Total Pageviews

Wednesday, December 7, 2011

0

खोलो गरेर लौरो बिर्सिएः गुप्ता

 खोलो गरेर लौरो बिर्सिएः गुप्ता सञ्चार मन्त्री जेपी गुप्ताले ‘मंसिर १४ को खड्गो टार्न मात्र मधेसी मोर्चाले जे जे भनेको छ त्यही मानेको’ प्रधानमन्त्रीको अभिव्यक्ति अराजनीतिक भएको टिप्पणी गर्नु भएको छ ।
वीरगञ्जमा बुधबार आयोजित पत्रकार सम्मेलनमा गुप्ताले प्रधानमन्त्रीले ‘खोलो तरेर लौरो बिर्सिएको’ बताउनु भयो । उहाँले सरकार गठनका क्रममा मधेसी मोर्चासँग भएको चारबुँदे सहमति पुनर्विचार गरे आफूहरुले पनि सरकारबारे पुनर्विचार गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो-’मधेसी मोर्चासँगको सहमतिबारे माओवादस्ले पुनर्विचार गरे हामी पनि सत्तामा रहने नरहनेबारे पुनर्विचार गर्न सक्छौं ।’
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिव्यक्तिलाई अराजनीतिक भाषा र अपरिपक्क भन्दै फोरम गणतान्त्रिका अध्यक्ष समेत रहेका गुप्ताले यसबारे कुरा गर्ने समेत बताउनु भयो । उहाँले चारबुँदे सहमति कार्यान्वयन नभए सहमतिमा शान्ति र संविधान निर्माण हुन्ा नसक्ने चेतावनी समेत दिनुभयो ।
0

जोरपाटी गाविसमा सचिबको नाङगो नाच लाखौ रुपैयाँ अबैधरुपमा संकलन


काठमाडौं । काठमाडौं महानगरपालीका संगै जोडीएको काठमाडौं जिल्ल अन्तरगत पर्ने जोरपाटी गाउ विकास समितिका सचिबले विभिन्न वहाना बनाई गाविसमा काम लिएर आउने संग अबैध रकम संकलन गर्ने गरेको रहर् य खुल्न आएको छ । सो गाविसका सचिब लक्ष्मणकुमार बरालले पछिल्लो राजनीतिक संक्रमणको फाईदा उठाउदै नक्कली योजना र स्थानीय बासिन्दासंग रकम संकलन गरेको स्थानीय बासिन्दाहरुको भनाई रहेको छ । राजधानीको गाविसमध्ये बढी जनघनत्व एंव अत्याधिक आर्थिक कारोबार हुने गरेको सो गाविसमा सचिब बरालले पटक-पटक नागरिकताको सिफारीस लिन आउनेदेखि नक्कली योजनामा रकम विनियोजन गरि लाखौ रुपैयाँ संकलन गरेको जोरपाटीका स्थानीय बासिन्दा टासीलाक्पा शेर्पाले बताए । शेर्पाका अनुसार उनीले आफ्नो नागरिकताको सिफारीसकालागि सवै प्रमाण जटाएर गाविसमा जादाँ समेत सचिबले विभिन्न बहाना बनाई मलाई महिनौ दिनदेखि नागरिकताको सिफारीस दिनबाट बन्चीत गरेको आरोप लगाए । उनले भनेुसचिबले काममा रोकावट गर्दै १ लाख रुपैयाँ माग गरे सचिबले रकम नदिएमा मलाई चिनीयाँ नागरिक भएको भन्ने विवरण तयार गरि बन्चित बनाउने भनेका छन् ।ु

सो गाविसमा विकासनिमार्णको रकम समेत अन्नेत्र खर्च गरि नक्कली विलभरपाई गर्दे रकम हिनामिना गरेको आरोप स्थानीय बासिन्दाको रहेको छ । स्थानीय बासिन्दाले दिएको जनाकारी अनुसार विचिन्न कल्व र संघ÷सस्थालाई रकम विनियोजन गरि सोबाट ७० प्रतिशत रकम आफुले लिने गरेको आरोप रहेको छ । यसरी सचिब बरालले बार्षिक १ करोड रुपैयाँ अबैध रुपमा अनेन्त्र खर्च गर्ने गरेको पाईएको छ । यसरी अबैध रुपमा विकास निमार्णको रकम अनेन्त्र खर्चगर्नकालागि स्थानीय राजनीतिक दलका नेता र गाविस सचिब बराललको संलग्नतामा सो अबैध कार्या हुदै आएको बताईन्छ ।

Sunday, December 4, 2011

0

आयात÷निर्यात फर्महरु मापदण्ड विपरित सामान्य व्यापारीको फर्म अयोग्य ः विभाग


काठमाडौ । नेपालबाट बैदेशिक बजारमा नेपाली सामान निर्यात गर्ने र बैदेशिक वजारबाट नेपालतर्फ सामान आयात गर्ने अधिकाशं फर्महरु अन्तर्राष्ट्रिय मापदण्ड विपरित भएको भन्सार विभागको अनुसन्धानबाट खुल्न आएको छ । विभागले गत साउनको दोस्रो साताबाट अनुसन्धान सुरु गरेको सो विषयमा बढीमात्रामा नेपालको उत्तरी नाकाबाट सामान आयात÷निर्यात गर्ने व्यापारिक फर्महरु अबैधानीक भएको निर्णय विभागको रहेको छ । यसरी अबैधरुपमा नेपालतर्फ बढीमात्रामा सामान आयात गर्ने सिन्धुपाल्चोक जिल्लाको तातोपानी भन्सार कार्यलय र रसुवा भन्सार नाकाबाट कारोबार गर्ने गरेको सेमत खुल्न आएको छ । भन्सार कर्मचारीलाई केही रकम दिएर अबैध सामान ओसार प्रसार गर्ने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नभएको भन्दै एसकेजे इन्टरनेशनल विजनेश प्रालिकान्तिपुर विजनेश ग्रुप गोसाईकुण्ड इन्टरनेशनल विजनेश प्रालिसिन्धु इन्टरनेशनल विजनेश प्रालि जुगल इन्टरनेशनल प्राईजेज जीएन इन्टरन प्राइजेज र अरनीको गु्रप अग्रपंक्तीमा रहेका छन् । यसरी अन्तराष्ट्रिय मापदण्ड विपरित भन्सार कारोबार गर्नेमा सिन्धुपाल्चो उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठनेपाल उद्येाग वाणिज्य महासंघका केन्द्रीय सदस्य विष्णुबहादुर खत्रीहिमालय सिमापार वाणिज्य संघका निवर्तमान अध्यक्ष दुर्गाबहादुर श्रेष्ठरोशनबहादुर थापा नविन थापा गणेश भन्डारी सुमन खत्री गोपाल श्रेष्ठ निमफुाजो शेर्पा र निकण्ठ चौलागाईको फर्महरु रहेको विभागले अनुमान गरेको छ । नेपालबाट विभिन्न बैदेशिक मुलुकमा सामान आयात÷निर्यातकर्ताहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप नभएको भन्दै गत साउन महिनादेखि सो फर्महरुलाई कटौती गर्ने कार्यमा भन्सार विभाग असफल भएको छ । विभागले मुलुकभरका भन्सार नाकाबाट विभिन्न सामानको आयाय÷निर्यात गर्ने अधिकाशं आयात÷नियातकर्ताहरु अन्तराष्ट्रिय मापदण्ड अनुरुप अयोग्य रहेको भन्दै सो मापदण्ड अनुरुप नभएका आयात÷निर्यातकताहरुको फर्मलाई रद्ध गरिने भनिएता पनि ५ महिना वितिसक्दा समेत सो विषयमा कुनै कारवाही अगाडी बढ्न सकेको छैन । देशभरका मुख्य भन्सार कार्यालयमा कार्यरत प्रमुख भन्सार अधिकृतहरुले चाहिने भन्दाबढी आयात÷निर्यातकर्ताको व्यापारिक फर्म भएकाले सो फर्महरु घटाउन विभागमा माग गरेपनि हाल सम्म काम नहुदा नाकामा भन्सार ऐजेन्टहरुको मात्र भिड लाग्ने गरेको बताएका छन् । नेपालमा भारत÷चीन लगायत तेस्रो मुलुकमा सामान निार्यात तथा आयातकालागि हाल सम्म कारोबार गर्न पाएका मध्ये ९५ प्रतिशत आयतकता र निर्यातकर्ता अयोग्य रहेको विभागले पुष्टी गरेको छ । नेपालजस्तो देशमा ४० हजार भन्दाबढीले विभिन्न भन्सार नाका प्रयोगगरि सामानको आयात÷निर्यात गर्ने गरेका कारण कस्को नाममा कुन सामान आउदै छ भन्ने बारेमा अनुगमन गर्न समेत समस्या परेको विभागले जनाएको छ । भन्सार विभागका अनुसार आबश्यक भन्दाबढी आयात÷निर्यातकर्ता भएकाले कुन समुहले कसको नाममा फर्म दार्ता गरेको छ र सामान कस्ले आयात गरेको छ भन्ने जानकारी लिन समेत विभाग असपफल भएको स्वीकारेको छ । विभागका अनुसार मुलुकमा साचालीत भन्सार कार्यालयमा बढीमा ३ महिनाकालागि विभिन्न्ा नाममा फर्महरु दर्ता गराएर व्यापारिक कारोबार गर्ने गरेकाले त्यसको प्रत्यक्ष असर राजस्व असुलीमा पर्ने विभागले जनाएको छ । भन्सार विभागका अनुसार अस्थायी व्यापारीक फर्महरु दर्ता गराएर विभिन्न भन्सार नाकाबाट सामानको आयात÷निर्यात गर्ने गरेका र सोही फर्महरुले बढीमात्रामा भन्सार चुहावट गरेका कारण भन्सार राजस्व अन्तशुल्कभ्याट कर संकलनमा प्रत्यक्ष असर पर्न गरेको अनुधन्धानबाट खुलेको जनाएको छ । नेपालमा एकभन्दाबढी सामानको आयातगर्ने गरेका कारण बढीमात्रामा भन्सार चुहावटलाई नियन्त्रण गर्न कठिन भएको भन्सार कार्यालयहरुले जानएकाछन् । सो फर्महरुबाट बैद्यभन्दापनि अबैद्य सामानको आयात गर्ने गरेकाकारण त्यसकार्यको नियन्त्रण गर्न विभागले विशेष कार्यक्रम ल्याउन लागेको योजना समेत स्तउने गृहकार्या गरेको विभागले जानएको छ । विभिन्न भन्सार नाकाबाट आयातकर्ताको नामबाट खोलीएका फर्महरुमा अधिकाश नक्कली व्यक्तहरुको नाममा रहेको समेत प्रारम्भीक अध्ययनमा देखिएको विभागले जनाएको छ । भन्सार नाकाबाट बास्तविक आयातकर्ताको नामबाट कुनैपनि प्रमाणीत हुने कागजात नभएको तर विभिन्न ग्रामीण भेगका न्यून आयभएकाहरुको नामबाट व्यापारिक फर्म खोली फर्मदर्ता गराएकाले गर्दापनि सक्कली आयतकर्ता भेटाउन भन्सार कार्यालयले नसकेको विभागले जनाएको । सामान्य रुपमा आन्तरिक राजस्व विभागबाट अन्तशुल्क प्यान नम्बरमा फर्म दर्ता गरे पछि आफुलाई मनलागेको समानको आयात तथा निर्यात गर्ने गरेकाछन् ।

Wednesday, November 30, 2011

0

प्रधानमन्त्री बाबुराम भट्टराई कोइरालाबीच भेटवार्ता

प्रधानमन्त्री बाबुराम भट्टराई बिहीबार बिहान प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीच भेटवार्ता भएको छ ।  सभापति कोइराला निवास महाराजगन्जमा भएको भेटवार्तामा नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको कामकारबाहीको बारेमा छलफल भइरहेको महाराजगन्ज स्रोतले जनाएको छ ।
भट्टराई बुधबार लडाकु शिविरहरुमा भइरहेको वर्गीकरण प्रक्रिया अनुगमन गरेर फर्केका छन् । भट्टराईसंगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल र विशेष समितिका सदस्यहरु लडाकु शिविर पुगेका थिए ।
शिविर अनुगमनपछि वर्गीकरण प्रक्रियामा अन्तिम चरणमा पुगेको बारे प्रधानमन्त्रीले कोइरालालाई जानकारी गराएको बुझिएको छ । त्यस्तै समायोजनमा जाने लडाकुको संख्या बढेको बारेपनि दुई नेताबीच कुराकानी भएको छ । दलहरुबीच ६ हजार ५ सय लडाकुलाई सुरक्षा निकायमा समायोजन गर्ने सहमति भएपनि वर्गीकरणपछि समायोजनमा जाने लडाकुको संख्या बढी देखिएको छ । माओवादीले समायोजन संख्या ९ हजार पु¥याउने विषयमा दलहरुसंग छलफल थाल्ने बताएको छ । कोइरालाले कब्जा जग्गा फिर्ताका विषयमा भएको प्रगति र त्यसमा जारी व्यावधान बारे पनि चासो राखेको बताईएको छ ।
0

बाल्टिमोरमा भण्डारीको निधन बाना द्धारा आर्थिक सहयोगको अपिल


लमजुङ्ग जिल्ला खुदी गा.वि.स. वडा नं. १ निवासी बुवा श्री कोमल बहादुर भण्डारी तथा माता हुमा भण्डारीका छोरा नारायण भण्डारी सन् २००३ को डिसेम्बरमा विद्यार्थी भिसामा अमेरीका आएका थिए । भू.पू. शैनिक आवासिय विद्यालय लमजुङ्ग बेसी शहरबाट एस.एल.सी. परीक्षामा जिल्लाको प्रथम भएका र अमृत साइन्स कलेजबाट आइ.एस्सी.मा प्रथम भएका नारायणले यूनिभर्सिटी अफ मेरिल्याण यूनिभर्सिटी कलेजबाट कम्प्र्युटर साइन्समा अन्डरग्राजुयट गरी सोही यूनिभर्सिटीबाट ग्राजुयट गर्ने तयारीमा रहेका थिए ।
नोभेम्वर १० तारिख राती ८ः३० वजेतिर फोहर फाल्न कोठा बाहिर निस्केका नारायणको शव ८ दिन पछि अर्थात नोभेम्वर १८ तारिखका दिन प्रहरी अधिकृत रोबर्ट बन्र्सले नारायणको अपार्टमेन्ट सँगै रहेको पार्कको छेउमा सुतिरहेको अवस्थामा फेला परेको बताएका छन् । नारायणको शव बाल्टिमोर मेडिकलमा राखिएको छ । बाल्टिमोर मेडिकल एक्जामिनर कार्यलायले अजै सम्म पनि निधनको बारेमा केही भन्न नसकिने कुरा बताएका छन् । वानाको अनुरोधमा नारायणको शवलाई यहि डिसेम्बर ५ सम्म सोही मेडिकलमा नै राखिने विशेष व्यवस्था मिलाइसकिएको छ ।
यस दुःखद् घडीमा बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (वाना) स्वर्गीय नारायण भण्डारीको मृत आत्माको चिर शान्तिको प्रार्थना गर्दै शोकाकुल परिवारजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछ । नारायणको परिवारमा परेको यस दुःखद् समस्या हामी सबैको साझा समस्या भएकोले बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (वाना) सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा आफूले सक्ने सहयोगको लागि विनम्र अनुरोध गर्दछ ।
0

राई बल्ल अतिरिक्तमा

काठमाडौं,  सरकारले विवादास्पद सहसचिव गणेश राईलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कारबाहीस्वरुप अतिरिक्त समूहमा सार्ने निर्णय गरेको जानकारी एक मन्त्रीले दिए ।
प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो निर्देशनसमेत नमानी बदमासी गरेको भन्दै मन्त्रिपरिषदको तीन साताअघि बसेको बैठकबाट काठमाडौं महानगरका कार्यकारी अधिकृत राईलाई सामान्यको अतिरिक्त समूहमा सरुवाको निर्णय गराएका थिए ।
तर उपप्रधान एवं गृह मन्त्री विजयकुमार गच्छदारको दबाबमा मन्त्रिपरिषदको निर्णय सच्याई राईलाई गृह मन्त्रालयमा सरुवा गरिएको थियो । गृहमा सरुवा भइसकेपछि पनि उनी महानगरको कार्यकारी अधिकृतका रुपमा एक साता लामो इक्वेडर भ्रमणमा गएका थिए ।
प्रधानमन्त्री भट्टराईले एक साताअघि सार्वजनिक रुपमा ुमन्त्रिपरिषदले कारबाहीस्वरुप अतिरिक्तमा सारिएका राई कसरी गृहमा सरुवा हुन पुगे म आफैंले बुझ्न सकेको छैनु भनेपछि गृह मन्त्री गच्छदारले राईलाई आफ्नो मन्त्रालयमा प्रवेशै गर्न पनि नदिने बताएका थिए ।
प्रधानमन्त्रीकै प्रस्तावमा सोमबारको मन्त्रिपरिषद बैठकबाट राईको सरुवाको निर्णय सच्याएर अतिरिक्तमा सारिएको स्रोतले उल्लेख गरेको छ । इक्वेडरबाट फर्किसके पनि उनलाई अतिरिक्तमा सारिएको पत्र बुझाउन भने बाँकी छ
0

गैरकानुनी सरुवालाई सहमति दिएको गलपासो


काठमाडौं,- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मन्त्रालय र विभागबाट अवधि नपुगीकन कानुनविपरीत ठूलो मात्रामा भइरहेका सरुवामा आधार र कारणबिना नै सहमति दिने गरेकामा सामान्य प्रशासन मन्त्रालयका सचिव प्रतापकुमार पाठकसित स्पष्टीकरण सोधेको छ ।
निजामती ऐन तथा नियमावलीअनुसार सम्पूर्ण निजामती कर्मचारीहरुको सरुवाको नियमन गर्ने सामान्य प्रशासन मन्त्रालय नै विभिन्न मन्त्रालय र विभागको अवधि नपुगेका सरुवामा सहमति दिएर गैरकानुनी कामलाई सदर गर्ने मतियार बनेकाले त्यसका सचिवलाई स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी अख्तियारका एक अधिकारीले दिए ।
विभिन्न मन्त्रालय र कार्यालयले विभिन्न बहाना देखाई अवधि नपुगेका कर्मचारीहरुको सरुवा गर्ने गरेको र सामान्य प्रशासनले आधार तथा कारणबिना नै त्यसमा आफूखुसी सरुवा सहमति दिने गरेको सार्वजनिक भएपछि अख्तियारले त्यसमा छानबिन गर्न निजामती कर्मचारीहरुको सरुवा बढुवाको नियमन गर्ने सामान्य मन्त्रालयका सचिवसित स्पष्टीकरण सोधेको हो ।
अख्तियारले बुधबार विज्ञप्ति जारी गरी कानुनविपरीत भइरहेका सरुवा र त्यसमा आधार तथा कारणबिना नै दिइएका सहमतिको निर्णयको छानबिन गर्न साउन १ देखि हालसम्म कुन-कुन मन्त्रालयबाट के आधारमा कर्मचारीहरुको काज÷सरुवाको निर्णय भई सहमति माग भई आएका छन् त्यसको फेहरिस्त उपलब्ध गराउन सामान्य प्रशासन मन्त्रालयलाई निर्देश गरेको छ ।
अख्तियारले स्पष्टीकरणपत्रमा साउन १ देखि हालसम्म सामान्य प्रशासन मन्त्री र सचिवस्तरबाट विभिन्न मन्त्रालय र विभागलाई के कति संख्यामा सरुवा सहमति दिने निर्णय निर्णय भएको छ र त्यसको आधार तथा कारणसहितको विवरण ५ दिनभित्र आयोगमा दिनसमेत सचिव पाठकलाई निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।
एक ठाउँमा दुई वर्ष नपुगी कर्मचारीको सरुवा गर्न नपाइने कानुनी व्यवस्था छ । विशेष परिस्थितिमा मात्र विभिन्न मन्त्रालयले अवधि नपुगेका कर्मचारीलाई सामान्यको सहमति लिएरमात्र सरुवा गर्न सक्छन् । तर सामान्यले स्पष्ट आधार र कारण भएमात्र सरुवा गर्न सहमति दिने कानुनी व्यवस्था छ ।
तर नयाँ सरकार गठनसँगै विभिन्न मन्त्रालय र विभागमा मन्त्रीहरुले विकासनिर्माण र विभिन्न कार्यालयका काममा नकारात्मक प्रभाव पार्ने र आफ्नो आर्थिक स्वार्थ पूर्ति गर्ने गरी जथाभावी सरुवा गर्ने प्रवृत्ति बढ्दै गएको छ । त्यस्ता गैरकानुनी निर्णयलाई रोक्ने दायित्व भएको सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयका मन्त्रीको दबाबमा निरिह भएर आधार र कारण बिना नै सहमति दिने गरेको पाइएपछि अख्तियारले दोषीमाथि कारबाही गर्न छानबिन गर्ने निर्णय गरेको जानकारी स्रोतले दिए ।
साउन १ पछि सबभन्दा बढी सरुवा भएका मन्त्रालयमा स्थानीय विकास, भौतिक योजना तथा निर्माण, िसंचाइ, अर्थ, गृह, कृषि, वन, भूमिसुधार, स्वास्थ्य छन् । तिनमा मन्त्रीहरुले आफ्नो आर्थिक स्वार्थपूर्ति गर्न विकासनिर्माण र विभिन्न आयोजना तथा कार्यालयका काम नै प्रभावित हुने गरी ठूलोमात्रामा कर्मचारीहरुको काज/सरुवा गर्दै आएका छन् ।
0

क्लब अफ पोखरा माछापुच्छे्र द्वारा शैक्षिक सामाग्री बितरण

कास्कीको अर्मला गाविस वडान ं ५ ओख्लेमा रहेको तारा ज्योती भवन प्राथामिक विद्यालयका विद्यार्थीहरु लाई आज लायन्स क्लब अफ पोखरा माछापुच्छे्रले शैक्षिक सामाग्री बितरण गरेको छ ज्योती भवन विद्यालयमा रहेका ३७ जना विद्यार्थी लाई आज झोला कापि कलम र बिद्यालय लाई शैशिक तथा खेल कुदका सामग्री हस्तान्त्ररण गरीएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जोन चियर पस्रन एम जे एफ लायन दिनबन्दु पौडेलले २०१७ सालमा स्थापना भएको विद्यालयमा बर्षेनी विद्यार्थीको सख्या घट्दै जानु दुखद भएको बताउनु भयो ।कार्यक्रमका विशेष अतिथि लायन छविलाल सर्माले लायन्स क्लब अफ पोखरा माछापुच्छलॆ्र विभिन्न ठाँउमा कार्यक्रम गर्दे आएको बताउदै माछापुच्र्छे्रको कार्यक्रम बाट आफु प्रभावित भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै डेपुटी क्याबीनेट सेक्रटरी लायन रामचन्द्र पोख्ररेलले विश्वको सवै भन्दा ठुलो सामाजीक संस्था लायन्स क्बल रहेकेा जानकारी दिदै हुनेहरुले नहुने हरु लाई सहयोग गर्ने उद्देश्यले लायन्स क्लबको स्थापना भएको बताउनु भयो ।क्लबका चार्टर प्रेसीडेन्ट दिपेन्द्र शर्माले शैक्षिक सामाग्री प्राप्त गरे पछि विद्यार्थीमा नयाँ उर्जा थपिने बताउनु भयो क्लबका अध्यक्ष शिब बरालले विद्यार्थीहरुमा उत्प्रेणा थप्न आफुहरुले बर्षेनी विभिन्न विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गर्दे आउको बताउनु भयो ।

कार्यक्रम संयोजक राजु बैधले आफुहरुले झण्डै ३० हजार मुल्य बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको जानकारी दिनु भयो ।

विद्यालयका प्रधानध्यापक भुवन गोपाल अधिकारीले अहिले विद्यालयमा ६ जना शिक्षक शिक्षिका रहेको कक्षा ५ सम्म पढाइ हुने विधालयमा कक्षा २ मा दुई जना विद्यार्थी र अन्य कक्षामा गरी ३७ जना विद्यार्थी अध्यनरत रहेको जानकारी दिनु भयो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष क्यापटेन सोम बहादुर गुरुङले शहरमा रहेका कलब आफ्नो गाँउमा पुगेर शैक्षिक सामाग्री वितरण गरेकेामा खुशि ब्यक्त गर्दे क्लब लाई धन्यबाद दिनु भएको थियो ।

कार्यक्रम क्लबका सचिव लायन विष्णु बास्तोलाले गर्नु भएको थियो ।

यस्तै विद्यार्थी विच आजै भएको चित्रकला प्रतियोगीतामा कक्षा ५ की कविता गुरुङ प्रथमकक्षा ४का विबेक विक द्धितृत्य र कक्षा ५की भगबति रिमालले तितृत्य स्थान हासील गरेका छन् ।


0

झण्डा झुक्न दिन्नौं : किरण

काठमाडौं । एकीकृतनेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य किरणले क्रान्तिको कहिल्यै पनि झण्डा झुक्ननदिने बताउनुभएको छ ।
जनसाचार अभियान नेपालको सभाहलमा युवाकवि शोभादुलालद्वारा रचित ुज्वालामुखी फुटेपछिु कवितासंग्रहको विमोचन गर्दै उहाँले एकताको लागि रुपान्तरण चाहेको बताउँदै सो धारणाराख्नुभएको हो ।रुपान्तरणकोप्रकि्रयाबाट एकता प्रयास गर्ने तर अगाडि बढ्न नसके क्रान्तिको झण्डा उठाउने प्रतिवद्धताब्यक्त गर्दै उहाँले देश र जनताको लागि क्रान्ति र रुपान्तरणको लागि संघर्ष गर्नेबताउनुभयो ।

उहाँले पार्टीर देश र जनता ठूलो भन्ने विषयमा एक रोज्नु पर्ने बेला देश र जनताको पक्षमाउभिने बताउनुभयो ।
उहाँलेएक्काइशांै शताब्दीको जनवादी केन्द्रीयताको अभ्यास स्वरुप जनतासँग सम्बन्धित विषयहरुजनतासँगै बहस गर्ने किसिमले अगाडि बढाएको कुरामा जोड दिँदै भन्नुभयो ुत्यस्तोबहसहरु छाडावाद र अराजकतावादबाट मुक्त हुनुपर्छ ।ु
जनमुक्तिसेनाको हतियार जग्गा विवाद र नयाँ संविधान जनतासँग प्रत्यक्ष रुपमा सम्बन्धित पार्टीकाबहसहरु भित्रै राख्ने भन्दा पनि जनतामै जानु राम्रो भएकाले जनतामाझ आएको स्पष्टपार्नुभयो ।कार्यक्रममासोही पार्टीका पोलिट्ब्युरो सदस्य विश्वभक्त दुलाल प्रा डा। जगदिशचन्द्र भण्डारी अमरगिरी नेपाली लेखक संघका अध्यक्ष डा। तुलसीप्रसाद भट्टराई ईश्वरचन्द्र ज्ञवाली माइलालामालगायतले कविको रचनाको विषयमा धारणा राख्नुभएको थियो ।
0

कोइरालाको नाममा आफु बन्ने दाहालको राजनीति

काठमाडौं÷नेपाली जनतासामु लोकपृय मानिएका आफ्नो पार्टीका उपाध्यक्ष एवं बर्तमान प्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई त्यो लोकपृयताबाट पाछाउन सफल एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो समयमा नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई पनि त्यस्तै हालतमा पुर् याउने खेलमा लागेका छन । जस अनुरुप शान्ति प्रकि्रया टुङ्गयाउने विषयमा गत कात्तिक १५ गते भएको सहमतिमा अव बन्ने सहमतिको सरकारको नेतृत्व दिने ललिपप कोइरालालाई दाहालले तेस्र्याएका छन । यो संगै दाहाल कांग्रेस सिध्याउने खेलमा लागेको स्पष्ट भएको देखिन्छ । तर कोइराला भने दाहालको रणनिति नबुझेर त्यसको पछि लागेका छन । यसको स्पष्ट प्रमाण बर्तमान सरकारले सर्वोच्च अदालतले सर्वच्व सहित जन्म कैद सुनाएका माओवादी सभासद बालकृष्ण ढुङ्गेललाई मन्त्रीपरिषदले निर्णय गरेर
राष्ट्रपतिलाई सजाय मिनाह गर्न पठाउने हत्याको आरोप लागेका सभासद सुर्यकुमार दोङलाई उर्जा राज्य मन्त्री वनाउने कार्यले स्पष्ट भएको छ ।
कांग्रेस सभापति कोइरालालाई अव बन्ने सहमतिको सरकारको नेतृत्व तपाईले गर्ने हो भनेपछि कोइराला मख्ख परेर त्यसको विरोध गर्दैनन भनेर दाहालले बाबुरामलाई गोटी बनाएर यी मुद्दालाई पाछाउन खोजेका थिए । त्यो अन्य सबै क्षेत्रबाट बिरोध भएपछि सफल हुन त सकेको छैन तर पाछाउनका लागि तम्तयार भएर लागि रहेका छन । आफ्नै पार्टीभित्रको आन्तरिक किचलो साम्य पार्न नसकेका कोइराला आफुलाई प्रधानमन्त्रीको ललिपप देखाएपछि सरकारले गरेको दण्डहिनतालाई प्रशय दिने निर्णयको विरुद्धमा खुलेर लाग्न तयार देखिएका छैनन् । यहि मुद्दालाई प्रमुख प्रतिपक्षीको नाताले जोडदार रुपमा उठाएर सरकार गिराई शान्ति र संविधानको विषयमा ठोस कदम चाल्न पहल गर्नुपर्ने विषयमा लाग्नु पर्ने बेलामा कोइरालाको यो चालाले कांग्रेसका अन्य नेता कार्यकर्ताहरु भने चिढिएका छन । दाहालको कोइरालालाई सिद्ययाउने रणनिति रहेको भन्ने त कसरी पनि बुझ्न सकिन्छ भने उनले कांग्रेसका सभापति लगायत वरिष्ठ नेता शेरबहादुर देउवा संसदीय दलका नेता रामचन्द्र पौडेललाई छुट्टाछुट्टै भेटेर फरकफरक आश्वासन दिएका छन । दाहालको यो कृयाकलापले कांग्रेसी नेताहरु चिढिएका छन । यदि कांग्रेसले दाहालले भनेजस्तै भावी सरकारको नेतृत्व गर्ने अवसर आयो भने कसले गर्ने भन्ने विषयमा विवाद छ । उनको रणनिति कांग्रेसभित्र किचलो देखिएपछि त तपाईहरुलाई मैले आग्रह गरेको हु तर मिल्न सक्नु भएन भन्दै आफै प्रधानमन्त्री बन्ने दुनो सोझ्याउने दाउ हो । यो कुरा माओवादी र कांग्रेसका बाठा नेताहरुले बुझेका छन । सभापति कोइराला भने त्यसलाई ख्याल नगरी मौन बसेर प्रधानमन्त्री बन्ने सोचाईमा छन । तर पार्टीको
महाधिवेशन भएको एक बर्ष काटेको छ । दुई महिनामा विधान अनुसार गठन भईसक्नु पर्ने पार्टीका केनिद्रय विभागहरु ग्ाठनका सुरुवात पनि भएको छैन । जसको कारण कोइरालाको लिडिङ क्षमताको अक्षमताले गर्दा हो तयस विषयमा उनको ध्यान जान सकेको छैन । जनताका प्यारा भनेर चिनिएका नेताहरुलाई पाखा लगाउने काम कोइरालाबाट भएको छ । यसले कांग्रेस भित्रभित्रै जलेर सकिदै गरेको
कोइरालालाई थाहा छैन । तर बाहिर भने खोक्रा गफ छाटेर हिड्न भने उनी पछि पर्दैनन । आफ्नो सोचाई र बुद्धिले भन्दा पनि अरुको लहलहैमा लागेर काम गर्दा कांग्रेसको यो हाल भएको छ । सभापति भएको नाताले उनको अक्षमताले अनी त असफल सभापति बने बने कांग्रेसलाई पनि कहिल्यै उक्सन नसक्ने गरी खाडलभित्र पुर् याउने काम भएको छ उनीबाट । यसको विषयमा सोच विचार पुर् याएर तत्काल पार्टीका आन्तरिक विवाद मिलाएर अगाडि बढ्नु पर्ने र पार्टीभित्र पनि कुन नेतालाई के को विषयमा जिम्मेवारी दिनुपर्छ सोच विचार गरी त्यहि अनुरुप अगाडि बढेमा मात्र कांग्रेसको भविष्य रहने छ अन्यथा भविष्यमा पहिला कांग्रेस भन्ने पार्टी थियो रे भन्नेमा मात्र सिमित हुन बेर छैन । पछिल्लो समयमा कांगे्रसी जनका प्यारा नेताहरु भनेर चिनिएका खुमबहादुर खड्का अर्जुननरिसंह के।सी। लगायतका नेताहरु जिम्मेवारी विहिन भएर बसेका छन । तर जनमत कत्ति पनि नभएका नेताहरुलाई थेग्न नसक्ने जिम्मेवारी सुम्पने काम
कोइरालाबाट भएको छ । गाँउ गाँउमा पसेर आफ्नो पार्टीको भिजनका बारेमा कार्यकर्ता र जनता माझ दिष्टीकोण पुर् याउनु पर्नेमा पार्टीका कृयाकलाप सुन्य जस्तै छन । केहि कार्यक्रम गर्ने योजना बुनेपनि बरिष्ठ नेताहरुलाई पाखा लगाएर कनिष्ठलाई सम्पूण जिम्मेवारी प्रदान गर्दै आएका छन कोइरालाले त्यसबाट नेताहरु चिढिएका छन । यसले कांग्रेसको भविष्यको राम्रो संकेत देखिदैन ।

Monday, November 28, 2011

0

दोश्रो ललितपुर नगरव्यापी मोँ पुचः रनिङ्ग कप

दोश्रो ललितपुर नगरव्यापी मोँ पुचः रनिङ्ग कप

दौड प्रतियोगिता सम्पन्नूनसर्ने रोग विरुद्ध जनचेतनाको अभियानू भन्ने मूल नाराका साथ मिति २०६७ मंसिर १० गते शनिवारका दिन ललितपुर ७ वडा स्वास्थ्य कार्यान्वयन समितिको आयोजनामा रिय काठमाडौं म्याराथन २०१२ र नेपाल एमेच्योर एथलेटिक्स संघद्वारा प्रोत्साहित ूदोश्रो ललितपुर नगरब्यापी मांपुचः रनिङ्ग कपू ३ कि।मि। दौड प्रतियोगिता ललितपुर वालकुमारी वाट सुरु भै वालकुमारी मै सम्पन्न भयो ।
उक्त दौड प्रतियोगितामा चोछेँ न्हूजः मांपुचःका विना महर्जनले १२।१७।७ मिनेटमा पूरा गरी प्रथम लुँखुसि मां पुचःका जमुना महर्जनले १३।०३।८ मिनेटमा पूरा गरी दोश्रो र पिन्छें मांपुचःका विना महर्जनले १३।५३।६ मिनेटमा पूरा गरी तेश्रो स्थान हासिल गर्न सफल भएको छ ।प्रतियोगितामा सफल हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री दिलिप महर्जनज्यू बाट पुरस्कार वितरण गर्नुभएको थियो । उक्त दौड प्रतियोगितामा ३० देखि ५० वर्षका ८३ जना महिला सहभागि थिए ।
0

१४ गतेपछि कांग्रेसको सरकार ः कोइराल्ाा


काठमाडौं । नेपाल्ाी काग्रेसका सभापति सुशील्ा कोइराल्ााल्ो मंसिर १४ गतेपछि नेपाल्ाी काग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताउनु भएको छ । राजधानीमा एक साक्षात्कारमा कायक्रममा कोइराल्ााल्ो माओवादी र एमाल्ोल्ो दुई÷दुई पटक सरकारको नेतृत्व गरिसकेकाल्ो अबको नेतृत्व काग्रेसल्ो पाउनुपर्ने दाबी गर्नुभयो । तर पनि काग्रेसको प्राथमिकता सरकार नभई शान्ति र ल्ााेकतान्त्रिक संविधान भएको पनि कोइराल्ााल्ो बताउनुभयो । आफू सत्ताको होडबाजी र दौडमा कहिल्यै पनि नरहेको भन्दै कोइराल्ााल्ो प्रधानमन्त्री बन्नैका ल्ाागि आफूल्ो गोप्य रुपमा माओवादी अध्यक्ष प्रचण्डसँग कुनै पनि साँठगाँठ नगरेको र नगर्ने पनि बताउनुभयो । संविधानसभाको म्याद थप्ने सहमति नभएको खुल्ाासा गर्दै सरकारल्ो संसदमा दर्ता गराएको म्याद थप्ने प्रस्तावमा काग्रेसको समर्थन नरहेको उहाँले बताउनु भयो । संविधानसभाको म्याद थप्ने वा नथप्ने वा कति थप्ने भन्ने निर्णय केन्द्रीय कार्य समितिल्ो निर्णय गर्ने उल्ल्ोख गर्दै काग्रेसको तर्फबाट अहिल्ोसम्म यो विषयमा कुनै आधिकारिक निर्णय नभएको स्पष्ट पार्नु भयो । उहाँल्ो ल्ाडाकुको पुनर्वर्गीकरणको क्रममा ६० प्रतिशत ल्ाडाकुल्ो समायोजनमा जाने ईच्छा देखाएकोल्ााई सकारात्मक भन्दै यसल्ो अझै चुनौती भने बढाएको बताउनुभयो ।


शाहीले कोरे नेबिसघको बिगत र वर्तमान
काठमाडौं । नेपाली कांग्रेसको बीउका नाममा परिचित नेपाल विद्यार्यी संघ यति बेला बिना नेतृत्व अल्मलिरहेको छ । तर नेविसंघ भित्रकै एक युवा नेता भुपेन्द्रजंग शाही भने केही न केही कृति लिएर आफ्नो उपस्थिति देखाइरहेका छन् । विद्यार्थीको राजनीतिक क्षेत्रमा प्राय चर्चामा रहने शाही साहित्यकारमा समेत दरिलो उपस्थिति देखाउने विद्यार्यी नेता हुन् । प्राय अनेक प्रकारका कृतिहरु प्रंस्तुत गर्ने शाही कर्णाली अाचलबासी हुन् । पछिल्लो पटक नेपाल विद्यार्यी संघ विगत र वर्तमान नामक पुस्तक लिएर चर्चामा आइरहेका छन् । गत कार्तिक ९ गते प्रकाशित भएको पुस्तकमा मुख्यत विचारणिय लेख नेपाल विद्यार्यी संघका गतिविधि विभिन्न प्रकारका आन्दोलन तथा कांग्रेसको संक्षिप्त इतिहास आर्दश व्यक्तिको सामान्य जानकारी बहसका लागि केही विचारहरु नामक उत्तेजित लेख रचना सँगै दन्द्धकालमा मारिएका निर्दोश नेपाली कांग्रेसका कार्यकर्ता एवं शुभेच्छुकको नालिबेली दिनु पनि यस कृतिको मुख्य धेय रहेको देखिन्छ । राजनीतिक इतिहासमा नेपाल विद्यार्यीसंघको औपचारिक स्थापना भन्दा अगाडि नेपाल विद्यार्यीहरुले राणाशासनको कालो कानुन विरुद्ध क्रान्तिकारी इतिहास सँगै माक्सबाद बिसौ शताब्दीको सबैभन्दा ठुलो कल्पना साबित भएको छ भन्ने लेख समेत समेटिएको यस पुस्तकमा नेपाली कांग्रेस कठिन रुपमा उभिएको जानकारी गराउदै बिपीको कोट प्रचण्डको पलङ सम्बन्धमा समेत उक्त पुस्तकमा पढ्न पाइन्छ । विद्यार्यी राजनीतिको नयाँ परिभाषा सहित व्याख्या गरिएको एक लेखमा विद्यार्यीको काम नारा जुलुस ढुगांमुडा टायर बाल्नेचक्काजाम तालाबन्दी बाहेक नयाँ विचारनयाँ सिर्जना समाजका लागि चेतना र दायीत्व भएको उल्लेख गरिएको छ । पुस्तक भित्र लोकतान्त्रिक आन्दोलनमा लागे बापत सहिद भएकाहरुको नामाबली अभिलेख सँगै २००७ सालको क्रान्तिमा खटिएकालाई ०१७ मा छानीछानी मारिनु ३० बर्षे पाचायत विरुद्ध लाग्नेलाई ०४६ साल पछिको अवस्थामा समेत नछोड्नु यस्तै घटना सँगै जनआन्दोलन २०६२०६३ ले ल्याएको राजतन्त्र अन्त्य सँगै विगतका घटनाहरु बजारमा ल्याउने क्रममा भुपेन्द्रजंग शाही द्धारा लिखित यस पुस्तकले धेरै घटनाक्रम समेटेको पढ्न पाईन्छ ।
0

मानव तस्कारद्वारा नक्कली सहीछापको प्रयोग

मानव तस्कारद्वारा नक्कली सहीछापको प्रयोग
काठमाडौं । मानव तस्करहरुले विदेशस्थित नेपाली नियोगका नक्कली छाप र लेटरप्याड बनाई नेपाली कामदारहरुलाई विदेश पठाई रहेका छन् । वैदेशिक रोजगार विभागले रोजगारीकोलागि विदेशीने नयाँ कामदारहरुको हकमा सम्वन्धित देशको नेपाली दुतावासले प्रमाणित गरेका सक्कलै कागजात उपलव्ध गराउनुपर्ने नियम राखेपछि एकाध प्राप्त भएका सक्कली प्रमाणित कपी कर्मचारी र सम्वन्धित व्यक्तिको सहयोगमा हातपारी नेपाली दुतावासको सहीछाप नक्कली प्रयोग गर्दै श्रम स्वीकृति निकालीरहेका छन् । कर्मचारीहरुलाई यो कुरा राम्रोसँग थाहा भए पनि प्रतिव्यक्ति तीनहजारदेखि पन्ध्र हजारसम्म लिएर त्यस्ता कागजातलाई श्रमस्वीकृति दिइरहेको श्रोतले उल्लेख गरेको छ । व्यक्तिगत होस या संस्थागत श्रम स्वीकृति पछिल्ला दिनका कागजातहरु हेर्ने हो भने यसका बारेमा प्रष्ट देख्न र चिन्न सकिन्छ ।
ग्रैह कानुनी कार्यलाई रोक्ने निकायहरु नेपाल प्रहरीअख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रलाई यो कुराको हेक्का छ कि छैन त्यो त भविष्यले नै देखाउने छ । यसको अलावा वैदेशिक रोजगार विभागको विमानस्थलस्थित रहेको ुहेल्प डेस्कु मा बस्ने कर्मचारी अध्यागमन इमिग्रेसनका कर्मचारी र दलालको मिलेतोमा नक्कली स्टिकर लगाई नेपाली कामदारहरुलाई ग्रैहकानुनी रुपमा विदेश पठाइरहको पनि समाचार श्रोतले उल्लेख गरेको छ । नक्कली स्टिकर बनाउने गिरोह करिब एकमहिनाअघिदेखि राजधानीका वालाजु वसपार्क गोंगबु गौशाला लगायतका क्षेत्रमा सकि्रय रहेको श्रोतले उल्लेख गरेको छ ।

मानव तस्करद्वारा विरुद्ध लेख्नेलाई मार्ने धम्की
कालो धनको प्रयोग हतियारधारी समूह परिचालन
वैरोका सुव्वा अधिकृ र दलालको मिलेमतो
भ्रष्टाचारीको कुनै राजनीतिक दल हुँदैन

अपराधीको कुनै समाज हुँदैन

काठमाडौं ११ मंसिर । मानव तस्करी गर्न नपाएर अत्तालिएका मानव तस्करहरु सूचना दिने र सूचना प्रवाह गर्ने व्यक्तिको खोजीमा लागेका छन् । वर्तमान महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई पूरै कव्जामा लिन नसकेपछि तस्करहरु झनै अत्तालिएका हुन । भ्रष्टाचार गर्नेहरुको समाचार लेख्न पाउनुपर्छ । ुभ्रष्टाचारीको कुनै राजनीतिक दल हुँदैन अपराधीको कुनै समाज हुँदैन ।ु कार्वाही त भ्रष्टाचारीलाई गर्नु पर्ने हो । कलम चलाएर खानेलाई किन मार्ने कालोधनको प्रयोग गरेर कसैलाई मार्न लगाउनु भन्दा भ्रष्टाचार नै नगर्नु राम्रो ।
गरिवका छोराछोरी खाडीका जेलमा पुर् याएर प्राडो र पजेरो चढ्ने राजधानीका महङ्गा क्याफे र अन्तराष्ट्रिय स्तरका होटलमा मस्ती गर्ने ठूला ठूला महल बनाउनेहरुले अलिकति पनि नसोचेर उल्टै समाचार लेख्नेका विरुद्ध हतियारधारी समूह परिचालन गर्नु कति सम्म जायज हुन्छ यो कार्यमा वैदेशिक रोजगार विभागका केही भ्रष्ट सुव्वाअधिकृत र दलालहरुविच गोप्य ठाउँमा गरिएको वार्ताको ुअडियो तथा भिडियोुको खोजीमा हामी रहेका छौं ।
गरिवका छोरीहरु खाडीमा बलात्कृत हुँदा मानव तस्करका छोरीहरु ुव्वाइप्रुाइण्डु लिएर अन्तराष्ट्रिय स्तरका होटलमा मस्ती गरिरहेका मानवतस्करहरुलाई के थाहा । मानव तस्करका छोराहरु ुगर्लप्रुाइणु लिएर युरोप र अमेरिका घुम्दा गरिवका छोराहरु खाडीको जेलमा बसेको के उनीहरुले कल्पना गर्न सक्छन् गरिवका छोराछोरी खाडीमा बलात्कृत हुँदा र खाडीका जेलमा हुँदा तिनै रोजगारीकोलागि खाडीमा गएकाका बाउआमा गाउँमा फाटेको साडी र खाली खुट्टाले एकछाकआधामानो खाएर दिनकटाई रहँदा गरिवका छोराछोरीको रगत पसिना चुस्नेका परिवारहरु काठमाडौंका अन्तराष्ट्रिय स्तरका होटलमा लन्चब्रेकफास्टस्वीमिङ्ग गर्दै साठी वर्षको बुढोले सोह्र वर्षकीलाई अँगालो हालेको के उनीहरुले कल्पना गर्न सक्लान क्रमश…

Saturday, November 26, 2011

0

न्युयोर्कबाट डिसेम्बर १५ बाट औपचारिक रुपमा टेलिभिजनको प्रशारण आरम्भ गर्ने

अमेरिकाको न्युयोर्कबाट पहिलो नेपाली टेलिभिजन प्रशारणमा आउने भएको छ । ह्वाइट हिमाल इन्टरटेनमेन्ट इन्कर्पोरेशनले आगामी डिसेम्बर १५ बाट औपचारिक रुपमा टेलिभिजनको प्रशारण आरम्भ गर्ने भएको छ ।
टेलिभिजनको परिक्षण प्रशारण भने नोभेम्बर २९ बाट गरिने भएको प्रेश वक्तब्यमार्फत जानकारी दिइएको छ । प्रवासबाट नेपालीहरुकै पहलमा संचालित पहिलो २४ घण्टे नेपाली टेलिभिजनका रुपमा ह्वाइट हिमाल टेलिभिजनले प्रशारण आरम्भ गर्न लागेको हो ।
ह्वाइट हिमाल टेलिभिजनका अध्यक्ष सावित्रा खड्काले जारी गर्नुभएको वक्तब्यमा नेपाली लगानी र समर्पणमा ह्वाइट हिमाल टेलिभिजनले डिजिटल प्रविधिबाट अमेरिकाको न्युयोर्कमा अवस्थित टाइम्स स्क्वायरबाट सन् २०११ को २९ नोभेम्बर मंगलबारबाट परिक्षण प्रशारण आरम्भ गर्न लागेको जानकारी दिइएको हो ।
0

भगौडा सेना-प्रहरीले आमरशण अनसनको कार्यक्रम स्थगित

द्वन्द्वकालमा जागिर छोडेर हिँडेका भगौडा सेना-प्रहरीले आमरशण अनसनको कार्यक्रम स्थगित गरेका छन् ।
आन्दोलनरत द्वन्द्वपीडित सेना-प्रहरी राष्ट्रिय सङ्घर्ष समितिले वार्ताका लागि सहज वातावरण बनाउन भन्दै अनशन स्थगन गरेको हो । उनीहरुले आफूहरुको पुनर्बहालीको माग राख्दै गत मङ्सिर ५ गतेयता काठमाडौँ जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालीन आमरण अनशन बस्दै आएका थिए । संघर्ष समितिका संयोजक सूर्यबहादुर घिमिरेले वार्ता प्रक्रिया सहज बनाउन सरकारको आग्रहमा केही दिनका लागि आमरण अनशनको कार्यक्रम फिर्ता लिने निर्णय गरेको जानकारी दिनुभयो ।
0

बैद्य पक्षले बर्दियामा हिजो फिर्ता गरिएको जग्गा फेरि कब्जा

एकीकृत माओवादीको उपाध्यक्ष मोहन बैद्य पक्षले बर्दियामा हिजो फिर्ता गरिएको जग्गा फेरि कब्जा गरेको छ ।
प्रमुख तीन दलका स्थानीय नेता सम्मिलित सहजीकरण समितिले हिजो फिर्ता गरेको काँग्रेस नेता विनयध्वज चन्द र उनका परिवारको राजापुरस्थित ४५ विघा जग्गा बैद्य पक्षले आज पुनः आफ्नो कब्जामा लिएको हो । केही भूमिहनिसहित गएका बैद्य पक्षका कार्यकर्ताले जग्गामा झण्डा गाडेका छन् ।
दलीय सहमतिअनुसार सशस्त्र द्वन्द्वकालमा माओवादीबाट कब्जा गरिएका घरजग्गा फिर्ताको प्रक्रिया हिजोदेखि सुरु भएको थियो । बैद्य समूहले यसअघि देखि नै कब्जा सम्पत्ति फिर्ता गर्न आउनेलाई लखेट्ने चेतावनी दिँदै आएको थियो दलहरुबीच गत १५ कात्तिकमा शान्तिप्रक्रिया अगाडि बढाउने सिलसिलामा भएको ७ बुँदे सहमतिमा कब्जा सम्पत्ति सम्वन्धित व्यक्तिलाई फिर्ता गर्ने उल्लेख छ ।
0

मंसिर १० गते बिराटनगरमा बिशाल

विराटनगर, लिम्बुवान २०६८मंसिर ९,
संघीय मञ्चसम्बद्ध संघीयलिम्बुवान राज्य परिषदले यही मंसिर१० गतेविराटनगरमा आयोजना गरेको विशाल लिम्बुवानआमसभाको अन्तिमतयारी पूराभएको छ। परिषदलेविराटनगरमा मंसिर ८ गते एकपत्रकार सम्मेलनगरी विशाललिम्बुवान आमसभाको तयारीका क्रममा भएकाविभिन्न गतिविधितथा थपआमसभाको बारेथप जानकारीकासाथ लिम्बुवानकानाराहरुसमेत र्सार्वजनिक गरिएको छ ।
यसका लागि विराटनगरस्थित्सबै राजनीतिक पार्टी नेतृत्वहरूसँग भेटघाट गरिएको रकार्यक्रम बारे जानकारी गराइयो ।आदिबासी जनजातिमहासंघसँग भेटघाट अन्तरक्रिया सम्पन्न भयो।
विराटनगरमा वालिङ, पोस्टरिङ,फ्ल्यागिङ, माइकिङ, एफएमबाट सूचना प्रसारणर पत्रिकामासूचना दिने कार्यसम्पन्न भयो। लिम्बुवान राज्य परिषदलेविराटनगरमा कार्यक्रम गर्नुको उद्देश्य नेपालको राजनैतिक, आर्थिकर संचारजगतकोइतिहास रवर्तमानमा पनि विराटनगर प्रमुख सहरभएकोले; ९ जिल्ला लिम्बुवानभित्रैविराटनगर पर्नेभएकोले; र मञ्च सम्वद्ध संघियलिम्बुवान राज्य परिषदले लिम्बुवानको सबैजिल्ला सदरमुकामर प्रमुखसहरहरूमा आमसभाआयोजना गर्नेभनी विस्तारितवैठकहरूमा पारित गरेकोले सो योविशाल लिम्बुवानआमसभा गरिएकोजनाइएको छ।
यस आमसभामा उठाइनेप्रमुख सवालहरू मञ्चसम्वद्ध स.लि.रा.प.संघियवादी, लोकतान्त्रिक, गणतान्त्रिक,धर्मनिरपेक्ष, नेपालअर्न्तर्गत अरूण सप्तकोशीपर्ूवको ९ जिल्ला लिम्बुवान स्वायत्तराज्यको लागिसंर्घष गर्नेसंविधानसभामा भाग लिएको राजनैतिक पार्टी हो । लिम्बुवान आन्दोलन जातीयसहअस्तित्व र सद्भाव कायम राख्दैअघि बढ्नुपर्छ । लिम्बुवानको विरूद्धमा रहेकोकथित विज्ञसमूह रराज्य पुनःसंरचनाआयोगभित्र लुकेको षड्यन्त्रको पर्दाफास गर्ने। लिम्बुवानी आन्दोलन शान्तिपूर्णा र सशक्तहुने साथै नेपालका सबै भूभागहरूएकात्मकवादीसामु झुके पनि लिम्बुवान कहिलेनझुक्ने प्रणपरिषदले गरेकोछ ।
आमसभामा झापा, मोरङ, सुनसरीबाटमुख्य सहभागिताहुने र धनकुटा, इलामबाट मध्यमहुने रसंखुवासभा, पान्थर, ताप्लेजुङ र तेह्रथुमबाटप्रतिनिधिमूलक हुने साथै काठमाडौं उपत्यकाबाटएक गाडीसहभागी हुनेभएको छ।
योविशाल लिम्बुवान आभसभाकोकार्यक्रम स्थल विराटनगरको जनआन्दोलन चौकर ट्राफिकप्रहरी कार्यालयकोबीचमा पत्रकारमहासंघको अफिसबाटउभो आउँदाबाटो जोडिनेकुनाको १छेउमा हुनेछ। महासंघदेखिमाथि आउँदाकोबाटोबाट, जनआन्दोलनचौकतिरको बाटोबाटर ट्राफिकप्रहरी तीनैतिरबसेर सुन्नसकिनेछ ।
यो आमसभा मंसिर१० गतेदिनको ११ देखि १२:३०सम्म सांस्कृतिकझाँकी प्रदर्शन र१२:३० देखि ३:००बजेसम्म औपचारिककार्यक्रम हुनेछ । वक्तव्यहरू छोटो हुनेछर बीचमाबसेकै ठाउँबाटसंघीयवादी लिम्बुवानी नाराहरु लगाइनेछ ।
मान्छ सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का केन्द्रीय अध्यक्ष कुमार लिंग्ग्दें "मिराक" द्वारा हस्ताक्षरित विज्ञप्तिको अन्त्यमा भनिएको छ- संघीय लिम्बुवानी आत्माबोकेर उदाएकोयो आन्दोलनकोआमसभाप्रति सबै मिडिया जगतले स-हृदयता प्रस्तुतगर्नेनै छभन्ने आशागरिएको साथैमञ्च सम्वद्धस.लि.रा.प.को शाखाहरुकोहकमा विशेषअनलाइन प्रसारणपनि गरिनेछ ।यसका लागिइमेल, फेसबुकर युत्युब्को सहरा लिइनेछ। संसारभररहनुभएकाका शुभेच्छुक तथा जिज्ञासुहरुको लागि www.nepalisamachar.com, सम्पूर्ण कार्यक्रम लाइभ हेर्न रसुन्न सकिनेछ। साथै, facebook/limbuwanstate र facebook/Limbuwannepal पनिप्रत्यक्ष जानकारी लिन सकिनेछ । थप जानकारीका लागि Skype युजर नाम limbuwan, limbuwanstate / Limbuwan.nepal जोडिन हुन पनि आग्रह गरिएको छ।
0

भारतीय जबर्जस्तीले पुल निर्माण कार्य अवरुद्ध

काठमाडौं,  /  नेपाल र भारतबीच प्राविधिक तहमा भएको सहमति सरकारीस्तरबाट अनुमोदन हुन बाँकी रहँदा हुलाकी मार्गअन्तर्गत पर्ने वीरगन्ज-ठोरी सडक खण्डमा पर्ने ठुटे खोलाको पुल निर्माण कार्य अवरुद्ध भएको छ । नेपाल-भारतबीचको नयाँ र पुरानो नक्सांकनअनुसार पुल निर्माणस्थल कुन देशमा पर्छ भन्ने अन्यौल भएकाले पुल निर्माण कार्य अवरुद्ध भएको हो ।

दुवै देशको संयुक्त सीमा प्राविधिक समितिस्तरमा भएको सहमतिअनुसार तयार गरिएको नेपाल-भारतबीचको नयाँ नक्सांकनमा ठुटे खोलाको पुल निर्माणस्थल नेपालमा पर्छ तर दुवै देशबीच नयाँ नक्सांकनलाई औपचारिक रुपमा दुवै देशले अनुमोदन गर्न बाँकी छ । प्रतिस्थापन हुने क्रममा रहेको नेपाल-भारत सीमाको पुरानो नक्सांकनअनुसार पुल निर्माणस्थल भारतमा पर्छ । त्यही कारण करिब सात महिनाअघि आफ्नो भूभाग मिचेर किन पुल बनाएको भन्दै भारतीय सीमा सुरक्षा बल बीएसएफ ले विरोध गरेपछि निर्माण कार्य रोकिएको जानकारी हुलाकी सडक आयोजनाका अधिकारीले दिए ॥
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार संयुक्त सीमा प्राविधिक समितिले नेपाल-भारतबीचको ९७ प्रतिशत सीमामा सहमति गरी नयाँ नक्सांकन तयार गरिसकेको छ । नेपाल-भारतबीच कालापानीमा ३० र सुस्तामा २३ किमी क्षेत्रमा मात्र सीमा विवाद छ । ९७ प्रतिशत सीमामा प्राविधिकस्तरमा भएको सहमतिअनुसार तयार गरिएको नयाँ नक्सांकनमा सहमति गरी नेपालको नापी विभाग र सर्भे अफ इन्डिया सर्भेका प्रमुखले हस्ताक्षर गरिसकेका छन् । दुई सरकारबीच राजनीतिक स्तरमा उक्त नयाँ नक्सांकनमा सही हुन बाँकी छ । भारतले विवाद नरहेको ९७ प्रतिशत सीमाको नयाँ नक्सांकनमा जति चाँडो सही गर्न नेपालललाई दबाब दिइरहेको छ । तर नेपालले भने कालापानी र सुस्ताको विवाद समाधान गरेपछिमात्र पूरै नयाँ नक्सांकनमा सही गर्ने पक्षमा छ ।
'पुल नेपाल-भारतबीचको यही विवादको चपेटामा परेको हो । भारतीय सीमा सुरक्षा बललाई समेत नयाँ नक्सांकनअनुसार पुल निर्माणस्थल नेपालमा पर्छ त्यसमा दुई देशका नापी/सर्भे कार्यालयका प्रमुखले सहमति गरी हस्ताक्षरसमेत गरिसकेको जानकारी छ सरकारी स्तरमा नयाँ नक्साकनमा सही नभएसम्म पुरानै नक्सांकन लागू हुने भएकाले भारतीय सीमा सुरक्षा बलले पुल निर्माणमा अवरोध पुर् याएका हुन्' एक अधिकारीले भने ।
'भारतको सीमा सुरक्षा बलले यो हाम्रो भूभाग हो भन्दै ठोरी नजिकको ठुटे खोलाको पुल निर्माण कार्य सात महिनाअघि रोकेका हुन् । नयाँ नक्सांकनअनुसार पुल निर्माणस्थल नेपालमा पर्छ हाम्रो नापी कार्यालयबाट संयुक्त सीमा प्राविधिक तहमा भएको सहमतिअनुसार गरिएको नयाँ नक्सांकनमा त्यो पुल निर्माणस्थलमा पर्छ भनेर भारतीय सरकारलाई पटकपटक लेखी पठायौं वीरगन्ज भारतीय वाणिज्य दूतसित समेत वार्ता गर् यौ तर पुल निर्माणमा अवरोध यथावत् छ' हुलाकी सडक आयोजना प्रमुख हरिकृष्ण भगतले भने ।
सडकका अधिकारीहरुले सरकारले राजनीतिक तथा कूटनीतिकस्तरबाट उक्त पुल निर्माणका बारेमा ठोस पहल नगरिदिएकामा रोष प्रकट गरेका छन् । 'हामीले अनुरोध गरे पनि पररराष्ट्र मन्त्रालयले कुनै पहल गरिदिएन' सडकका एक अधिकारीले भने । हुलाकी सडक आयोजनाले परराष्ट्र मन्त्रालय र राजनीतिकस्तरबाट ठोस पहल नभएका कारण करिब ७० मिटर लामो उक्त पुल निर्माणका लागि वैकल्पिक उपाय अपनाउने तयारी गरेको छ ।
सडकका एक अधिकारीका अनुसार उच्च राजनीतिक तथा कूटनीतिक स्तरबाट सहयोग नपाएपछि आयोजनाले हाल पिलर खनिएको भन्दा नेपालतर्फ ५० मिटर वर सार्ने तयारी भइरहेको छ । 'लफडा किन गरिरहने भनेर हामीले ठुटे खोलाको पुल ५० मिटरसम्म सार्ने र हुलाकी सडकको एलाइन्मेन्टसमेत त्यहीअनुसार ५० मिटरमाथि सार्दैछौं' भगतले भने । वीरगन्जमा भारतीय वाणिज्य दूतसित सोमबार हुने वार्तामा भारतीय सहयोगमा निर्माणाधीन हुलाकी सडकको एलाइन्मेन्ट ठूटे खोलामा ५० मिटरसम्म सार्नेबारेमा छलफल गरी सहमति गरेर त्यसैअनुसार कार्य अघि बढाइने जानकारी आयोजनाका अधिकारीले दिए ।
भगतले ठाउँ माथि सारेर ठुटे खोलाको पुल निर्माण कार्य यही आर्थिक वर्षमा पूरा गर्न प्रयास गरिने जानकारी दिए । पूर्वदेखि पश्चिम तराईसम्म भारतको सहयोगमा हुलाकी सडक निर्माण हुँदैछ । दुई देशबीचको सहमतिअनुसार हुलाकी सडकमा पर्ने पुलहरु भने नेपालले निर्माण गर्दैछ । वीरगन्जदेखि ठोरीसम्मको निर्माणाधीन खण्ड ६८ किमी लामो छ ।
0

'दलहरुको बैठक पहिला सर्वोच्चको फैसलाको अध्ययन गर्नुपर्छ

'दलहरुको बैठक पहिला सर्वोच्चको फैसलाको अध्ययन गर्नुपर्छ । अध्ययन नगरी संविधानसभाको म्याद कति थप्ने भन्नेबारेमा निष्कर्षमा पुग्न नसकिने भन्दै बैठक स्थगित गरियो' दलहरुको बैठकपछि कांग्रेस नेता अर्जुननरिसंह केसीले भने । संविधानसभाको म्यादबारेमा छलफल गरी निष्कर्षमा पुग्न दलहरुको बैठक शनिबार पुनः बस्दैछ ।
प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सर्वोच्चद्वारा अब एकपटक थपिने संविधानसभाको म्यादभित्र नयाँ संविधान निर्माण गर्न र नसके जनमतसंग्रह नयाँ जनादेशलगायतका अन्य वैकल्पिक उपाय अपनाउन जारी आदेशप्रति मिश्रित प्रतिकि्रया व्यक्त गरेका छन् ।
माओवादीले भने सर्वोच्चको आदेश राजनीति प्रेरित रहेको टिप्पणी गर्दै न्यायालयले राजनीतिक होइन विधिसम्मत ढंगले फैसला गर्नुपर्ने प्रतिकि्रया व्यक्त गरेको छ । 'फैसलाको कपी अध्ययन गर्न पाएको छैन । सर्वोच्चको निर्णय राजनीतिक भयो भन्ने लागेको छ सर्वोच्चले विधि समातेर निर्णय गर्नुपर्ने हो । बाँकी कुरा अध्ययन गरेपछिमात्रै टिप्पणी गरौंला' माओवादीका प्रमुख सचेतक देव गुरुङले भने ।
प्रमुख विपक्षी कांग्रेसका नेताले भने छोटो समयमै शान्ति प्रकि्रया एवं संविधान निर्माण कार्य पूरा गर्नुपर्छ र त्यसका लागि थोरै अवधिका लागि संविधानसभाको म्याद थप गर्नुपर्छ भनेर आफ्नो दलले शुक्रबार केन्द्रीय समितिबाट निर्णय गरेको उल्लेख गर्दै त्यसपछि आएको सर्वोच्चको फैसलाका बारेमा भने त्यसको अध्ययन गरेपछिमात्र टिप्पणी गर्ने बताए । 'कांग्रेसले छोटो समयमा शान्ति प्रकि्रया र संविधान निर्माण कार्य पूरा गर्न संविधानसभाको म्याद छोटो समयका लागि थप गर्नुपर्छ भन्ने निर्णय शुक्रबार नै गरेको छ । हाम्रो पार्टीको निर्णयपछि आएको सर्वोच्चको फैसलाको अध्ययन गर्दैछौं पूरै अध्ययन गरेपछिमात्र हामी त्यसबारेमा बोल्छौं' कांग्रेसका महामन्त्री प्रकाशमान िसंहले भने ।
एमालेले सर्वोच्चको फैसलाले चाँडो संविधान निर्माण गर भनेर दलहरुलाई खबरदारी गर्नु एक हदसम्म सकारात्मक भए पनि उसले संविधानसभाको म्याद थपसम्बन्धमा दलहरुले सहमतिमा गर्नुपर्ने राजनीतिक निर्णयका विषयमा टिप्पणी भने गर्न भने नहुने प्रतिकि्रया व्यक्त गरेको छ ।
'सर्वोच्चको फैसलाका दुइटा पाटा छन् । अहिलेसम्मको थपिएको म्यादलाई वैधता दिएको छ । साथै उसले संविधानसभा अनन्तकालसम्मका लागि हुँदैन त्यो कुरा दलहरुभित्रसमेत उठ्न थालेको । यो फैसलाले संविधान निर्माणमा केन्द्रित हुन दलहरुलाई दबाब दिएको छ । चाँडो संविधान निर्माण गर भनेर दलहरुलाई खबरदारी पनि गरेको छ । यसलाई सकारात्मक रुपमा लिएको छ । यद्यपि संविधानसभाको म्याद थपका सम्बन्धमा सर्वोच्चले राजनीतिक कुरा बोल्ने होइन दलहरुले बैठक गरी सहमति गर्ने कुरा हो' एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले भने ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भने सर्वोच्चद्वारा अब एकपटक थपिने संविधानसभाको म्यादभित्र नयाँ संविधान निर्माण गरिसक भन्ने आग्रहका साथ आएको आदेशलाई अन्यथा रुपमा लिन नहुने प्रतिकि्रया व्यक्त गरेको छ । मोर्चाका नेताले सर्वोच्चले संविधानसभाको म्याद पटकपटक थप्ने तर थपिएको म्यादको सदुपयोग नगर्ने प्रवृत्तिलाई नदोहोर् याउन दलहरुलाई चेतावनी दिएको टिप्पणी गर्दै सर्वोच्चको आदेशलाई सकारात्मक रुपमा लिएर त्यहीअनुसार दलहरु संविधान निर्माण र शान्ति प्रकि्रया पूरा गर्न लाग्नुपर्ने बताए ।
'सर्वोच्चले छिटो संविधान बनोस् शान्ति प्रकि्रया पूरा होस् भनेर एकपटकभन्दा बढी संविधानसभाको म्याद नथप्न भनेको हो । उसले म्याद थप्ने तर सदुपयोग नगर्ने दलहरुको प्रवृत्तिलाई सचेत गराएको हो । सर्वोच्चले एउटा समयसीमा बनाएर एकपटक म्याद थप गरी संविधान निर्माण पूरा गर भन्नुलाई अन्यथा रुपमा लिनुहुन्न' मधेशी मोर्चाका नेता एवं भौतिक योजना मन्त्री हृदयेश त्रिपाठीले भने ।
उनले सर्वोच्चको फैसलाअनुसार कति समय लाग्छ शीर्ष नेताहरुले ठण्डा दिमागले सोचेर संविधानसभाको म्याद थपी त्यो समयभित्र संविधान निर्माण र शान्ति प्रकि्रया पूरा गर्नुपर्ने बताए ।
0

झिगाँ नदेख्ने ब्यासीका बुढा बिद्यार्थी


बुढ्यौलीमा टाढाको बस्तु देखिने र नजिकको बस्तु नदेखिने समस्या हुने गर्दछ । यस किसिमको समस्या ब्यासीको एभेरेष्ट स्कुलमा पढ्ने बिद्यार्थीलाई पनि देखिएको
छ ।
ब्यबहारीक अध्ययनको लागि कक्षा नौमा पढाइने हुने मौरी बिषयको जानकारी लिन उनीहरु २६ किमी टाढाको गोदावारी स्थित मौरी बिकास शाखा पुगे । कक्षा नौका डेढ सय बिद्यार्थी त्यहाँ पगुका थिए । तर उनीहरुको स्कुल नजिकै सडकमा दिनदिनै फालिने फोहर बस्तु फाल्न नदिने तर्पु ध्यान दिएका छैनन् । यसरी टाढाको मौरी देख्ने तर नजिकैको रोग सार्ने झिगाँ हुर्कने फोहर बस्तु नदेख्ने एभरेष्ट स्कुलका बिद्यार्थीहरुलाई बैसमा बुढ्यौलीको समस्या देखिएको हो ।
बिश्वबिद्यालय बनाउन चाइनिज सहायता
नेमकिपाले मेडिकल कलेज बनाउन प्रस्ताब गरेको जग्गाका संरक्षकले बिश्वबिद्यालय बनाउने इच्छा देखाएको छैन । जनमत र बिदेशी सहयोग पाउनको लागि अहिले अभियान चलेको छ । गत हप्ता नेमकिपा कार्यकर्ता राजेन्द्र चवालको अग्रसरतामा चिनिया बिश्वबिद्यालयका प्राज्ञ भक्तपुर आएका छन् । बिश्वबिद्यालयका निमार्णको लागि पहल र सहायता माग्ने बिषयमा छलफल चाइनिजहरु यहाँ आएका हुन ।
बिश्वबिद्यालय बनाउन भनी हस्ताक्षर संकलन गरिएको छ । नेमकिपाको चोर्चाको क्यान्टीनमा हस्ताक्षर पुस्तिका राखिएको थियो । रातभर मल पाउने लाइनमा बसेका हरुलाई समेत हस्ताक्षर गराइएको थियो । सहज रुपमा मल आपुर्ति गराउनको लागि भनेर झुक्याएर उनीहरुलाई हस्ताक्षर गराइएको हो । बिश्वबिद्यालय आबश्यक भइकन पनि आम नागरीकलाई यसको महत्व बुझाउनु भन्दा बिदेशी सहायता माग्ने र झुक्याएर हस्ताक्षर संकलन गर्ने कार्य गर्नु लाजमर्दो बिषय बन्न पुगेको छ ।