माननीय अर्थमन्त्री वर्षमान पुन सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदुत बेलायती सहयोग सम्बन्धी अन्तराष्ट्रिय विकास संस्था अर्थ मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो । भेटघाटका अवसरमा नेपाल-संयुक्त अधिराज्य बेलायत बीच पुस्तौं देखि कायम रहदै आएको सुमधुर सम्बन्धका अतिरिक्त नेपाल-बेलायत आर्थिक सहयोगका विविध पक्षमा छलफल भयो । सो अवसरमा बेलायती पक्षबाट लडाकु समायोजन एवं पुर्नस्थापना र नेपाल सरकारले हालै घोषणा गरेको राहत प्याकेजका बारेमा मन्त्री पुनसँग जिज्ञासा राख्नुको साथै लडाकु समायोजना एवं पुर्नस्थापनाको लागि नेपाललाई सहयोग गर्न बेलायत सरकार तयार रहेको जानकारी गराईएको थियो । साथै भेटघाटका अवसरमा राजदुत ःच। त्गअपलयतत तथा म्ँक्ष्म्रल्भउबि का प्रमुख ःच। म्युष्लष्अ ले संयुक्त अधिराज्य बेलायत नेपालको आर्थिक सामाजिक विकासमा मद्दत गर्न सदैव तत्पर रहेको जानकारी दिनु भएको थियो । सोही अवसरमा माननीय अर्थमन्त्री पुनले नेपालको सामाजिक आर्थिक विकासमा निरन्तर सहयोग पुर् याउदै आएकोमा संयुक्त अधिराज्य बेलायत सरकार प्रति आभार व्यक्त गर्नु भएको थियो ।
No comments:
Post a Comment