ प्रचार प्रसार गरिएको भन्दै त्यस सबैलाई सचेत हुन समेत आग्रह गरेका छन् । कार्यक्रममा भोजपुरा राज्य समितिका ईन्चार्ज भीमप्रसाद गौतमले माओवादी पार्टी र हिन्दुवादी कार्याकर्ता काशी तिवारीवीचकुनै पनि किसिमको सम्बन्ध नरहेको भन्दै जवरजस्ती मन्त्री र पार्टीलाई बदनाम गर्ने योजनाका साथ प्रचारबाजी गरिएको दावी गरे । उनले पनि माओवादी शान्ति र संविधान निर्माणमा अगाडि बढी रहेको बेला शान्ति र संविधान बन्ने भो भनी आत्तीएका शान्ति संविधान विरोधीहरुले माओवादी र अरुको ध्यान अर्कै तीर मोडन चलाएको हल्ला भएको बताए ।
भोजपुरा राज्य समितिकी सचिव अन्जना विशंखेले तिवारी हत्यामा किटानी जाहेरी नपरेका मान्छेलाई माओवादी कार्यकर्ताको रुपमा देखाएर किटानी बयान भनि दष्प्रचार गरिएको आरोप लगाईन । उनले आफ्ना दर्जनौ कार्यकर्ताको हत्या भएकोमा प्रहरीले कुनै अनुसन्धान नगरी हुँदै नभएको घटनामा मन्त्रीलाई जोडेर पार्टीलाई बदनाम गराउने योजना अन्र्तगत काम भएको दावी गरिन । विशंखेले सन्चारमाध्यमलाई पनि सत्य तथ्य बुझेरमात्रै समाचार प्रकाशित गर्न आग्रह गर्दै माओवादीलाई सौताको जस्तो ब्यवहार नगर्न सुझाव दिईन ।


0

इजरायल र कोरिया पठाउनेदेखि होसियार


काठमाडौँ । इजरायल र दक्षिण कोरिया नाममा लाखौं रकम असुल्दै हिड्ने गिरोह सक्रिय भएको समचार सार्वजनिक भएपछि सरकारले त्यसप्रति चासो देखाएको छ । श्रम तथा यातायात व्यवस्था मन्त्रालयले इजरायल तथा दक्षिण कोरियामा वैदेशिक रोजगारीका लागि नेपालीलाई श्रम स्वीकृति नआएको प्रष्ट पारेको छ । हालै विभिन्न सञ्चारमाध्यमहरुमा  इजरायल तथा दक्षिण कोरियामा श्रम स्वीकृति आएको भन्दै विभिन्न मेनपावर कम्पनीहरुले झुटो प्रचारप्रसार गरेकामा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । सहप्रवक्ता कृष्णहरि पुष्कर कर्णले इजरायल तथा दक्षिण कोरियाबाट हालसम्म कुनै श्रम स्वीकृत प्राप्त नभएकाले यस्ता अनर्गल प्रचारप्रसारको पछि नलागी ठगिनबाट बच्न आग्रह गरेका छन् । हाल विभिन्न मेनपावर कम्पनी तथा एजेन्टहरु दक्षिण कोरिया र इजरायल पठाउने भन्दै ठगीमा संलग्न रहेका छन् । उता, वैदेशिक रोजगारीमा देखिएको ठगी प्रति प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत विशेष चासो देखाएका छन् । रोजगारीको खोजीमा विदेशिने नेपाली कामदार ठगिने क्रम बढेको भन्दै प्रधानमन्त्रीले त्यसलाई रोक्न निर्देशन दिएका छन् । प्रधानमन्त्री डा. भट्टराईले श्रम सचिव डा. रामहरि अर्याललाई वैदेशिक रोजगारीमा जाने कामदारमाथि ठगी भइरहेको व्यापक गुनासो आएकोले  त्यसलाई रोक्न तुरुन्तै बिशेष कार्यक्रम तयार गर्न निर्देशन दिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्रीको निर्देशनपछि श्रम सचिव अर्यालले विज्ञ, व्यवसायी र मातहतका सरकारी कार्यालय प्रमुखहरूलाई विहिबार बैठकका लागि बोलाएका छन् । अर्यालले प्रधानमन्त्रीले ठगी रोक्न ठोस कार्ययोजना बनाउन निर्देशन दिएको र त्यसैका लागि तयारी थालिसकेको बताएका छन् । राज्यले अवसर दिन नसकेका कारण विदेशिन बाध्य नेपाली युवामाथि उल्टै ठगी हुनु लज्जाको विषय भएको भन्दै प्रधानमन्त्रीले कुनैपनि हालतमा ठगी हुन नदिन निर्देशन दिएका थिए । न्यूयोर्कबाट नेपाल फर्किने क्रममा कतारमा रहेका नेपालीहरूले प्रधानमन्त्री भट्टराईलाई भेटेर वैदेशिक रोजगारीमा जाने कामदारमाथि भएको ठगी रोक्न आग्रह गरेका थिए । पुनः श्रम स्वीकृतिका नाममा विदेशिने कामदारमाथि आर्थिक भार थोपिरिएको, एउटा कामको लागि स्वीकृति लिएर अर्कै काममा पठाइएको, दुईथरी श्रम सम्झौता गरि कम तलवमा काम लगाउने गरिएको लगायतका गुनासो उनीहरूले प्रधानमन्त्रीसमक्ष राखेका थिए । काठमाडौंबाट न्यूयोर्क जाँदा र फर्किंदा नेपाली कामदारहरूसँगै इकोनोमिक क्लासको सिटमा यात्रा गरेका प्रधानमन्त्रीसमक्ष जहाजभित्रै पनि नेपाली कामदारहरूले आफ्ना समस्या राखेका थिए । यसअघि न्यूयोकमा संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले कामका लागि विदेशिने आप्रवासी कामदारका हक सुनिश्चीत गर्न विश्व समुदायलाई आग्रह गरेका
थिए । नेपालबाट करिव बीस लाख नेपालीहरू कामको खोजीमा खाडी मुलुकहरूमा गएको भन्दै प्रधानमन्त्रीले उनीहरूको न्यूनतम अधिकार सुनिश्चित गर्न विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।